SOI DHOLE SOI ARKO DHOLE KHOI ( RAJESH PAYAL RAI )

Read more...

किरात राई भाषाहरू र साहित्यको वर्तमान अवस्था

गणेश राई र पदम राई
'यस संसारमा बााच्नका लागि हामीले अवश्य नै सेतो -गोराहरूको भाषा) भाषा जान्नु पर्दछ तर सधैंसधैं बााच्नका लागि हामीले हाम्रै भाषा जान्नु पर्दछ ।'
- डारिल बेब विल्सन
संविधान र अन्तर्राष्ट्रिय दस्तावेजमा भाषा
नेपालको अन्तरिम संविधान, २०६३ को भाग ३ को मौलिक हकको शिक्षा तथा संस्कृतिसम्बन्धी हक धारा १७.१ मा लेखिएको छ- 'प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भए बमोजिम आˆनो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ ।' यसैगरी धारा १७.३ मा 'नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई आˆनो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्वर्द्धन गर्ने हक हुनेछ ।' धारा ४.१ मा भनिएको छ- 'नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् ।'
आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र- २००७ धारा १३.१ मा 'आदिवासी जनजातिहरूसाग उनीहरूको आˆनो इतिहास, भाषा, मौखिक परम्परा, दर्शन, लेखनप्रणाली तथा साहित्यहरू पुनर्जीवित गर्ने, प्रयोग गर्ने तथा भावी पुस्तालाई हस्तान्तरण गर्ने तथा समुदाय, स्थान र व्यक्तिहरूको आफ्नै नाम राख्ने र तिनलाई कायम राख्ने अधिकार छ ।' आदिवासी जनजातिहरूसाग पठनपाठनको आˆनो सांस्कृतिक पद्धतिहरूसाग उपयुक्त हुने गरी आफ्नै भाषामा शिक्षा उपलब्ध गराउने आˆनो शिक्षण प्रणाली र संस्थाहरूको स्थापना तथा तिनमाथि नियन्त्रण गर्ने अधिकार छ ।'
नेपाल सरकारले अनुमोदन गरिसकेको अन्तर्राष्ट्रिय श्रम संगठन -आईएलओ) महासन्धि- १६९ को धारा २७.१ मा आदिवासी जनताका लागि उनीहरूकै विशेष आवश्यकतालाई सम्बोधन गर्न उनीहरूकै सहयोगमा शैक्षिक कार्यक्रम र सेवाहरू विकसित एवम् कार्यान्वित गरिने छन् र यसका साथै उनीहरूका इतिहासहरू, ज्ञान र प्रविधिहरू, उनीहरूका मूल्य, प्रणालीहरू र उनीहरूका सामाजिक, आर्थिक र सांस्कृतिक आकांक्षाहरूलाई पनि समावेश गरिने छ ।
संस्थागत संरचना र विकास
मातृभाषा र संस्कृति जातीय पहिचानको मूल आधार हो । नेपालको परिवेशमा तत्कालीन राज्य व्यवस्था तथा शासक जातिले विविधतालाई जहिले पनि थिचोमिचोमा राखे । पृथ्वीनारायण शाहले नेपाल एकीकरणसागै 'चार वर्ण छत्तीस जातको फूलबारी'को संज्ञा दिए । संज्ञासागै एकात्मक हिन्दूवादी राज्यसत्ताको जगलाई बलियो पारे । त्यसयताका शासकले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुकलाई 'एक भाषा, एक धर्म' नीतिअनुसार अघि बढाए ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि निर्मित नेपाल अधिराज्यको संविधान, २०४७ ले 'बहुधार्मिक' बाहेक अन्य विषयलाई सहज बनायो । जसले गर्दा मुलुकका जातजाति, भाषाभाषीहरू आफ्नो पहिचानलाई उजागर गर्न आ-आˆना संस्थाहरू खोलेर संगठित हुन थाले । संविधानले खस-नेपाली भाषालाई 'राष्ट्रभाषा' र मुलुकमा बोलिने अन्य भाषालाई 'राष्ट्रियभाषा' भनेर परिभाषित गर्‍यो । तर भाषा संरक्षण नीति नबन्दा राष्ट्रिय भाषाहरूको प्रवर्द्धन हुन सकेन । यद्यपि प्रतिकुलताको बाबझुद पनि संगठन विस्तारसागै आफ्नो भाषा, साहित्य, संस्कृति, इतिहासको खोजी, संरक्षण गर्ने क्रम अघि बढ्यो ।
त्यही क्रममा किरात राई जातिभित्र पनि भाषिकरूपमा संगठित हुने क्रम बढ्यो । फलस्वरुप विभिन्न जातीय संस्थाहरू खोलिएका छन् । आ-आˆनो मौलिक परम्पराको संरक्षण, मातृभाषा, साहित्यको विकासका निम्ति यी संस्थाहरू जन्माइएका हुन् । ती संस्थाहरू समाजमा जातीय मौलिक पहिचानलाई संस्थागतरूपमै बचाउन कम्मर कसेका छन् । मातृभाषा लेखन, साहित्य सृजना, लोकसंस्कृति, लोकवार्तालाई दस्तावेजीकरण गर्ने काम गर्दै आएका छन् ।

किरात राई यायोक्खा
बहुभाषिक किरात राई जातिÙ जो नेपाल र विश्वभरि छरिएर रहेका छन्, उनीहरूको साझा संस्था किरात राई यायोक्खा हो । यो संस्था वि.सं. २०४५ साल साउन २२ गते -तदानुसार सन् १९८८ अगस्ट ६) शनिबारका दिन 'किरात राई सांस्कृतिक संघ'को नाममा स्थापना भएको थियो । त्यसपछि विधिवतरूपमा २०४७ सालमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट 'किरात राई यायोक्खा' भनेर दर्ताप्राप्त गर्‍यो । किरात जातिको गौरवशाली इतिहासप्रति गर्व गर्दै जातीय एकता कायम गर्न, भाषा, संस्कृति, संस्कार संरक्षण, संवर्द्धन र अस्तित्व जोगाउनु यो संस्थाको मूल उद्देश्य रहेको छ । सामूहिक पहिचान र एकताको सवाललाई लिएर यायोक्खाले देश संघीयतामा जाादा 'किरात स्वायत्त राज्य' बन्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

किराती राई जाति र उनीहरूका भाषाहरू
नेपालको पूर्वी पहाडी भेगमा बोलिने किराती भाषाहरू भोट-बर्मेली भाषिक परिवार अन्तर्गत पर्दछन् । मूलतः किराती भाषाहरू भन्नाले राई, लिम्बू, याक्खा र कोाइच -सुनुवार) भन्ने बुझिन्छ ।
सन् २००१ को जनगणनाअनुसार किरात राई जातिको जनसंख्या ६ लाख ३५ हजार १ सय ५१ जना रहेको छ । सोही जनगणनाले २२ वटा किरात राई भाषाहरूलाई मात्र पहिचान गरेको छ ।
वि.सं. २०४८ मा दमकमा आयोजना गरिएको किरात राई भाषासम्बन्धी एक कार्यक्रममा डा. नोवल किशोर राईले 'राई भाषाहरूको विकास जमर्को' कार्यपत्र प्रस्तुत गर्दा पहिलोपटक 'राईहरू २८ वटा भाषाहरू बोल्छन्' भनी उल्लेख गर्नुभएको थियो । उक्त कार्यक्रममा राई भाषाहरूलाई केही राई समुदायबाटै भाषा 'एकीकरण' गर्ने घातक काम पनि गर्न खोजिएको थियो तर भाषाविद्हरूको सुझ्बुझ्का कारण त्यो असफल भयो । त्यसै बेलादेखि नै किरात राई यायोक्खाले 'किरात राई भाषाहरू २८ भन्दा बढी जीवित रहेका छन्' भन्दै आएको छ ।
किरात राई जाति भन्नाले 'जाति एक भाषा अनेक' जातिका रूपमा चिनिएका छन् । समाजशास्त्रीय दृष्ट्रिकोणले किरात राईहरूलाई 'महाजाति'को रूपमा पनि चित्रण गर्ने गरिएको छ ।
किरात राई भाषाहरू अन्तर्गत १. आठपहरिया -आठपरे), २. कुलुङ, ३. कोयु/कोयी, ४. खालिङ, ५. चाम्लिङ -रोदुङ), ६. छिलिङ -छुलुङ), ७. छिन्ताङ, ८. जेरो/जेरुङ, ९. तिलुङ, १०. थुलुङ, ११. दुमि     -रडु), १२. दुङमाली, १३. नाछिरिङ, १४. पुमा -रकोङ), १५. बान्तावा -किरावा), १६. बाहिङ -बायुङ), १७. नेवाहाङ -बुङ्लावा/साम?), १८. बेलहारे, १९. मेवाहाङ, २०. मुगाली, २१. याम्फु/याम्फे, २२. लोहोरुङ, २३. वाम्बुले र २४. साम्पाङ छन् । यसरी जसले जे जति संख्या भने पनि भाषावैज्ञानिकको दृष्ट्रिकोण र स्थलगत अध्ययनबाट त्यो संख्या २४ को हाराहारीमा रहेको छ ।

लिपिको प्रयोग
भाषाविद्हरूका अनुसार लिपिभन्दा भाषा बढी महत्त्वपूर्ण भएकोले हाललाई देवनागरी लिपिको प्रयोग नै व्यवहारिक हुने देखिएकाले सोहीअनुरुप किरात राई भाषाहरू देवनागरी लिपिमा नै लेखिदै आएका छन् ।
लिम्बू भाषामा प्रयोग हुने 'सिरिजंगा लिपि' किरात राई समुदायमा समेत चल्तीमा रहेको छ । यसलाई किरात-लिपि पनि भन्ने गरिन्छ ।
यसलाई आधिकारिकरूपमा प्रयोगको सन्दर्भमा किरात राई यायोक्खाले समेत त्यही लिपिलाई प्रचलनमा ल्याउने भनेको छ । देश-विदेशमा रहेका किरात राईहरूले त्यही किरात लिपिलाई अभ्यास गर्दै आएका छन् । २०६७ देखि वाम्बुले राई भाषामा सिरिजंगा लिपिलाई 'किरात-वाम्बुले' नामाकरण गरी प्रचलनमा ल्याउने अभ्यास भएको पाइन्छ । उक्त भाषाको विशेषताअनुकूल केही लिपि परिमार्जन गरिएको छ ।
तर, सिरिजंगा लिपिलाई एकथरी लिम्बू जातिले संरक्षण तथा संवर्द्धन गर्दै आएको र यसको स्वामित्व लिम्बूमै निहित रहने दावी गर्दै आएका छन् । लिपिको विषयमा दार्जिलिङ र सिक्किममा रहेका किरात राई र किरात लिम्बूबीच मतभेदका कारण 'कृपा सल्याण लिपि' प्रचलनमा ल्याएको पाइन्छ । कृपा सल्याण राईले लिपिको प्रतिपादन गरेको हुादा यसलाई 'कृपा सल्याण लिपि' भनेर उल्लेख गरिएको हो । यसैलाई राई भाषाहरूको लेखन हुने विषयमा दुईमत नरहने किरात खम्बू राई सांस्कृतिक संस्थान दार्जीलिङले एक कार्यपत्रमा उल्लेख गरेको छ । सिक्किममा हाल 'राई लिपि'को नामबाट पाठ्यपुस्तकहरूको विकास भएको पाइन्छ ।

किरात राई भाषाहरूको थातथलो
किरात राई भाषाहरूको फैलावट नेपालको पूर्वी पहाडी जिल्लाहरूमा रहेको छ । उनीहरूको ओखलढुंगा, उदयपुर, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, सुनसरी, मोरङ, झापा, तेह्रथुम, इलाम, पााचथरसम्म परम्परागत मुख्य थातथलोका रूपमा रहेका छन् । यसैगरी भारतको दार्जीलिङ, सिक्किम, आसाम आदि ठाउाहरूमा राई भाषाहरू बोलिन्छन् । बसाइाको हिसाबले देशको सबै जिल्लाहरूमा किरात राईहरूको बसोबास रहेको जनगणना २००१ ले देखाएको छ ।

भाषिक विशेषता र पहिचान
यी राई भाषाहरूको विशेषता र पहिचानलाई भाषाशास्त्रीहरूले अनुसन्धानको विषय बनाएका छन् । उनीहरूका अनुसार एक मूल जराबाटै यी भाषाहरूको विकास भएको हुन सक्छ Û
भाषावैज्ञानिक दृष्टिकोणबाट भाषाहरूको लेख्य परम्परा सुरु गर्दा ती भाषाहरूको वर्ण निर्धारण पहिलो पाइला हो । किरात राई भाषाहरूअन्तर्गत सन् २०१०/११ मा लोहोरुङ र दुङमाली भाषाका वर्ण निर्धारण 'आदिवासी जनजाति उत्थान प्रतिष्ठान'को सहयोगमा भाषाविद्हरूले गरिदिएका छन् । प्रा. डा. माधवप्रसाद पोखरेलको नेतृत्वमा किरात राई भाषाहरूको मात्र हैन, नेपालका धेरै भाषाहरू -५० को हाराहारी)को वर्ण निर्धारण भएका छन् । अझै केही किरात राई भाषाहरूको वर्ण निर्धारण हुनै बााकी छ । कतिपय किरात राई भाषाहरू वर्ण निर्धारणै नगरी लेख्न सुरु गरेका छन् । यसले गर्दा ती भाषाहरूमा खस नेपाली भाषाको प्रभाव बढी पर्ने सम्भावना देखिन्छ ।

अध्ययन, अनुसन्धान र लेखनकार्य
किरात भाषाहरूको अध्ययन, अनुसन्धान कार्य विदेशी विद्धानहरूबाट नै सुरुआत भएको हो । हट्सनले सन् १८११ मा भारतमा भएको लिङ्गुइस्टिक सर्भेको भाग ३ मा राई भाषाहरूको बारेमा उल्लेख गरेका छन् ।
वार्नर विन्टर -राईज् अफ इस्टर्न नेपाल), क्याम्पबेल, ब्रायन हटन हज्सन, जोर्ज भ्यान डि्रअम -किराती भाषाहरू र दुमि), सुएयोशी तोबा/इन्गि्रड तोबा -खालिङ), प्रो. करेन एर्बट -आठपहरे), प्रा.डा. जर्ज मान्दि्र, जोन एपिली र क्वाङजु छो -बान्तावा), डा. माउरिन बि. लि -बाहिङ) आदि विद्धानहरूले किरात राई भाषाहरूमा अध्ययन अनुसन्धान गरेका छन्, गरिरहेका छन् ।
ती विदेशी अनुसन्धाताहरूले विभिन्न किरात राई भाषाहरूको शब्दसंग्रह, शब्दकोश, व्याकरण पुस्तक निर्माण गरिदिएका छन् । यसैगरी संस्कृति, परम्पराबारे पुस्ताकार कृति प्रकाशित गरेको पाइन्छ ।

किरात राई भाषाको पहिलो कृति
किरात राई मातृभाषाका निम्ति पहिलो लेखन थुलुङ भाषामा भएको हो । दार्जीलिङबाट अगमसिंह देउसा राईले लेखेको 'आशलच्छी शिक्षा' सन् १९४४ मा प्रकाशन गरेका हुन् । यो नै थुलुङ राई भाषाको पहिलो शब्दसंग्रह तथा व्याकरण पुस्तक हो ।
पछिल्लो दशकमा किरात राई भाषाहरू स्वभाषी व्यक्ति र संस्थाहरूको पहलमा शब्दकोश, शब्दसंग्रह, व्याकरण निर्माण गर्ने क्रम बढेको छ । विदेशीबाट भएका अनुसन्धान तथा प्रकाशनलाई स्वभाषीहरूका निम्ति व्यवहारिक बन्न सकेका छैनन् । बान्तावा, चाम्लिङ, आठपहरिया, खालिङ, मेवाहाङ, वाम्बुले, पुमा, साम्पाङ, याम्फु भाषीहरूले शब्दकोश, शब्दसङ्ग्रह र व्याकरणहरू निर्माण गरिसकेका छन् । दुमि, कोयी, बाहिङ लगायत राई भाषाहरूको शब्दकोश निर्माणको क्रममा रहेका छन् ।

पत्रपत्रिका प्रकाशन
प्रकाशनको माध्यमले कुनै पनि भाषाको अवस्थाबारे बुझ्न सकिन्छ । मुख्यतः भाषा बोलीचाली र लेख्य परम्परामा बााच्छ । अधिकांश किरात राई भाषाहरू बोलीचालीमा मात्र छन् । प्रकाशन आरम्भको इतिहास वि.सं. २०३० को दशकमा मातृभाषा संरक्षण र विकास सुरु भएको मानिन्छ । घल राईको सम्पादनमा 'कोङ्पी' पत्रिका छापिन सुरु भएको थियो । तिलक चाम्लिङ, टंकबहादुर राईको सम्पादनमा 'पारुहाङ' नामक पत्रिका प्रकाशन आरम्भ गरिएको थियो । उक्त पत्रिकाहरूमा खस नेपाली र किरात राई मातृभाषाहरू समावेश गरी प्रकाशन गरिन्थे ।
२०४७ को संविधानले दिएको अधिकारलाई टेकेर किरात राई मातृभाषाहरूमा साहित्य विकास, संस्कार, संस्कृति र अधिकारका विषयलाई लिएर विभिन्न पत्रपत्रिका प्रकाशन भएको पाइन्छ । त्यसमध्ये २०५० सालदेखि निरन्तर -१८ वर्षदेखि हालसम्म) प्रकाशित 'लिब्जु-भुम्जु' पत्रिका हो । मुख्यतः वाम्बुले राई भाषा, साहित्य, संस्कृति विषयलाई प्राथमिकता दिएको यो त्रैमासिक पत्रिका ४५ अंक प्रकाशित भइसकेको छ । यो भाषाको अर्को सहप्रकाशन 'कावा' पनि हो ।
त्यसैगरी २०६१ सालमा प्रकाशन आरम्भ गरिएको बान्तावा राई भाषामा प्रकाशित पत्रिका 'बुङ्वाखा' मासिक हो । नियमितरूपमा प्रकाशित यो पत्रिका किरात राई भाषाहरूमा 'हिरक अंक' -७५औं अंक) प्रकाशन गर्ने पहिलो पत्रिका भएको छ । यो भाषाकै 'किरावाबुङ', 'सायाबुङ'जस्ता पत्रिकाहरू ३-३ अंक प्रकाशन भएपछि बन्द अवस्थामा छन् ।
चाम्लिङ भाषाको मि पाक्षिक -२०५०), रोदुङ वाषिर्क -२०५४), चाम्लिङ ला शाखाम खाम्बातिम बुलेटिन -२०६३), किरात राई चाम्लिङ बुलेटिन, चाम्लिङ अर्धवाषिर्क -२०६१/०६२) आदि पत्रिकाहरू प्रकाशित छन् ।
यसैगरी थुलुङ भाषा- 'दोदिखाम', कोयु/कोयी- 'सोदेल', खालिङ- 'सुन्म्यसङ', बाहिङ- 'बाहिङ आवाज', पुमा- 'बुङ्वाफोप', दुमि- 'इसिलिम' लोहोरुङ- 'माङसुक', कुलुङ- 'सुक्तूम्' र 'छेइलम' लगायत पत्रपत्रिकाहरू प्रकाशित छन् । किरात राई यायोक्खाबाट 'यायोक' नामक पत्रिका पहिलोपटक प्रकाशित भएको थियो । उक्त संस्थाको मुखपत्र 'निप्सुङ' हाल चौमासिकरूपमा प्रकाशित भइरहेको छ ।
गोरखापत्र दैनिकले २०६४ असोज १ गतेबाट सुरु गरेको 'नयाा नेपाल' किरात राई भाषा पृष्ठमा विभिन्न राई भाषाहरू पुस्तकहरूको प्रकाशनमा आंशिक सहयोग गर्दै आइरहेको छ । यसैसाल -२०६७/०६८) मात्र बान्तावा मा साहित्य, संस्कृति, समाचारमूलक सामग्रीहरू छापिदै आएका छन् ।

साहित्यिक प्रकाशन
नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित 'सयपत्री' बहुभाषिक पत्रिकाको विभिन्न अंकमा विभिन्न राई भाषाहरूका साहित्य र संस्कृतिमूलक सामग्री अनुवादसहित लेखहरू छापिएका छन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले वर्षेनी कुनै न कुनै किरात राई भाषाहरूको साहित्यिक भाषाको ७ -गजलसङ्ग्रह ३, कवितासङ्ग्रह २, गीतिसङ्ग्रह १, उखानटुक्का १) वटा कृतिहरू प्रकाशित भएका छन् । वाम्बुले भाषामा दुईवटा -कवितासङ्ग्रह र कथासङ्ग्रह) र पुमा भाषामा एउटा उपन्यास, चाम्लिङ भाषामा एउटा नाटक सङ्ग्रह, कोयी भाषामा एउटा संस्कृतिमूलक द्धैभाषिक कृति प्रकाशित भएका छन् । दुमि किरात राई फन्सिकिम संस्थाको पहलमा दुमि भाषाको शब्दकोश निर्माणमा पनि प्रतिष्ठानको आंशिक सहयोग प्राप्त छ । मातृभाषा विकासको लागि यसलाई ठूलो फड्कोको रूपमा मान्नुपर्छ ।
चाम्लिङ भाषामा अन्य भाषाभन्दा अधिक साहित्यिक कृतिहरू प्रकाशन भएको भाषाको रूपमा स्थापित भइसकेको छ । यो भाषामा 'सिमछाम' -२०३७)को प्रकाशन भएपछि 'बुङाची' -कवितासङ्ग्रह), सेम्दु -गीतसङ्ग्रह), खोचिलिपा -उपन्यास), रङ्रीमा -खण्काव्य), रोदुङ बोखामा -नाटक) र लालामा -कथासङ्ग्रह) यो भाषाका पहिलो विधागत कृतिहरू हुन् ।
त्यसपछि बान्तावा र वाम्बुले भाषामा अरु भाषाहरूको तुलनामा अलि बढी कामहरू भएका छन् ।
हालसम्म मातृभाषामा साहित्यनिर्माण धेरैजसो रहरले गरिएका छन् । त्यसैले तिनीहरूको स्तरीयता के कति भन्ने कुराको मापन हुन सकेको छैन । निर्माण भएका कृतिहरूको कुनै पनि शैक्षिक प्रतिष्ठानहरूमा अध्ययन, अध्यापन नहुनुले पनि यो अवस्था आएको हो । तर, राज्यको असहयोग र सम्बन्धित भाषीहरूको कम चासोको बाबजुद पनि कृतिहरू तयार हुनु आज आफैमा ठूलो कुरा भएको छ ।

मुन्धुम साहित्य
मुन्धुम -मुन्दुम) किरात राई जातिको मौलिक र अलिखित दर्शन हो । 'प्राचीन्ातम जातिका रुपमा रहेको किरात राई जातिको जीवन र जगतलाई नजिकबाट बुझ्ने, थिति बााध्ने तथा समाज संचालन गर्ने छुट्टै मौलिक मुन्दुम दर्शन रहेको छ ।'
'दोवाङदुम शामकालिङ' -२०५५) बान्तावा भाषाको मुन्धुम, धर्म, संस्कार, कर्मकाण्डको पहिलो पुस्तक हुन सक्छ । कोयु/कोयी भाषामा प्रकाशित 'मुन्धुम' -२०५९) उक्त भाषाको सम्भवत पहिलो मुन्धुम साहित्यिक कृति हो । ख्याल तम्र -खालिङ मुन्धुम) खालिङ भाषाको मुन्धुम प्रकाशन भएको छ । साम्पाङ भाषामा 'मुन्धुम' प्रकाशनको तयारीमा रहेको छ ।

किरात राई भाषाहरूमा विद्यावारिधि -पि.एच.डि.)
सन् १९८५ मा प्रा. नोवल किशोर राईले बान्तावा भाषामा पहिलोपटक पुणे विश्वविद्यालय, भारतबाट विद्यावारिधि हासिल गर्नु भयो । यसले आम किरात राई मातृभाषी समुदायमा एउटा उदाहरणीय कामको सुरुवात भएको महसुस गरे । यस कार्यले गर्दा केही वर्ष यता धेरैजसो किरात राईहरूले त्यही बाटोलाई अनुसरण गर्न कोसिस गरिरहेका छन् ।
त्यस्तै सन् २००९ मा बान्तावा भाषामै नेडरल्याण्डका मारिअस् डोर्नेन्बलले 'अ ग्रामर अफ् बान्तावा' शीर्षकमा विद्यावारिधि हासिल गरेका छन् ।
प्रा. टंक न्यौपानेले आठपहरिया भाषामा विद्यावारिधि हासिल गरेका छन् । सन् २००२ मा क्यार्लिफोनियाको विश्वविद्यालय बेर्केलीबाट थुलुङ भाषाको व्याकरणमा प|mेन्च महिला आइमि लाहाउसोसिस -२००२) ले विद्यावारिधि गरिन् । याम्फूमा रोल्याण्ड रुत्जर्स -जर्मनी)ले उक्त उपाधि हासिल गरेका छन् । सन् २००२ मा वाम्बुले भाषामा जँ रोब्यार ओप्खन्वार्तले विद्यावारिधि हासिल गरेका छन् । साम्पाङ भाषामा रेने हुइस्मन्स -सन् २००६) मा पि.एच.डि. गरेका छन् । बेल्हारे भाषामा जर्मनीका प्रा. बाल्थोजार बिकलले पि.एच.डी. शोध गरेका छन् । कुलुङ भाषामा टोल्स्मा गेरार्डले 'अ ग्रामर अफ् कुलुङ' शीर्षकमा पिएचडी शोधपत्र गरेका छन् ।
विष्णुसिंह राईले चाम्लिङ भाषाको बलम्ता भाषिकामा पि.एच.डी. हासिल गर्ने क्रममा छन् । कैलाशकुमार राईले चाम्लिङ भाषामै पि.एच.डी. शोध गरिरहेका छन् । भविन्द्र राईले चाम्लिङ भाषाको रतन्छा भाषिकामा विद्यावारिधि सुरु गरेका छन् । नारायण शर्माले पुमा भाषामा पिएचडी गर्दैछन् ।
छिन्ताङ भाषामा तिखो डिक्स्माइर -जर्मनी), रोबर्ट सिवस्की -जर्मनी)ले र नेपालका नेत्रप्रसाद पौडेलले छुट्टाछुट्टै पि.एच.डि. सुरु गरेका छन् । दुमि भाषामा सन् २०१० देखि 'अ ग्रामर अफ् दुमि' शीर्षकमा नेत्रमणि दुमिराईले त्रिविबाट विद्यावारिधि सुरु गरेका छन् । कोयु भाषामा सन् २०१० देखि तारामणि कोयु राईले 'अ ग्रामर अफ् कोयी' शीर्षकमा त्रिविबाट विद्यावारिधि सुरु गरेका छन् ।

भाषावैज्ञानिक अनुसन्धान
त्रिभुवन विश्वविद्यालय र जर्मनीको लाइप्चिख विश्वविद्यालयको संयुक्त प्रयासमा -सन् २००४-२००८) 'छिन्ताङ पुमा अभिलेखीकरण परियोजना' -सीपीडीपी) भएको छ । जर्मनीबाट प्रा.डा. बाल्थोजार बिकल, नेपालबाट प्रा.डा. नोवल किशोर राई र सह प्राध्यापक विष्णुसिं राई उक्त कार्यमा सहभागी हुनु भएको थियो । विद्युतीय अभिलेखीकरण -डिजिटल डकुमेन्टेसन) हुन पाउने नेपालका भाषाहरूमध्ये यी दुई पहिलो हुन् ।
सन् २००९ देखि त्रिभुवन विश्वविद्यालय, केन्द्रीय भाषाविज्ञान विभागको अगुवाइ र नेपाल सरकारको आर्थिक सहयोगमा नेपालका भाषाहरूको सर्वेक्षण सुरु भएको छ । र, उक्त सर्वेक्षणमा प्रा.डा. नोवल किशोर राईको नेतृत्वमा 'किराती क्लस्टर' टोलीले स्थलगत अध्ययन अनुसन्धान गरिरहेको छ । त्यो प्रतिवेदनले सही किराती भाषाहरूको पहिचान गर्ला भन्ने आशा गर्न सकिन्छ ।
प्रायः सबै किरात राई भाषाहरूमा संस्थागत, व्यक्तिगत शोधपत्र लेखन र अनुसन्धानहरू भएका छन् ।

किरात राई भाषाहरूको अवस्था
लेख्यपरम्परा भएका किरात राई भाषाहरू -बान्तावा, चाम्लिङ, वाम्बुले, खालिङ, थुलुङ, कुलुङ) होउन् वा लेख्यपरम्परा उन्मुख किरात राई भाषाहरू -नाछिरिङ, मेवाहाङ, साम्पाङ, याम्फु, लोहोरुङ, आठपहरिया) । लोपोन्मुख किरात राई भाषाहरू -कोयु/कोयी, पुमा, जेरुङ/जेरो, तिलुङ, दुमि, बाहिङ, दुङ्माली, छिन्ताङ, बेलहारे, छिलिङ) भनौं वा अति लोपोन्मुख किरात राई भाषाहरू -नेवाहाङ, मुगाली, तिलुङ) । लोप भइसकेका -छुक्वा, पोइङ...आदि) किरात राई भाषाहरूलाई के पुनर्जन्म दिन सकिएला ?

मातृभाषा संरक्षण अभियान
मातृभाषा संरक्षण अभियानका रूपमा वाम्बुले राई समाज, नेपाल -वाम्रास) र लिब्जु-भुम्जु पत्रिका परिवारले २०५५ सालदेखि हरेक वर्ष 'वाम्बुले राई भाषाको कविता गोष्ठी' आयोजना गर्दै आएको छ । ओखलढुंगा र खोटाङको वाम्बुले राईहरूको पुख्यौाली थलोमा हुादैआएको उक्त कविता गोष्ठी पछिल्लोपटक २०६७ कात्तिक १८ गते ओखलढुंगाको उाबु- ४ मा 'वाम्बुले राई भाषाको १२औं यलम्बर स्मृति कविगोष्ठी- २०१०' सम्पन्न भएको छ ।
'बुङ्वाखा' मासिकको आयोजनामा बान्तावा राई भाषाको कविता गोष्ठी हरेक वर्ष हुादै आएको छ । पछिल्लोपटक २०६७ मंसिर २४ गते भोजपुरको घोडेटारमा 'बान्तावा भाषाको छैटौं राष्ट्रिय कविता गोष्ठी' सम्पन्न भएको छ ।
किरात राई भाषाहरूको संरक्षण र विकास अभियानका रूपमा यी दुई भाषाहरूले निरन्तरता पाएका छन् । पुमा भाषा -२०६४ मा एकपटक) लगायत अन्य मातृभाषामा छिटफुट कविता गोष्ठीहरू हुने गरेका छन् ।

मातृभाषाका निम्ति पुरस्कार
मातृभाषाको साहित्य, संस्कृति, संगीतको श्रीवृद्धिमा संलग्न स्रष्टाहरूको योगदानलाई हौसला प्रदान गर्नु अपरिहार्य हुन्छ । त्यसका निम्ति केही पुरस्कारहरू स्थापना गरिएका छन् । किरात राई यायोक्खाअन्तर्गत छत्र-विष्णु राई कृति सम्मान कोष- २०६० र यलम्बर स्मृति कोष- २०६७ पुरस्कारहरू स्थापना भएका छन् ।
त्यसैगरी 'लिब्जु-भुम्जु' पत्रिकाको नाममा स्थापित 'लिब्जु-भुम्जु पुरस्कार' २०५६ सालदेखि हरेक वर्ष प्रदान गरिदै आएको छ । 'बुङ्वाखा' मासिक पत्रिकाले 'बुङ्वाखा सम्मान' २०६५ देखि हरेक वर्ष र 'बुङ्वाखा संगीत पुरस्कार' २०६६ सालदेखि प्रदान गरिदै आएको छ ।

कविता, गीत, गजल
भाषा संरक्षणको सशक्त माध्यम भनेकै कविता, गीत र गजल नै हो । बान्तावा, चाम्लिङ, लोहोरुङ र वाम्बुले आदि भाषामा यी विधाका कृतिहरू आइसकेका छन् ।
किरात राई सांस्कृतिक कलाकार संघले हरेक वर्ष मातृभाषाका गीतहरूको गीति सम्मेलन आयोजना गर्दै आएको छ । संघको पहलमा 'स्यामुना' -२०५५) गीति एल्बम निर्माण भएको छ । उक्त एल्बममा चाम्लिङ, बान्तावा, कुलुङ, थुलुङ र लोहोरुङ भाषाका गीत स्वरवद्ध छन् । बान्तावा, चाम्लिङ, पुमा, वाम्बुले आदि भाषाहरूमा गीति एल्बमहरू निर्माण भएका छन् ।

कथा/लोककथा
आदिवासी पहिचान लोकवार्तामा अडिएको हुन्छ । लोकवार्ता सामाजिक जनजीवनको परम्परा हो । जसलाई लोककथा, लोकजीवन, लोकशैली, लोकगीत, लोकभाका, लोकमान्यता, लोकपरम्परा, लोकगाथा आदि भन्दछौं । किरात जातिको आˆनै लोकपरम्परा, लोककथाहरू रहेका छन् । किरात राई समुदायमा धर्ती, आकाश, रूख-बिरूवा, पानी, जीवजन्तु, मानिसको उत्पत्तिदेखि ढुंगा, माटो सबैको कथाहरू रहेका छन् । मुन्धुम मिथकहरू छन् ।
बान्तावा, चाम्लिङ, दुमि, खालिङ, वाहिङ र वाम्बुले भाषामा आधुनिक र संस्मरण कथाहरू -मातृभाषा केन्द्र नेपालमार्फत) लेखिएका छन् ।

चिठ्ठीलेखन
व्यक्ति-व्यक्तिबीचको सम्बन्ध विस्तार बोलेरमात्र होइन, लेखेर पनि हुने गर्छ । संघसंस्थाहरूबीच लेखेरै व्यवहार गरिन्छ । किरात राई मातृभाषाहरूले चिठीपत्रमा खामिन अवसर भने कमै पाएका छन् । किनभने खस-नेपालीबाहेक मुलुकका अन्य मातृभाषाहरूले सरकारी कामकाजको भाषा बन्न दिइएका छैनन् । व्यक्ति विशेषमा पक्कै पनि चिठीपत्रमार्फत् सम्बाद भएको, भइरहेको अवस्था छ । यद्यपि के कति भन्ने बारे कुनै अनुमान लगाउन सकिन्न । बरु अहिले चिठीपत्रको ठाउामा इन्टरनेट, इमेल, फेसबुकमा मातृभाषाका संवादहरू पर्याप्त मात्रामा भएको पाइन्छन् । कम्तिमा बान्तावा-बान्तावा, चाम्लिङ-चाम्लिङ, वाम्बुले-वाम्बुले लगायत मातृभाषीबीच ती संवादले महत्त्व राख्न सक्छ ।

श्रव्य-दृश्य
किरात राई मातृभाषाहरू श्रव्य माध्यममार्फत् गीति एल्बमहरू उत्पादन भएका पाइएका छन् । गीतलाई मोडलिङसहित श्रव्य र दृश्यका रूपमा उतारिएको रेकर्ड पाइएको छैन । यद्यपि चाम्लिङ भाषामा श्रव्यदृश्यमार्फत एउटा विज्ञापन निर्माण भएको छ । यसैगरी ऐतिहासिक थातथलो, भाषिक, सांस्कृतिक विषय समेटेर वृत्तचित्र निर्माण कार्य बढ्दो छ । अहिलेसम्म बान्तावा भाषामा सांस्कृतिक पहिचानसहितको चलचित्र निर्माण भएको पाइएका छन् । अन्य भाषामा समेत वृत्तचित्र र चलचित्र निर्माण गर्ने क्रम बढेको छ ।

संस्कार-संस्कृति
पितृ र प्रकृतिको पूजा गर्ने किरात जाति आफूलाई 'किरात धर्मावलम्बी' मान्दछन् । किरात धर्मको आधार 'मुन्धुम' हो । तर किरातधर्मलाई विभिन्न धारमा विभाजित भएको पाइन्छ ।
किरात राई जातिमा परम्परादेखि नै बलिपूजा गर्दछन् । माछा, मासु सेवन र मद्यपान गर्दछन् । कुलपितृदेखि सिकारीबेखारीसम्म बलि दिएर पूजा गर्दछन् । उनीहरू अलिखित मुन्धुम श्रुति र स्मृतिका आधारमा वाचन गर्दछन् । जसलाई 'थुथुरीवेद' पनि भन्दछन् । राई समुदायमा कुलपूजारी अर्थात् मुन्धुमीलाई नाक्सो, नाक्छोङ, दोवा, नछो, नोक्सो आदि भन्दछन् । कुल, परिवारमा सहज मृत्युवरण गरेकालाई यिनै मुन्धुमीबाट संस्कार गर्दछन् । यसैगरी असहज मृत्युवरण गरेकालाई धामी, झााक्रीबाट संस्कार्दछन् । यो आदिम संस्कार हो । अधिकांश किरात राईहरू यसलाई मान्दछन् ।
फाल्गुनन्द लिङ्देनबाट प्रतिपादित एउटा धर्म हो, सत्यहाङमा । फाल्गुनन्दले किरात समुदायमा मद्यपान र बलिपूजालाई पन्छाएर सुधार गरेका हुन् । सत्यहाङ्मा अन्ततः किरात धर्म भनेर चर्चिएको छ । पछिल्लो दशकमा यो विशुद्ध धार्मिक समुदायकै रूपमा विकास भएको पाइन्छ । 'किरात धर्म' भनेर दुई समूहमा विभाजित छ- आत्मनन्द र ओमनन्द । उनीहरू सेतो वस्त्रधारण गर्दछन्Ù जो बलिपूजा गर्दैनन् । उनीहरू आफूलाई किरातधर्मी ठान्दछन् । मुन्धुमलाई आफ्नै किसिमले लिखितरूपमा उतारेका छन् । फाल्गुनन्द प्रतिपादित आत्मनन्द समूह हिन्दूधर्म र दर्शनबाट प्रभावित देखिन्छ । ओमनन्द समूह क्रिश्चियन धर्म प्रभावित देखिन्छ । यसबाहेक हिन्दू जोसमनी, कवीर, प्रणामी आदि धर्मको अवलम्बन गरेको देखिन्छ । यिनीहरूले पनि बलिपूजा गर्दैनन् ।

पाठ्यसामग्री
कुनै पनि भाषा र साहित्यको विकासका निम्ति औपचारिक पठनपाठन महत्त्वपूर्ण पक्ष हो । नेपाल सरकारले २०५१ सालदेखि विभिन्न मातृभाषाहरूलाई सञ्चारमा प्राथमिकता दियो । त्यसैगरी मातृभाषामा पठनपाठनको व्यवस्था अघि बढ्यो । २०५६ सालदेखि शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले मातृभाषाको पाठ्यक्रम निर्माण कार्य अघि बढायो । त्यस पंक्तिमा ऐच्छिक एक विषयका रुपमा राई भाषाहरूमध्ये बान्तावा र चाम्लिङ भाषाले पाठ्यपुस्तकहरूको निर्माण भई पूर्वाञ्चलका सम्बन्धित भाषी प्राथमिक विद्यालयहरूमा कक्षा १-५ सम्म पठनपाठन हुादै आएको छ । वि.सं. २०६३ पछि शिक्षा विभागको बहुभाषिक शिक्षाअन्तर्गत आठपहरिया भाषाको पाठ्यपुस्तक निर्माण भई धनकुटामा कक्षा १ र २ को लागि नमुना शिक्षाको रूपमा पठनपाठन सुरु गर्‍यो । मातृभाषा शिक्षकहरूका वृद्धिविकासका लागि बहुभाषिक शिक्षाअन्तर्गत बान्तावा र आठपहरिया भाषाका शिक्षक तालिम सामग्रीहरू निर्माण भएका छन् । पुमा भाषामा निर्माणका लागि कार्य अघि बढिरहेको छ ।
यसबाहेक अनौपचारिक शिक्षा केन्द्रबाट खालिङ भाषाको पाठ्यसामग्री निर्माण भएको छ । यो वर्ष बान्तावा भाषामा सो सामग्री निर्माण भइरहेको छ ।

निचोड
राज्यले राष्ट्रभाषाहरूको संरक्षण तथा संवर्द्धनका निम्ति निर्वाह गर्नु पर्ने भूमिका र दायित्व अर्थात् भाषा नीति निर्माण गर्न नसक्दा संवैधानिक व्यवस्था एउटा कागजी दस्तावेजमात्र बन्न पुगेको छ ।
सबै किरात राई मातृभाषाहरूका संरक्षण, संवर्द्धन र विकासका खातिर अपनाइने विधि एउटै पनि त हुन सक्छ । यसको लागि खााचो छ त केवल आपसी समन्वयको ।
राज्यले खस नेपाली भाषाको लागि करोडौ लगानी गर्ने तर किरात राईलगायत अन्य मातृभाषाहरू त्यो सुविधाबाट बञ्चित भएको अवस्थामा ती मातृभाषाहरूको संरक्षण र विकासको लागि त्यो लगानीको साझेदारी/हिस्सेदारी हुन पाउनुपर्ने आजको सम्पूर्ण मातृभाषीहरूको माग पनि हो ।
कुनै पनि जातिको पहिचान उसको मातृभाषा र संस्कृति हो । पहिचानको संरक्षण गर्ने उद्देश्यले किरात राई मातृभाषाहरूको सामाजिक संगठन निर्माण भएको वर्तमान अवस्थामा यिनै संस्थामार्फत् सम्बन्धित निकायहरूले मातृभाषा तथा साहित्यको श्रीवृद्धि गर्न जरूरी छ । यसको मध्यस्थमा किरात राई यायोक्खा रहनेमा दुई मत छैन ।
युवा भाषाशास्त्री नेत्रमणि दुमिराईको भनाइमा 'विश्वमा एउटा जाति अनेक मातृभाषाको उपमासहित विशिष्ठ पहिचान बोकेको किरात राई भाषाहरू आˆनै मुलुकभित्र चाहिा 'यता मातृभाषीलाई प्यारो उता राज्यलाई घााणो'को अवस्थाबाट गुज्रने क्रममा दिनानुदिन 'एकपछि अर्काे-कालको लर्काे'मा पर्दै गएका छन् ।'
..............................................................................................................

नेपाल प्रज्ञा-प्रतिष्ठान, मातृभाषा साहित्य विभागको आयोजना र
किरात राई यायोक्खाको संयोजनमा भएको कार्यक्रममा प्रस्तुत कार्यपत्र
मिति ः २०६८ जेठ २५, बुधबार -किरात येले संवत् ५०७१, ८ जुन, २०११)
स्थानः नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौं
सन्दर्भ-सामग्री

क) भाषिक पत्रिकाहरू
इसिलिम, दुमि भाषाको अर्धवाषिर्क पत्रिका
बुङ्वाखा, बान्तावा भाषाको मासिक पत्रिका
बुङ्वाफोप, पुमा भाषाको अर्धवाषिर्क पत्रिका
लिब्जु-भुम्जु, वाम्बुले भाषाको त्रैमासिक पत्रिका
सोदेल, कोयी/कोयु भाषाको पत्रिका

