शेर्पालाई हिरासतमा राखेकोमा नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाद्वारा खेद प्रकट
२०६८ असार १२ गते तदानुसार २०११ जुन २६ तारिख गाई काटेको झुठो आरोप लगाई ४ जना आदिवासी जनजाति दाजुभाईहरुलाई बौद्ध प्रहरीले पक्राउ गरी थुनामा राखेको अवस्थामा घटनाको सत्य तथ्य जानकारी लिन गएका आदिवासी जनजाति महासंघ नेपालका केन्द्रिय महासचिव आङकाजी शेर्पा किसानलाई विना कसुर पक्राउ गरि हिरासतमा राखेकोमा नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको गम्भीर ध्यानाकर्षण भएको छ र गहिरो खेद प्रकट गर्दछ ।
नेपाल एक बहुजाति , बहुभाषिक , अनि बहुसंस्कृति र परम्पराले भरिपूर्ण देश हो त्यति मात्र नभएर आदिवासीहरुको मात्र डेढ करोड जनसंख्या रहेको देश हो । तर कहि नभएको जात्रा हाँडि गाउँमा भनेझै हाम्रो देशमा एकात्मक केन्द्रिकृत शासन प्रणाली र अहंकारवादी हिन्दु संस्कृति जवरजस्ती लादियो र आदिवासी जनजातिहरुको धर्म, भाषा , संस्कृति अनि रितिरिवाजमाथि नाङ्गो धावा बोलियो ।
२०६२।६३ को ऐतिहासिक जनआन्दोलन पश्चात बनेको अन्तरिम संविधानले समेत धर्म निरपेक्ष राज्यको घोषणा गरिसकेको अवस्थामा धर्म निरपेक्षको सिद्धान्तसंग बाजिएको मौजुदा कानुनको सहायताले गाई मारेको झुठो आरोप लगाई आदिवासी जनजातिहरुलाई गम्भीर षडयन्त्र गरी दुं:ख दिने, मुद्धा हाल्ने र जेल चलान गर्ने षड्यन्त्र हिन्दुधर्मावलम्वीहरुले गरेका छन । यस प्रकारको कार्यले पुन: आदिवासी जनजातिमाथि हिन्दुसंस्कृति लादेर धर्म निरपेक्ष राज्यलाई पुन हिन्दुराज्य घोषणा गर्नै षडयन्त्र भइरहेको छ ।

तसर्थ आगामी दिनहरुमा यस्ता कायर अनि लज्जास्पद कार्य आदिवासीहरुमाथि नदोहो-याउन नेफिन द.कोरिया यसै प्रेस विज्ञप्ती मार्फत नेपाल सरकारलाई अपिल गर्दछ । साथै महासचिव आङकाजी शेर्पा किसानलाई विना कसुर पक्राउ गरी गम्भीर भुल गरेकोमा गृहमन्त्रीले नेपाल सरकारको तर्फवाट सम्पुर्ण आदिवासीहरुको सम्मान गर्दै सार्वजनिक माफी माग्नु पर्दछ ।
अन्तमा सवै जात जातिहरुको धर्म संस्कृति अनि परम्परा र रितिरिवाजहरुको भेदभाव रहित रुपमा सम्मान गरिनु पर्छ ।
यम श्रीस मगर
महासचिव
नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरिया
अन्तमा सवै जात जातिहरुको धर्म संस्कृति अनि परम्परा र रितिरिवाजहरुको भेदभाव रहित रुपमा सम्मान गरिनु पर्छ ।
यम श्रीस मगर
महासचिव
नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरिया