SOI DHOLE SOI ARKO DHOLE KHOI ( RAJESH PAYAL RAI )
किरात राई भाषाहरू र साहित्यको वर्तमान अवस्था
गणेश राई र पदम राई
'यस संसारमा बााच्नका लागि हामीले अवश्य नै सेतो -गोराहरूको भाषा) भाषा जान्नु पर्दछ तर सधैंसधैं बााच्नका लागि हामीले हाम्रै भाषा जान्नु पर्दछ ।'
- डारिल बेब विल्सन
संविधान र अन्तर्राष्ट्रिय दस्तावेजमा भाषा
नेपालको अन्तरिम संविधान, २०६३ को भाग ३ को मौलिक हकको शिक्षा तथा संस्कृतिसम्बन्धी हक धारा १७.१ मा लेखिएको छ- 'प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भए बमोजिम आˆनो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ ।' यसैगरी धारा १७.३ मा 'नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई आˆनो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्वर्द्धन गर्ने हक हुनेछ ।' धारा ४.१ मा भनिएको छ- 'नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् ।'
आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र- २००७ धारा १३.१ मा 'आदिवासी जनजातिहरूसाग उनीहरूको आˆनो इतिहास, भाषा, मौखिक परम्परा, दर्शन, लेखनप्रणाली तथा साहित्यहरू पुनर्जीवित गर्ने, प्रयोग गर्ने तथा भावी पुस्तालाई हस्तान्तरण गर्ने तथा समुदाय, स्थान र व्यक्तिहरूको आफ्नै नाम राख्ने र तिनलाई कायम राख्ने अधिकार छ ।' आदिवासी जनजातिहरूसाग पठनपाठनको आˆनो सांस्कृतिक पद्धतिहरूसाग उपयुक्त हुने गरी आफ्नै भाषामा शिक्षा उपलब्ध गराउने आˆनो शिक्षण प्रणाली र संस्थाहरूको स्थापना तथा तिनमाथि नियन्त्रण गर्ने अधिकार छ ।'
नेपाल सरकारले अनुमोदन गरिसकेको अन्तर्राष्ट्रिय श्रम संगठन -आईएलओ) महासन्धि- १६९ को धारा २७.१ मा आदिवासी जनताका लागि उनीहरूकै विशेष आवश्यकतालाई सम्बोधन गर्न उनीहरूकै सहयोगमा शैक्षिक कार्यक्रम र सेवाहरू विकसित एवम् कार्यान्वित गरिने छन् र यसका साथै उनीहरूका इतिहासहरू, ज्ञान र प्रविधिहरू, उनीहरूका मूल्य, प्रणालीहरू र उनीहरूका सामाजिक, आर्थिक र सांस्कृतिक आकांक्षाहरूलाई पनि समावेश गरिने छ ।
संस्थागत संरचना र विकास
मातृभाषा र संस्कृति जातीय पहिचानको मूल आधार हो । नेपालको परिवेशमा तत्कालीन राज्य व्यवस्था तथा शासक जातिले विविधतालाई जहिले पनि थिचोमिचोमा राखे । पृथ्वीनारायण शाहले नेपाल एकीकरणसागै 'चार वर्ण छत्तीस जातको फूलबारी'को संज्ञा दिए । संज्ञासागै एकात्मक हिन्दूवादी राज्यसत्ताको जगलाई बलियो पारे । त्यसयताका शासकले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुकलाई 'एक भाषा, एक धर्म' नीतिअनुसार अघि बढाए ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि निर्मित नेपाल अधिराज्यको संविधान, २०४७ ले 'बहुधार्मिक' बाहेक अन्य विषयलाई सहज बनायो । जसले गर्दा मुलुकका जातजाति, भाषाभाषीहरू आफ्नो पहिचानलाई उजागर गर्न आ-आˆना संस्थाहरू खोलेर संगठित हुन थाले । संविधानले खस-नेपाली भाषालाई 'राष्ट्रभाषा' र मुलुकमा बोलिने अन्य भाषालाई 'राष्ट्रियभाषा' भनेर परिभाषित गर्यो । तर भाषा संरक्षण नीति नबन्दा राष्ट्रिय भाषाहरूको प्रवर्द्धन हुन सकेन । यद्यपि प्रतिकुलताको बाबझुद पनि संगठन विस्तारसागै आफ्नो भाषा, साहित्य, संस्कृति, इतिहासको खोजी, संरक्षण गर्ने क्रम अघि बढ्यो ।
त्यही क्रममा किरात राई जातिभित्र पनि भाषिकरूपमा संगठित हुने क्रम बढ्यो । फलस्वरुप विभिन्न जातीय संस्थाहरू खोलिएका छन् । आ-आˆनो मौलिक परम्पराको संरक्षण, मातृभाषा, साहित्यको विकासका निम्ति यी संस्थाहरू जन्माइएका हुन् । ती संस्थाहरू समाजमा जातीय मौलिक पहिचानलाई संस्थागतरूपमै बचाउन कम्मर कसेका छन् । मातृभाषा लेखन, साहित्य सृजना, लोकसंस्कृति, लोकवार्तालाई दस्तावेजीकरण गर्ने काम गर्दै आएका छन् ।
किरात राई यायोक्खा
बहुभाषिक किरात राई जातिÙ जो नेपाल र विश्वभरि छरिएर रहेका छन्, उनीहरूको साझा संस्था किरात राई यायोक्खा हो । यो संस्था वि.सं. २०४५ साल साउन २२ गते -तदानुसार सन् १९८८ अगस्ट ६) शनिबारका दिन 'किरात राई सांस्कृतिक संघ'को नाममा स्थापना भएको थियो । त्यसपछि विधिवतरूपमा २०४७ सालमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट 'किरात राई यायोक्खा' भनेर दर्ताप्राप्त गर्यो । किरात जातिको गौरवशाली इतिहासप्रति गर्व गर्दै जातीय एकता कायम गर्न, भाषा, संस्कृति, संस्कार संरक्षण, संवर्द्धन र अस्तित्व जोगाउनु यो संस्थाको मूल उद्देश्य रहेको छ । सामूहिक पहिचान र एकताको सवाललाई लिएर यायोक्खाले देश संघीयतामा जाादा 'किरात स्वायत्त राज्य' बन्नुपर्ने प्रस्ताव अघि सारेको छ ।
किराती राई जाति र उनीहरूका भाषाहरू
नेपालको पूर्वी पहाडी भेगमा बोलिने किराती भाषाहरू भोट-बर्मेली भाषिक परिवार अन्तर्गत पर्दछन् । मूलतः किराती भाषाहरू भन्नाले राई, लिम्बू, याक्खा र कोाइच -सुनुवार) भन्ने बुझिन्छ ।
सन् २००१ को जनगणनाअनुसार किरात राई जातिको जनसंख्या ६ लाख ३५ हजार १ सय ५१ जना रहेको छ । सोही जनगणनाले २२ वटा किरात राई भाषाहरूलाई मात्र पहिचान गरेको छ ।
वि.सं. २०४८ मा दमकमा आयोजना गरिएको किरात राई भाषासम्बन्धी एक कार्यक्रममा डा. नोवल किशोर राईले 'राई भाषाहरूको विकास जमर्को' कार्यपत्र प्रस्तुत गर्दा पहिलोपटक 'राईहरू २८ वटा भाषाहरू बोल्छन्' भनी उल्लेख गर्नुभएको थियो । उक्त कार्यक्रममा राई भाषाहरूलाई केही राई समुदायबाटै भाषा 'एकीकरण' गर्ने घातक काम पनि गर्न खोजिएको थियो तर भाषाविद्हरूको सुझ्बुझ्का कारण त्यो असफल भयो । त्यसै बेलादेखि नै किरात राई यायोक्खाले 'किरात राई भाषाहरू २८ भन्दा बढी जीवित रहेका छन्' भन्दै आएको छ ।
किरात राई जाति भन्नाले 'जाति एक भाषा अनेक' जातिका रूपमा चिनिएका छन् । समाजशास्त्रीय दृष्ट्रिकोणले किरात राईहरूलाई 'महाजाति'को रूपमा पनि चित्रण गर्ने गरिएको छ ।
किरात राई भाषाहरू अन्तर्गत १. आठपहरिया -आठपरे), २. कुलुङ, ३. कोयु/कोयी, ४. खालिङ, ५. चाम्लिङ -रोदुङ), ६. छिलिङ -छुलुङ), ७. छिन्ताङ, ८. जेरो/जेरुङ, ९. तिलुङ, १०. थुलुङ, ११. दुमि -रडु), १२. दुङमाली, १३. नाछिरिङ, १४. पुमा -रकोङ), १५. बान्तावा -किरावा), १६. बाहिङ -बायुङ), १७. नेवाहाङ -बुङ्लावा/साम?), १८. बेलहारे, १९. मेवाहाङ, २०. मुगाली, २१. याम्फु/याम्फे, २२. लोहोरुङ, २३. वाम्बुले र २४. साम्पाङ छन् । यसरी जसले जे जति संख्या भने पनि भाषावैज्ञानिकको दृष्ट्रिकोण र स्थलगत अध्ययनबाट त्यो संख्या २४ को हाराहारीमा रहेको छ ।
लिपिको प्रयोग
भाषाविद्हरूका अनुसार लिपिभन्दा भाषा बढी महत्त्वपूर्ण भएकोले हाललाई देवनागरी लिपिको प्रयोग नै व्यवहारिक हुने देखिएकाले सोहीअनुरुप किरात राई भाषाहरू देवनागरी लिपिमा नै लेखिदै आएका छन् ।
लिम्बू भाषामा प्रयोग हुने 'सिरिजंगा लिपि' किरात राई समुदायमा समेत चल्तीमा रहेको छ । यसलाई किरात-लिपि पनि भन्ने गरिन्छ ।
यसलाई आधिकारिकरूपमा प्रयोगको सन्दर्भमा किरात राई यायोक्खाले समेत त्यही लिपिलाई प्रचलनमा ल्याउने भनेको छ । देश-विदेशमा रहेका किरात राईहरूले त्यही किरात लिपिलाई अभ्यास गर्दै आएका छन् । २०६७ देखि वाम्बुले राई भाषामा सिरिजंगा लिपिलाई 'किरात-वाम्बुले' नामाकरण गरी प्रचलनमा ल्याउने अभ्यास भएको पाइन्छ । उक्त भाषाको विशेषताअनुकूल केही लिपि परिमार्जन गरिएको छ ।
तर, सिरिजंगा लिपिलाई एकथरी लिम्बू जातिले संरक्षण तथा संवर्द्धन गर्दै आएको र यसको स्वामित्व लिम्बूमै निहित रहने दावी गर्दै आएका छन् । लिपिको विषयमा दार्जिलिङ र सिक्किममा रहेका किरात राई र किरात लिम्बूबीच मतभेदका कारण 'कृपा सल्याण लिपि' प्रचलनमा ल्याएको पाइन्छ । कृपा सल्याण राईले लिपिको प्रतिपादन गरेको हुादा यसलाई 'कृपा सल्याण लिपि' भनेर उल्लेख गरिएको हो । यसैलाई राई भाषाहरूको लेखन हुने विषयमा दुईमत नरहने किरात खम्बू राई सांस्कृतिक संस्थान दार्जीलिङले एक कार्यपत्रमा उल्लेख गरेको छ । सिक्किममा हाल 'राई लिपि'को नामबाट पाठ्यपुस्तकहरूको विकास भएको पाइन्छ ।
किरात राई भाषाहरूको थातथलो
किरात राई भाषाहरूको फैलावट नेपालको पूर्वी पहाडी जिल्लाहरूमा रहेको छ । उनीहरूको ओखलढुंगा, उदयपुर, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, सुनसरी, मोरङ, झापा, तेह्रथुम, इलाम, पााचथरसम्म परम्परागत मुख्य थातथलोका रूपमा रहेका छन् । यसैगरी भारतको दार्जीलिङ, सिक्किम, आसाम आदि ठाउाहरूमा राई भाषाहरू बोलिन्छन् । बसाइाको हिसाबले देशको सबै जिल्लाहरूमा किरात राईहरूको बसोबास रहेको जनगणना २००१ ले देखाएको छ ।
भाषिक विशेषता र पहिचान
यी राई भाषाहरूको विशेषता र पहिचानलाई भाषाशास्त्रीहरूले अनुसन्धानको विषय बनाएका छन् । उनीहरूका अनुसार एक मूल जराबाटै यी भाषाहरूको विकास भएको हुन सक्छ Û
भाषावैज्ञानिक दृष्टिकोणबाट भाषाहरूको लेख्य परम्परा सुरु गर्दा ती भाषाहरूको वर्ण निर्धारण पहिलो पाइला हो । किरात राई भाषाहरूअन्तर्गत सन् २०१०/११ मा लोहोरुङ र दुङमाली भाषाका वर्ण निर्धारण 'आदिवासी जनजाति उत्थान प्रतिष्ठान'को सहयोगमा भाषाविद्हरूले गरिदिएका छन् । प्रा. डा. माधवप्रसाद पोखरेलको नेतृत्वमा किरात राई भाषाहरूको मात्र हैन, नेपालका धेरै भाषाहरू -५० को हाराहारी)को वर्ण निर्धारण भएका छन् । अझै केही किरात राई भाषाहरूको वर्ण निर्धारण हुनै बााकी छ । कतिपय किरात राई भाषाहरू वर्ण निर्धारणै नगरी लेख्न सुरु गरेका छन् । यसले गर्दा ती भाषाहरूमा खस नेपाली भाषाको प्रभाव बढी पर्ने सम्भावना देखिन्छ ।
अध्ययन, अनुसन्धान र लेखनकार्य
किरात भाषाहरूको अध्ययन, अनुसन्धान कार्य विदेशी विद्धानहरूबाट नै सुरुआत भएको हो । हट्सनले सन् १८११ मा भारतमा भएको लिङ्गुइस्टिक सर्भेको भाग ३ मा राई भाषाहरूको बारेमा उल्लेख गरेका छन् ।
वार्नर विन्टर -राईज् अफ इस्टर्न नेपाल), क्याम्पबेल, ब्रायन हटन हज्सन, जोर्ज भ्यान डि्रअम -किराती भाषाहरू र दुमि), सुएयोशी तोबा/इन्गि्रड तोबा -खालिङ), प्रो. करेन एर्बट -आठपहरे), प्रा.डा. जर्ज मान्दि्र, जोन एपिली र क्वाङजु छो -बान्तावा), डा. माउरिन बि. लि -बाहिङ) आदि विद्धानहरूले किरात राई भाषाहरूमा अध्ययन अनुसन्धान गरेका छन्, गरिरहेका छन् ।
ती विदेशी अनुसन्धाताहरूले विभिन्न किरात राई भाषाहरूको शब्दसंग्रह, शब्दकोश, व्याकरण पुस्तक निर्माण गरिदिएका छन् । यसैगरी संस्कृति, परम्पराबारे पुस्ताकार कृति प्रकाशित गरेको पाइन्छ ।
किरात राई भाषाको पहिलो कृति
किरात राई मातृभाषाका निम्ति पहिलो लेखन थुलुङ भाषामा भएको हो । दार्जीलिङबाट अगमसिंह देउसा राईले लेखेको 'आशलच्छी शिक्षा' सन् १९४४ मा प्रकाशन गरेका हुन् । यो नै थुलुङ राई भाषाको पहिलो शब्दसंग्रह तथा व्याकरण पुस्तक हो ।
पछिल्लो दशकमा किरात राई भाषाहरू स्वभाषी व्यक्ति र संस्थाहरूको पहलमा शब्दकोश, शब्दसंग्रह, व्याकरण निर्माण गर्ने क्रम बढेको छ । विदेशीबाट भएका अनुसन्धान तथा प्रकाशनलाई स्वभाषीहरूका निम्ति व्यवहारिक बन्न सकेका छैनन् । बान्तावा, चाम्लिङ, आठपहरिया, खालिङ, मेवाहाङ, वाम्बुले, पुमा, साम्पाङ, याम्फु भाषीहरूले शब्दकोश, शब्दसङ्ग्रह र व्याकरणहरू निर्माण गरिसकेका छन् । दुमि, कोयी, बाहिङ लगायत राई भाषाहरूको शब्दकोश निर्माणको क्रममा रहेका छन् ।
पत्रपत्रिका प्रकाशन
प्रकाशनको माध्यमले कुनै पनि भाषाको अवस्थाबारे बुझ्न सकिन्छ । मुख्यतः भाषा बोलीचाली र लेख्य परम्परामा बााच्छ । अधिकांश किरात राई भाषाहरू बोलीचालीमा मात्र छन् । प्रकाशन आरम्भको इतिहास वि.सं. २०३० को दशकमा मातृभाषा संरक्षण र विकास सुरु भएको मानिन्छ । घल राईको सम्पादनमा 'कोङ्पी' पत्रिका छापिन सुरु भएको थियो । तिलक चाम्लिङ, टंकबहादुर राईको सम्पादनमा 'पारुहाङ' नामक पत्रिका प्रकाशन आरम्भ गरिएको थियो । उक्त पत्रिकाहरूमा खस नेपाली र किरात राई मातृभाषाहरू समावेश गरी प्रकाशन गरिन्थे ।
२०४७ को संविधानले दिएको अधिकारलाई टेकेर किरात राई मातृभाषाहरूमा साहित्य विकास, संस्कार, संस्कृति र अधिकारका विषयलाई लिएर विभिन्न पत्रपत्रिका प्रकाशन भएको पाइन्छ । त्यसमध्ये २०५० सालदेखि निरन्तर -१८ वर्षदेखि हालसम्म) प्रकाशित 'लिब्जु-भुम्जु' पत्रिका हो । मुख्यतः वाम्बुले राई भाषा, साहित्य, संस्कृति विषयलाई प्राथमिकता दिएको यो त्रैमासिक पत्रिका ४५ अंक प्रकाशित भइसकेको छ । यो भाषाको अर्को सहप्रकाशन 'कावा' पनि हो ।
त्यसैगरी २०६१ सालमा प्रकाशन आरम्भ गरिएको बान्तावा राई भाषामा प्रकाशित पत्रिका 'बुङ्वाखा' मासिक हो । नियमितरूपमा प्रकाशित यो पत्रिका किरात राई भाषाहरूमा 'हिरक अंक' -७५औं अंक) प्रकाशन गर्ने पहिलो पत्रिका भएको छ । यो भाषाकै 'किरावाबुङ', 'सायाबुङ'जस्ता पत्रिकाहरू ३-३ अंक प्रकाशन भएपछि बन्द अवस्थामा छन् ।
चाम्लिङ भाषाको मि पाक्षिक -२०५०), रोदुङ वाषिर्क -२०५४), चाम्लिङ ला शाखाम खाम्बातिम बुलेटिन -२०६३), किरात राई चाम्लिङ बुलेटिन, चाम्लिङ अर्धवाषिर्क -२०६१/०६२) आदि पत्रिकाहरू प्रकाशित छन् ।
यसैगरी थुलुङ भाषा- 'दोदिखाम', कोयु/कोयी- 'सोदेल', खालिङ- 'सुन्म्यसङ', बाहिङ- 'बाहिङ आवाज', पुमा- 'बुङ्वाफोप', दुमि- 'इसिलिम' लोहोरुङ- 'माङसुक', कुलुङ- 'सुक्तूम्' र 'छेइलम' लगायत पत्रपत्रिकाहरू प्रकाशित छन् । किरात राई यायोक्खाबाट 'यायोक' नामक पत्रिका पहिलोपटक प्रकाशित भएको थियो । उक्त संस्थाको मुखपत्र 'निप्सुङ' हाल चौमासिकरूपमा प्रकाशित भइरहेको छ ।
गोरखापत्र दैनिकले २०६४ असोज १ गतेबाट सुरु गरेको 'नयाा नेपाल' किरात राई भाषा पृष्ठमा विभिन्न राई भाषाहरू पुस्तकहरूको प्रकाशनमा आंशिक सहयोग गर्दै आइरहेको छ । यसैसाल -२०६७/०६८) मात्र बान्तावा मा साहित्य, संस्कृति, समाचारमूलक सामग्रीहरू छापिदै आएका छन् ।
साहित्यिक प्रकाशन
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित 'सयपत्री' बहुभाषिक पत्रिकाको विभिन्न अंकमा विभिन्न राई भाषाहरूका साहित्य र संस्कृतिमूलक सामग्री अनुवादसहित लेखहरू छापिएका छन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले वर्षेनी कुनै न कुनै किरात राई भाषाहरूको साहित्यिक भाषाको ७ -गजलसङ्ग्रह ३, कवितासङ्ग्रह २, गीतिसङ्ग्रह १, उखानटुक्का १) वटा कृतिहरू प्रकाशित भएका छन् । वाम्बुले भाषामा दुईवटा -कवितासङ्ग्रह र कथासङ्ग्रह) र पुमा भाषामा एउटा उपन्यास, चाम्लिङ भाषामा एउटा नाटक सङ्ग्रह, कोयी भाषामा एउटा संस्कृतिमूलक द्धैभाषिक कृति प्रकाशित भएका छन् । दुमि किरात राई फन्सिकिम संस्थाको पहलमा दुमि भाषाको शब्दकोश निर्माणमा पनि प्रतिष्ठानको आंशिक सहयोग प्राप्त छ । मातृभाषा विकासको लागि यसलाई ठूलो फड्कोको रूपमा मान्नुपर्छ ।
चाम्लिङ भाषामा अन्य भाषाभन्दा अधिक साहित्यिक कृतिहरू प्रकाशन भएको भाषाको रूपमा स्थापित भइसकेको छ । यो भाषामा 'सिमछाम' -२०३७)को प्रकाशन भएपछि 'बुङाची' -कवितासङ्ग्रह), सेम्दु -गीतसङ्ग्रह), खोचिलिपा -उपन्यास), रङ्रीमा -खण्काव्य), रोदुङ बोखामा -नाटक) र लालामा -कथासङ्ग्रह) यो भाषाका पहिलो विधागत कृतिहरू हुन् ।
त्यसपछि बान्तावा र वाम्बुले भाषामा अरु भाषाहरूको तुलनामा अलि बढी कामहरू भएका छन् ।
हालसम्म मातृभाषामा साहित्यनिर्माण धेरैजसो रहरले गरिएका छन् । त्यसैले तिनीहरूको स्तरीयता के कति भन्ने कुराको मापन हुन सकेको छैन । निर्माण भएका कृतिहरूको कुनै पनि शैक्षिक प्रतिष्ठानहरूमा अध्ययन, अध्यापन नहुनुले पनि यो अवस्था आएको हो । तर, राज्यको असहयोग र सम्बन्धित भाषीहरूको कम चासोको बाबजुद पनि कृतिहरू तयार हुनु आज आफैमा ठूलो कुरा भएको छ ।
मुन्धुम साहित्य
मुन्धुम -मुन्दुम) किरात राई जातिको मौलिक र अलिखित दर्शन हो । 'प्राचीन्ातम जातिका रुपमा रहेको किरात राई जातिको जीवन र जगतलाई नजिकबाट बुझ्ने, थिति बााध्ने तथा समाज संचालन गर्ने छुट्टै मौलिक मुन्दुम दर्शन रहेको छ ।'
'दोवाङदुम शामकालिङ' -२०५५) बान्तावा भाषाको मुन्धुम, धर्म, संस्कार, कर्मकाण्डको पहिलो पुस्तक हुन सक्छ । कोयु/कोयी भाषामा प्रकाशित 'मुन्धुम' -२०५९) उक्त भाषाको सम्भवत पहिलो मुन्धुम साहित्यिक कृति हो । ख्याल तम्र -खालिङ मुन्धुम) खालिङ भाषाको मुन्धुम प्रकाशन भएको छ । साम्पाङ भाषामा 'मुन्धुम' प्रकाशनको तयारीमा रहेको छ ।
किरात राई भाषाहरूमा विद्यावारिधि -पि.एच.डि.)
सन् १९८५ मा प्रा. नोवल किशोर राईले बान्तावा भाषामा पहिलोपटक पुणे विश्वविद्यालय, भारतबाट विद्यावारिधि हासिल गर्नु भयो । यसले आम किरात राई मातृभाषी समुदायमा एउटा उदाहरणीय कामको सुरुवात भएको महसुस गरे । यस कार्यले गर्दा केही वर्ष यता धेरैजसो किरात राईहरूले त्यही बाटोलाई अनुसरण गर्न कोसिस गरिरहेका छन् ।
त्यस्तै सन् २००९ मा बान्तावा भाषामै नेडरल्याण्डका मारिअस् डोर्नेन्बलले 'अ ग्रामर अफ् बान्तावा' शीर्षकमा विद्यावारिधि हासिल गरेका छन् ।
प्रा. टंक न्यौपानेले आठपहरिया भाषामा विद्यावारिधि हासिल गरेका छन् । सन् २००२ मा क्यार्लिफोनियाको विश्वविद्यालय बेर्केलीबाट थुलुङ भाषाको व्याकरणमा प|mेन्च महिला आइमि लाहाउसोसिस -२००२) ले विद्यावारिधि गरिन् । याम्फूमा रोल्याण्ड रुत्जर्स -जर्मनी)ले उक्त उपाधि हासिल गरेका छन् । सन् २००२ मा वाम्बुले भाषामा जँ रोब्यार ओप्खन्वार्तले विद्यावारिधि हासिल गरेका छन् । साम्पाङ भाषामा रेने हुइस्मन्स -सन् २००६) मा पि.एच.डि. गरेका छन् । बेल्हारे भाषामा जर्मनीका प्रा. बाल्थोजार बिकलले पि.एच.डी. शोध गरेका छन् । कुलुङ भाषामा टोल्स्मा गेरार्डले 'अ ग्रामर अफ् कुलुङ' शीर्षकमा पिएचडी शोधपत्र गरेका छन् ।
विष्णुसिंह राईले चाम्लिङ भाषाको बलम्ता भाषिकामा पि.एच.डी. हासिल गर्ने क्रममा छन् । कैलाशकुमार राईले चाम्लिङ भाषामै पि.एच.डी. शोध गरिरहेका छन् । भविन्द्र राईले चाम्लिङ भाषाको रतन्छा भाषिकामा विद्यावारिधि सुरु गरेका छन् । नारायण शर्माले पुमा भाषामा पिएचडी गर्दैछन् ।
छिन्ताङ भाषामा तिखो डिक्स्माइर -जर्मनी), रोबर्ट सिवस्की -जर्मनी)ले र नेपालका नेत्रप्रसाद पौडेलले छुट्टाछुट्टै पि.एच.डि. सुरु गरेका छन् । दुमि भाषामा सन् २०१० देखि 'अ ग्रामर अफ् दुमि' शीर्षकमा नेत्रमणि दुमिराईले त्रिविबाट विद्यावारिधि सुरु गरेका छन् । कोयु भाषामा सन् २०१० देखि तारामणि कोयु राईले 'अ ग्रामर अफ् कोयी' शीर्षकमा त्रिविबाट विद्यावारिधि सुरु गरेका छन् ।
भाषावैज्ञानिक अनुसन्धान
त्रिभुवन विश्वविद्यालय र जर्मनीको लाइप्चिख विश्वविद्यालयको संयुक्त प्रयासमा -सन् २००४-२००८) 'छिन्ताङ पुमा अभिलेखीकरण परियोजना' -सीपीडीपी) भएको छ । जर्मनीबाट प्रा.डा. बाल्थोजार बिकल, नेपालबाट प्रा.डा. नोवल किशोर राई र सह प्राध्यापक विष्णुसिं राई उक्त कार्यमा सहभागी हुनु भएको थियो । विद्युतीय अभिलेखीकरण -डिजिटल डकुमेन्टेसन) हुन पाउने नेपालका भाषाहरूमध्ये यी दुई पहिलो हुन् ।
सन् २००९ देखि त्रिभुवन विश्वविद्यालय, केन्द्रीय भाषाविज्ञान विभागको अगुवाइ र नेपाल सरकारको आर्थिक सहयोगमा नेपालका भाषाहरूको सर्वेक्षण सुरु भएको छ । र, उक्त सर्वेक्षणमा प्रा.डा. नोवल किशोर राईको नेतृत्वमा 'किराती क्लस्टर' टोलीले स्थलगत अध्ययन अनुसन्धान गरिरहेको छ । त्यो प्रतिवेदनले सही किराती भाषाहरूको पहिचान गर्ला भन्ने आशा गर्न सकिन्छ ।
प्रायः सबै किरात राई भाषाहरूमा संस्थागत, व्यक्तिगत शोधपत्र लेखन र अनुसन्धानहरू भएका छन् ।
किरात राई भाषाहरूको अवस्था
लेख्यपरम्परा भएका किरात राई भाषाहरू -बान्तावा, चाम्लिङ, वाम्बुले, खालिङ, थुलुङ, कुलुङ) होउन् वा लेख्यपरम्परा उन्मुख किरात राई भाषाहरू -नाछिरिङ, मेवाहाङ, साम्पाङ, याम्फु, लोहोरुङ, आठपहरिया) । लोपोन्मुख किरात राई भाषाहरू -कोयु/कोयी, पुमा, जेरुङ/जेरो, तिलुङ, दुमि, बाहिङ, दुङ्माली, छिन्ताङ, बेलहारे, छिलिङ) भनौं वा अति लोपोन्मुख किरात राई भाषाहरू -नेवाहाङ, मुगाली, तिलुङ) । लोप भइसकेका -छुक्वा, पोइङ...आदि) किरात राई भाषाहरूलाई के पुनर्जन्म दिन सकिएला ?
मातृभाषा संरक्षण अभियान
मातृभाषा संरक्षण अभियानका रूपमा वाम्बुले राई समाज, नेपाल -वाम्रास) र लिब्जु-भुम्जु पत्रिका परिवारले २०५५ सालदेखि हरेक वर्ष 'वाम्बुले राई भाषाको कविता गोष्ठी' आयोजना गर्दै आएको छ । ओखलढुंगा र खोटाङको वाम्बुले राईहरूको पुख्यौाली थलोमा हुादैआएको उक्त कविता गोष्ठी पछिल्लोपटक २०६७ कात्तिक १८ गते ओखलढुंगाको उाबु- ४ मा 'वाम्बुले राई भाषाको १२औं यलम्बर स्मृति कविगोष्ठी- २०१०' सम्पन्न भएको छ ।
'बुङ्वाखा' मासिकको आयोजनामा बान्तावा राई भाषाको कविता गोष्ठी हरेक वर्ष हुादै आएको छ । पछिल्लोपटक २०६७ मंसिर २४ गते भोजपुरको घोडेटारमा 'बान्तावा भाषाको छैटौं राष्ट्रिय कविता गोष्ठी' सम्पन्न भएको छ ।
किरात राई भाषाहरूको संरक्षण र विकास अभियानका रूपमा यी दुई भाषाहरूले निरन्तरता पाएका छन् । पुमा भाषा -२०६४ मा एकपटक) लगायत अन्य मातृभाषामा छिटफुट कविता गोष्ठीहरू हुने गरेका छन् ।
मातृभाषाका निम्ति पुरस्कार
मातृभाषाको साहित्य, संस्कृति, संगीतको श्रीवृद्धिमा संलग्न स्रष्टाहरूको योगदानलाई हौसला प्रदान गर्नु अपरिहार्य हुन्छ । त्यसका निम्ति केही पुरस्कारहरू स्थापना गरिएका छन् । किरात राई यायोक्खाअन्तर्गत छत्र-विष्णु राई कृति सम्मान कोष- २०६० र यलम्बर स्मृति कोष- २०६७ पुरस्कारहरू स्थापना भएका छन् ।
त्यसैगरी 'लिब्जु-भुम्जु' पत्रिकाको नाममा स्थापित 'लिब्जु-भुम्जु पुरस्कार' २०५६ सालदेखि हरेक वर्ष प्रदान गरिदै आएको छ । 'बुङ्वाखा' मासिक पत्रिकाले 'बुङ्वाखा सम्मान' २०६५ देखि हरेक वर्ष र 'बुङ्वाखा संगीत पुरस्कार' २०६६ सालदेखि प्रदान गरिदै आएको छ ।
कविता, गीत, गजल
भाषा संरक्षणको सशक्त माध्यम भनेकै कविता, गीत र गजल नै हो । बान्तावा, चाम्लिङ, लोहोरुङ र वाम्बुले आदि भाषामा यी विधाका कृतिहरू आइसकेका छन् ।
किरात राई सांस्कृतिक कलाकार संघले हरेक वर्ष मातृभाषाका गीतहरूको गीति सम्मेलन आयोजना गर्दै आएको छ । संघको पहलमा 'स्यामुना' -२०५५) गीति एल्बम निर्माण भएको छ । उक्त एल्बममा चाम्लिङ, बान्तावा, कुलुङ, थुलुङ र लोहोरुङ भाषाका गीत स्वरवद्ध छन् । बान्तावा, चाम्लिङ, पुमा, वाम्बुले आदि भाषाहरूमा गीति एल्बमहरू निर्माण भएका छन् ।
कथा/लोककथा
आदिवासी पहिचान लोकवार्तामा अडिएको हुन्छ । लोकवार्ता सामाजिक जनजीवनको परम्परा हो । जसलाई लोककथा, लोकजीवन, लोकशैली, लोकगीत, लोकभाका, लोकमान्यता, लोकपरम्परा, लोकगाथा आदि भन्दछौं । किरात जातिको आˆनै लोकपरम्परा, लोककथाहरू रहेका छन् । किरात राई समुदायमा धर्ती, आकाश, रूख-बिरूवा, पानी, जीवजन्तु, मानिसको उत्पत्तिदेखि ढुंगा, माटो सबैको कथाहरू रहेका छन् । मुन्धुम मिथकहरू छन् ।
बान्तावा, चाम्लिङ, दुमि, खालिङ, वाहिङ र वाम्बुले भाषामा आधुनिक र संस्मरण कथाहरू -मातृभाषा केन्द्र नेपालमार्फत) लेखिएका छन् ।
चिठ्ठीलेखन
व्यक्ति-व्यक्तिबीचको सम्बन्ध विस्तार बोलेरमात्र होइन, लेखेर पनि हुने गर्छ । संघसंस्थाहरूबीच लेखेरै व्यवहार गरिन्छ । किरात राई मातृभाषाहरूले चिठीपत्रमा खामिन अवसर भने कमै पाएका छन् । किनभने खस-नेपालीबाहेक मुलुकका अन्य मातृभाषाहरूले सरकारी कामकाजको भाषा बन्न दिइएका छैनन् । व्यक्ति विशेषमा पक्कै पनि चिठीपत्रमार्फत् सम्बाद भएको, भइरहेको अवस्था छ । यद्यपि के कति भन्ने बारे कुनै अनुमान लगाउन सकिन्न । बरु अहिले चिठीपत्रको ठाउामा इन्टरनेट, इमेल, फेसबुकमा मातृभाषाका संवादहरू पर्याप्त मात्रामा भएको पाइन्छन् । कम्तिमा बान्तावा-बान्तावा, चाम्लिङ-चाम्लिङ, वाम्बुले-वाम्बुले लगायत मातृभाषीबीच ती संवादले महत्त्व राख्न सक्छ ।
श्रव्य-दृश्य
किरात राई मातृभाषाहरू श्रव्य माध्यममार्फत् गीति एल्बमहरू उत्पादन भएका पाइएका छन् । गीतलाई मोडलिङसहित श्रव्य र दृश्यका रूपमा उतारिएको रेकर्ड पाइएको छैन । यद्यपि चाम्लिङ भाषामा श्रव्यदृश्यमार्फत एउटा विज्ञापन निर्माण भएको छ । यसैगरी ऐतिहासिक थातथलो, भाषिक, सांस्कृतिक विषय समेटेर वृत्तचित्र निर्माण कार्य बढ्दो छ । अहिलेसम्म बान्तावा भाषामा सांस्कृतिक पहिचानसहितको चलचित्र निर्माण भएको पाइएका छन् । अन्य भाषामा समेत वृत्तचित्र र चलचित्र निर्माण गर्ने क्रम बढेको छ ।
संस्कार-संस्कृति
पितृ र प्रकृतिको पूजा गर्ने किरात जाति आफूलाई 'किरात धर्मावलम्बी' मान्दछन् । किरात धर्मको आधार 'मुन्धुम' हो । तर किरातधर्मलाई विभिन्न धारमा विभाजित भएको पाइन्छ ।
किरात राई जातिमा परम्परादेखि नै बलिपूजा गर्दछन् । माछा, मासु सेवन र मद्यपान गर्दछन् । कुलपितृदेखि सिकारीबेखारीसम्म बलि दिएर पूजा गर्दछन् । उनीहरू अलिखित मुन्धुम श्रुति र स्मृतिका आधारमा वाचन गर्दछन् । जसलाई 'थुथुरीवेद' पनि भन्दछन् । राई समुदायमा कुलपूजारी अर्थात् मुन्धुमीलाई नाक्सो, नाक्छोङ, दोवा, नछो, नोक्सो आदि भन्दछन् । कुल, परिवारमा सहज मृत्युवरण गरेकालाई यिनै मुन्धुमीबाट संस्कार गर्दछन् । यसैगरी असहज मृत्युवरण गरेकालाई धामी, झााक्रीबाट संस्कार्दछन् । यो आदिम संस्कार हो । अधिकांश किरात राईहरू यसलाई मान्दछन् ।
फाल्गुनन्द लिङ्देनबाट प्रतिपादित एउटा धर्म हो, सत्यहाङमा । फाल्गुनन्दले किरात समुदायमा मद्यपान र बलिपूजालाई पन्छाएर सुधार गरेका हुन् । सत्यहाङ्मा अन्ततः किरात धर्म भनेर चर्चिएको छ । पछिल्लो दशकमा यो विशुद्ध धार्मिक समुदायकै रूपमा विकास भएको पाइन्छ । 'किरात धर्म' भनेर दुई समूहमा विभाजित छ- आत्मनन्द र ओमनन्द । उनीहरू सेतो वस्त्रधारण गर्दछन्Ù जो बलिपूजा गर्दैनन् । उनीहरू आफूलाई किरातधर्मी ठान्दछन् । मुन्धुमलाई आफ्नै किसिमले लिखितरूपमा उतारेका छन् । फाल्गुनन्द प्रतिपादित आत्मनन्द समूह हिन्दूधर्म र दर्शनबाट प्रभावित देखिन्छ । ओमनन्द समूह क्रिश्चियन धर्म प्रभावित देखिन्छ । यसबाहेक हिन्दू जोसमनी, कवीर, प्रणामी आदि धर्मको अवलम्बन गरेको देखिन्छ । यिनीहरूले पनि बलिपूजा गर्दैनन् ।
पाठ्यसामग्री
कुनै पनि भाषा र साहित्यको विकासका निम्ति औपचारिक पठनपाठन महत्त्वपूर्ण पक्ष हो । नेपाल सरकारले २०५१ सालदेखि विभिन्न मातृभाषाहरूलाई सञ्चारमा प्राथमिकता दियो । त्यसैगरी मातृभाषामा पठनपाठनको व्यवस्था अघि बढ्यो । २०५६ सालदेखि शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले मातृभाषाको पाठ्यक्रम निर्माण कार्य अघि बढायो । त्यस पंक्तिमा ऐच्छिक एक विषयका रुपमा राई भाषाहरूमध्ये बान्तावा र चाम्लिङ भाषाले पाठ्यपुस्तकहरूको निर्माण भई पूर्वाञ्चलका सम्बन्धित भाषी प्राथमिक विद्यालयहरूमा कक्षा १-५ सम्म पठनपाठन हुादै आएको छ । वि.सं. २०६३ पछि शिक्षा विभागको बहुभाषिक शिक्षाअन्तर्गत आठपहरिया भाषाको पाठ्यपुस्तक निर्माण भई धनकुटामा कक्षा १ र २ को लागि नमुना शिक्षाको रूपमा पठनपाठन सुरु गर्यो । मातृभाषा शिक्षकहरूका वृद्धिविकासका लागि बहुभाषिक शिक्षाअन्तर्गत बान्तावा र आठपहरिया भाषाका शिक्षक तालिम सामग्रीहरू निर्माण भएका छन् । पुमा भाषामा निर्माणका लागि कार्य अघि बढिरहेको छ ।
यसबाहेक अनौपचारिक शिक्षा केन्द्रबाट खालिङ भाषाको पाठ्यसामग्री निर्माण भएको छ । यो वर्ष बान्तावा भाषामा सो सामग्री निर्माण भइरहेको छ ।
निचोड
राज्यले राष्ट्रभाषाहरूको संरक्षण तथा संवर्द्धनका निम्ति निर्वाह गर्नु पर्ने भूमिका र दायित्व अर्थात् भाषा नीति निर्माण गर्न नसक्दा संवैधानिक व्यवस्था एउटा कागजी दस्तावेजमात्र बन्न पुगेको छ ।
सबै किरात राई मातृभाषाहरूका संरक्षण, संवर्द्धन र विकासका खातिर अपनाइने विधि एउटै पनि त हुन सक्छ । यसको लागि खााचो छ त केवल आपसी समन्वयको ।
राज्यले खस नेपाली भाषाको लागि करोडौ लगानी गर्ने तर किरात राईलगायत अन्य मातृभाषाहरू त्यो सुविधाबाट बञ्चित भएको अवस्थामा ती मातृभाषाहरूको संरक्षण र विकासको लागि त्यो लगानीको साझेदारी/हिस्सेदारी हुन पाउनुपर्ने आजको सम्पूर्ण मातृभाषीहरूको माग पनि हो ।
कुनै पनि जातिको पहिचान उसको मातृभाषा र संस्कृति हो । पहिचानको संरक्षण गर्ने उद्देश्यले किरात राई मातृभाषाहरूको सामाजिक संगठन निर्माण भएको वर्तमान अवस्थामा यिनै संस्थामार्फत् सम्बन्धित निकायहरूले मातृभाषा तथा साहित्यको श्रीवृद्धि गर्न जरूरी छ । यसको मध्यस्थमा किरात राई यायोक्खा रहनेमा दुई मत छैन ।
युवा भाषाशास्त्री नेत्रमणि दुमिराईको भनाइमा 'विश्वमा एउटा जाति अनेक मातृभाषाको उपमासहित विशिष्ठ पहिचान बोकेको किरात राई भाषाहरू आˆनै मुलुकभित्र चाहिा 'यता मातृभाषीलाई प्यारो उता राज्यलाई घााणो'को अवस्थाबाट गुज्रने क्रममा दिनानुदिन 'एकपछि अर्काे-कालको लर्काे'मा पर्दै गएका छन् ।'
..............................................................................................................
नेपाल प्रज्ञा-प्रतिष्ठान, मातृभाषा साहित्य विभागको आयोजना र
किरात राई यायोक्खाको संयोजनमा भएको कार्यक्रममा प्रस्तुत कार्यपत्र
मिति ः २०६८ जेठ २५, बुधबार -किरात येले संवत् ५०७१, ८ जुन, २०११)
स्थानः नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौं
सन्दर्भ-सामग्री
क) भाषिक पत्रिकाहरू
इसिलिम, दुमि भाषाको अर्धवाषिर्क पत्रिका
बुङ्वाखा, बान्तावा भाषाको मासिक पत्रिका
बुङ्वाफोप, पुमा भाषाको अर्धवाषिर्क पत्रिका
लिब्जु-भुम्जु, वाम्बुले भाषाको त्रैमासिक पत्रिका
सोदेल, कोयी/कोयु भाषाको पत्रिका
ख) अनुसन्धानमूलक पुस्तक र अन्य
रापचा, लाल-श्यााकारेलु. सन् २००८. इन्डो-नेपाल किरााती भाषाहरूः किराातविज्ञान अध्ययन संस्थान, काठमाण्डू, नेपाल.
राई, रामचन्द्र -रुपाबुङ). सं. २०६४/०६६. दोस्रो सं. २०६७. प्राचीन किरातहरूले छाडेका सम्पदाहरू. काठमाडौंः श्रीमती यशोदा खापुङ, तेह्रथुम.
च्बष्, ल्यखभ प्िष्कजयचभ। ज्ञढडछ। ब् म्ष्कअचष्उतष्खभ न्चammबच या द्यबलतबधब। एज।म्। त्जभकष्कस् ग्लष्खभचकष्तथ या एगलभ।
राई, नोवल किशोर. २०६७. दश थर राईः एक चुलाः अनेक कुराः नुलाम, किरात राई विद्यार्थी संघको विशेष मुखपत्र.
मुकारुङ, राजन र चाम्लिङ, भोगीराज. येले वर्ष ५०६८. राई नेपाली भाषाको वर्तमान साहित्यिक अवस्था र समस्याः नेपाल प्रज्ञाप्रतिष्ठानमा प्रस्तुत कार्यपत्र.
राई, तारामणि र अन्य. सन् २०११. मुन्धुमः किरात राई जातिको मौलिक दर्शनः किरात राई अन्तराष्ट्रिय सम्मेलन तथा किरात महोत्सव, काठमाडौं २०११ मा प्रस्तुत कार्यपत्र.
ग) भाषिक साहित्यिक कृतिहरू
किरात राई भाषा तथा साहित्य परिषद दमक, झापा. सं. २०६२. किरात राई भाषाहरूका तुलनात्मक शब्द-संग्रह. काठमाडौंः किरात राई यायोक्खा.
राई, विष्णु एस र अन्य. सन् २००९. पुमा शब्दकोश तथा व्याकरण, किरात पुमा राई तुप्खाबाङ्खाला, नखिपोट, ललितपुर.
खड्का, अञ्जु र मगर, केशरजंग. सन् २००६. पहाडी बोलीचाली
सं. डा. माउरिन बि ली र ताराहाङ. सन् २००९. बाहिङ वर्णमाला तथा लेखनपद्धतिको परिचयः बाहिङ किरात मुलुखिम, काठमाडौं.
..........ईक्के कथा -हाम्रो कथा)ः बाहिङ किरात मुलुखिम, काठमाडौं.
राई, अविनाथ. २०५७. वाम्बुले राई शब्दकोश, वाम्बुले राई समाज, नेपाल -वाम्रास) केन्द्रीय कार्यालय, ललितपुर नेपाल.
सं. राई, गणेश. २०६४. वाम्बुले राई जाति ः भाषा र संस्कृति, वाम्बुले राई साहित्य प्रकाशन, काठमाडौं.
निप्सुङ, किरात राई यायोक्खाको मुखपत्र.
हाम्रो तुवाचुङ राम्रो तुवाचुङ
मेरो वाल्यावस्थामा आमाको अक्सर तयामा-खियामा दिदि-बहिनीको कथा, उनीहरूले तानमा कपडाबनेको कथा, खोक्चिलिपा भाई र तयामा-खियामामाईती चेलीबीचको माया र प्रेमले ओतप्रोत भएकोकथा, उनीहरूको बिछोडको कथा, खोक्चिलिपाले दिनभरीकोसीमा जाल हानी एक मात्र चिप्लो ढुङ्गा प्राप्त गरेकोकथा र उक्त चिल्ल्ाो ढुङ्गा वास्तवमा मायाकी शक्तिकोरूपमा रहेको कथा आदि-आदिलो मेरो बाल मष्तिस्कमाएक प्रकारको रोमाञ्चकता र उत्सुक्ता भरी दिने कामगरिरहन्थ्यो । मेरो बालमस्तिष्कले तयामा-खियामा रखोक्चिलिपाको कथा त्यो स्थान कल्पनामा भए पनिपुग्ने जमर्को गरिरहन्थ्यो । उक्त ठाउँ कस्तो होला -एकपटक उक्त ठाउँमा पुग्न पाए पनि हुन्थ्यो जस्तो विचारलेमलाई उद्वेलित गरिरहन्थ्यो । मेरो बाल मस्तिष्कलेसुनेको कथा र उक्त स्थानमा पुग्नको लागि बुनेकोकल्पना जीवनको झण्डै ४४ वसन्त पार गरिसकेपछिमात्र वास्तविकतामा परिणत हुन सक्यो । अर्थात २०६५सालको माघे संक्रान्तीको दिन म उक्त किरातआदिमभूमी तयामा-खियामा र खोक्चिलिपाको स्थानतुवाचुङ डाँडालाई चुम्न पुगेँ । ख्ाोटाङ जिल्लाकोअर्खौले गा.वि.स एवं सल्ले गा.वि.स. मा पर्ने उक्तआदिमभूमीमा पुग्न पनि एक संयोग थियो । त्यो केभने हामी किरात र्राई यायोक्खाले आरम्भ गरेको"किरात स्वायत्त राज्य" को अभियानमा मेरो नेतृत्वमासोलुदेखि उदयपरसम्मको राजनीतिक-सांस्कृतिकचेतना अभिवृद्धि अभियानको क्रममा सोलु-सल्लेरीदेखिओखलढुङ्गा हुँदै खोटाङ तत्पश्चात् उदयपुर झर्ने क्रममाउक्त समुहमा तत्कालिन उपाध्यक्ष श्री चतुरभक्त र्राई ज्यू,वहाँकी धर्मपत्नी श्रीमति जानका र्राई, दर्ुगा कोयू र्राई,पार्वती र्राई, रविन र्राई, र्राई नविन, भुवन सुप्तिहाङलगायत अन्य थुप्रै कलाकारको टोली समेत दिक्तेलमाकार्यक्रम सकेर उदयपुर जाने क्रममा आदिमभूमीतुवाचुङ डाँडाको प्रथम पटक दर्शन गर्ने र तयामा-खियामाको दोखाम भग्नावशेषको रूपमा रहेको उक्तस्थलको दर्शन गर्ने अवसर प्राप्त भएको थियो ।तत्पश्चात् तुवाचुङ जायजुम संरक्षण समिती र स्थानियतवरबाट आयोजित २०६६ सालको साकेला उभौलीकोमहोत्सवमा सामेल हुने दोस्रो अवसर पनि प्राप्त भएकोथियो । बाल्यकालमा सुनेको कथा र वास्तवमा तुवाचुङडाँडा पुगी सकेपछिको अवस्थालाई जोडेर हर्ेदा मैलेहृदय खोलेर भन्नै पर्दछ कि यदि उक्त स्थल नहेरी परलोकहुन्थेँ भने म आफ्नो जीवनको ठूलो सुखानुभुतिबाटवञ्चित हुने थिएँ । अथवा भनौं मैले ठुलो सम्पत्तिगुमाएको हुने थिएँ । मैले आफुलाई आफ्नो पर्ुखासँगकोमेलबाट वञ्चित भएको पाउने थिएँ ।
तुवाचुङ डाँडाको फेदीदेखि चुच्चोसम्म पुग्दा मनग्गैसमय र श्रम त लाग्यो तर प्रथम पटक उक्त स्थानमापुग्दा मभित्र एक प्रकारको मीठो रोमाञ्चको स्फुरनभयो र हालमा उक्त डाँडामा पुग्न आदिवासी जनजातिउत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा रस्थानिय सहयोगबाट सीँढीको निर्माण भईसकेको छ ।आफ्नो पर्ुखा तयामा-खियामा र खोक्चिलिपाले आवादगरेको स्थानमा पुग्दा आफु गलेको, थाकेको, तर्ीखालेप्याक-प्याक भएको अवस्थालाई चट्टकै बिर्सिएरआनन्दानुभुति गर्दै हाम्रा आदिम पर्ुखाप्रति नतमस्तकहुन करै लाग्यो ।
मैले एक प्रकारको चुम्बकीय शक्तिले आफुलाईआकषिर्त गरेको जस्तो भान गरेकी थिएँ, जुन शक्तिलेहामीलाई मन्त्रमुग्ध पार्न सक्ने क्षमता राख्दछ । उक्तडाँडामा पुगी सकेपछि पर्ुव पश्चिम, उत्तर र दक्षिणजता अवलोकन गर्दा पनि एक प्रकारको आनन्द रस्वअस्तित्वको उच्चतम अनुभुति हुने गर्दछ । उत्तरकोहिमाल आफ्नो छेउमै भएको जस्तो, दक्षिणमा रहेकोपन्थेडाँडा विस्तारै सुसाउँदै कोशीसँग मिलेको जस्तो,पर्ूवमा टेम्केडाँडा र पश्चिममा हलेसी महादेव स्थानकोदर्शन अत्यन्तै नजिकबाट गरिएको जस्तो भान हुनर्ेगर्दछ । उक्त डाँडामाथी पुगीसकेपछिको मेरो आफ्नोअनुभवलाई जति बयान गरे पनि शब्दहरू पुग्दैनन्जस्तो लाग्दछ ।
विगतमा राज्यपक्षको विभेदकारी नीतिले गर्दा रकिरातीहरू मध्ये माझकिरातका किरातहरू माथि नैकिरातीको रूपमा दमनकारी तत्कालिन शासकहरूकोदृष्टिकोणले गर्दा र नेपाललाई "असल हिन्दुस्तान" कोरूपमा स्थापित गर्ने कुटिल नीतिका कारण हाम्रो सभ्यता,साँस्कृतिक धरोहरहरू ओझेलमा पार्दै लगिए ।व्यवस्थापन एवं संरक्षणको अभावमा हाम्रा पुरातात्विकर धार्मिक स्थलहरू नष्ट हुँदै गए । यहि क्रममा तुवाचुङजायजुम डाँडा पनि एक उदाहरणको रूपमा परेको छ ।
तर अब समयले कोल्टे फेरिसकेको छ । अस्तित्वर पहिचानको यस शताब्दीमा किरातीहरूको धार्मिक,साँस्कृतिक एवं पुरातात्विक महत्व बोक्ने उक्त स्थलकोसंरक्षण र सर्म्वर्द्धन गर्ने समय ढीलो भइसके तापनिबितिसकेको छैन । अब हामी सबै मिली हाम्रो आत्मासितगाँसिएको हाम्रा पर्ूखाको निशानीलाई बचाउनु पर्ने जिम्मेवारीकासाथ-साथै विश्वसामु यसलाई उजागर गर्नुपर्ने बेलाआएको छ । यसका लागि पर्याप्त अध्ययन, अनुसन्धानकोआवश्यकता एकातिर उत्तिकै टड्कारो रहेको छ भनेअर्कोतर्फ राज्यलाई पनि यसप्रति जिम्मेवारी बोधगराउन अति आवश्यक रहेको छ ।
माझकिरातको खोटाङ जिल्लामा पर्ने यो धार्मिक,साँस्कृतिक र पुरातात्विक महत्वको स्थानलाई पर्यटनसँगपनि गाँसेर हर्ेर्नुपर्दछ । यस स्थानको महत्वलाई हामीलेबुझयौं र पहल गर्न सक्यौं भने हाम्रो लागि, जिल्लाकालागि र अन्तत देशका लागि यो एक धार्मिक पर्यटन,साँस्कृतिक पर्यटन अध्ययन र पुरातात्विक अध्ययनकालागि प्रख्यातीका साथसाथै आय-आर्जनका लागि एकमहत्वपर्ूण्ा कोशेढुङ्गाको रुपमा सावित हुन सक्दछ ।
तुवाचुङको संरक्षण र पर््रवर्द्धनसँग नितान्त महत्वपर्ूण्ाअर्को पाटो के पनि जोडिन सक्दछ भने विश्वभरी छरिएररहेका हाम्रा सन्तति किरातबन्धुहरू जो आफ्नोपहिचानलाई ठम्याउन नसकी वा भ्रममा परेर अन्यधर्म र संस्कृतिको सिको गरी आफ्नो पहिचानलाईगुमाउँदै जाने अवस्थाबाट केहि हदसम्म जोगाउनसकिन्छ । हाम्रो धार्मिक र साँस्कृतिक आस्थालाई प्रकटगर्ने ठाउँको रुपमा यसलाई विकसित गर्दै लान सकियोभने यसले हामीलाई हाम्रो मौलिकताबाट विचलित हुनेसंभावनालाई कम गर्न सक्दछ । आ-आफ्नो कर्मक्षेत्रजहाँ रहेपनि विश्वभरीका किरातीहरू आफ्नोजीवनकालमा कम्तीमा एकपटक यस महत्वपर्ूण्ा स्थलकोदर्शन गर्नैपर्ने आव्हान पनि यस लेखमार्फत गर्नचाहन्छु ।
भनिन्छ, १२ वर्षछि खोला पनि फर्किन्छ रे,इतिहासले आफुलाई दोहोर्याउँछ रे, बिर्सिएको घटनापनि ताजा भएर आउँछ रे आदि । यी कुरामा सत्यताभएरै होला अहिले हामी सम्पर्ूण्ा किरातीहरू विशेषगरीकिरात सभ्यताको धरोहरलाई संरक्षण गर्नतर्फ लागीपरेका छौं, तुवाचुङ जायजुम डाँडालाई राष्ट्रिय,अन्तर्रर्ााट्रय क्षेत्रमा स्थापित गराउनका निम्ति लागीपरेका छौं । त्यसका लागि हामीलाई समय, श्रोत र्रअर्थको पनि त्यत्तिकै आवश्यकता पर्दछ । यसका लागिहामी विश्वभरीका किरात र्राईहरू एक भई लागी पर्नेप्रण गरौं ।