ख) अनुसन्धानमूलक पुस्तक र अन्य
रापचा, लाल-श्यााकारेलु. सन् २००८. इन्डो-नेपाल किरााती भाषाहरूः किराातविज्ञान अध्ययन संस्थान, काठमाण्डू, नेपाल.
राई, रामचन्द्र -रुपाबुङ). सं. २०६४/०६६. दोस्रो सं. २०६७. प्राचीन किरातहरूले छाडेका सम्पदाहरू. काठमाडौंः श्रीमती यशोदा खापुङ, तेह्रथुम.
च्बष्, ल्यखभ प्िष्कजयचभ। ज्ञढडछ। ब् म्ष्कअचष्उतष्खभ न्चammबच या द्यबलतबधब। एज।म्। त्जभकष्कस् ग्लष्खभचकष्तथ या एगलभ।
राई, नोवल किशोर. २०६७. दश थर राईः एक चुलाः अनेक कुराः नुलाम, किरात राई विद्यार्थी संघको विशेष मुखपत्र.
मुकारुङ, राजन र चाम्लिङ, भोगीराज. येले वर्ष ५०६८. राई नेपाली भाषाको वर्तमान साहित्यिक अवस्था र समस्याः नेपाल प्रज्ञाप्रतिष्ठानमा प्रस्तुत कार्यपत्र.
राई, तारामणि र अन्य. सन् २०११. मुन्धुमः किरात राई जातिको मौलिक दर्शनः किरात राई अन्तराष्ट्रिय सम्मेलन तथा किरात महोत्सव, काठमाडौं २०११ मा प्रस्तुत कार्यपत्र.

ग) भाषिक साहित्यिक कृतिहरू
किरात राई भाषा तथा साहित्य परिषद दमक, झापा. सं. २०६२. किरात राई भाषाहरूका तुलनात्मक शब्द-संग्रह. काठमाडौंः  किरात राई यायोक्खा.
राई, विष्णु एस र अन्य. सन् २००९. पुमा शब्दकोश तथा व्याकरण, किरात पुमा राई तुप्खाबाङ्खाला, नखिपोट, ललितपुर.
खड्का, अञ्जु र मगर, केशरजंग. सन् २००६. पहाडी बोलीचाली
सं. डा. माउरिन बि ली र ताराहाङ. सन् २००९. बाहिङ वर्णमाला तथा लेखनपद्धतिको परिचयः बाहिङ किरात मुलुखिम, काठमाडौं.
..........ईक्के कथा -हाम्रो कथा)ः बाहिङ किरात मुलुखिम, काठमाडौं.
राई, अविनाथ. २०५७. वाम्बुले राई शब्दकोश, वाम्बुले राई समाज, नेपाल -वाम्रास) केन्द्रीय कार्यालय, ललितपुर नेपाल.
सं. राई, गणेश. २०६४. वाम्बुले राई जाति ः भाषा र संस्कृति, वाम्बुले राई साहित्य प्रकाशन, काठमाडौं.
निप्सुङ, किरात राई यायोक्खाको मुखपत्र.

Read more...

हाम्रो तुवाचुङ राम्रो तुवाचुङ

- सुमाया राई

मेरो वाल्यावस्थामा आमाको अक्सर तयामा-खियामा दिदि-बहिनीको कथा, उनीहरूले तानमा कपडाबनेको कथा, खोक्चिलिपा भाई र तयामा-खियामामाईती चेलीबीचको माया र प्रेमले ओतप्रोत भएकोकथा, उनीहरूको बिछोडको कथा, खोक्चिलिपाले दिनभरीकोसीमा जाल हानी एक मात्र चिप्लो ढुङ्गा प्राप्त गरेकोकथा र उक्त चिल्ल्ाो ढुङ्गा वास्तवमा मायाकी शक्तिकोरूपमा रहेको कथा आदि-आदिलो मेरो बाल मष्तिस्कमाएक प्रकारको रोमाञ्चकता र उत्सुक्ता भरी दिने कामगरिरहन्थ्यो । मेरो बालमस्तिष्कले तयामा-खियामा रखोक्चिलिपाको कथा त्यो स्थान कल्पनामा भए पनिपुग्ने जमर्को गरिरहन्थ्यो । उक्त ठाउँ कस्तो होला -एकपटक उक्त ठाउँमा पुग्न पाए पनि हुन्थ्यो जस्तो विचारलेमलाई उद्वेलित गरिरहन्थ्यो । मेरो बाल मस्तिष्कलेसुनेको कथा र उक्त स्थानमा पुग्नको लागि बुनेकोकल्पना जीवनको झण्डै ४४ वसन्त पार गरिसकेपछिमात्र वास्तविकतामा परिणत हुन सक्यो । अर्थात २०६५सालको माघे संक्रान्तीको दिन म उक्त किरातआदिमभूमी तयामा-खियामा र खोक्चिलिपाको स्थानतुवाचुङ डाँडालाई चुम्न पुगेँ । ख्ाोटाङ जिल्लाकोअर्खौले गा.वि.स एवं सल्ले गा.वि.स. मा पर्ने उक्तआदिमभूमीमा पुग्न पनि एक संयोग थियो । त्यो केभने हामी किरात र्राई यायोक्खाले आरम्भ गरेको"किरात स्वायत्त राज्य" को अभियानमा मेरो नेतृत्वमासोलुदेखि उदयपरसम्मको राजनीतिक-सांस्कृतिकचेतना अभिवृद्धि अभियानको क्रममा सोलु-सल्लेरीदेखिओखलढुङ्गा हुँदै खोटाङ तत्पश्चात् उदयपुर झर्ने क्रममाउक्त समुहमा तत्कालिन उपाध्यक्ष श्री चतुरभक्त र्राई ज्यू,वहाँकी धर्मपत्नी श्रीमति जानका र्राई, दर्ुगा कोयू र्राई,पार्वती र्राई, रविन र्राई, र्राई नविन, भुवन सुप्तिहाङलगायत अन्य थुप्रै कलाकारको टोली समेत दिक्तेलमाकार्यक्रम सकेर उदयपुर जाने क्रममा आदिमभूमीतुवाचुङ डाँडाको प्रथम पटक दर्शन गर्ने र तयामा-खियामाको दोखाम भग्नावशेषको रूपमा रहेको उक्तस्थलको दर्शन गर्ने अवसर प्राप्त भएको थियो ।तत्पश्चात् तुवाचुङ जायजुम संरक्षण समिती र स्थानियतवरबाट आयोजित २०६६ सालको साकेला उभौलीकोमहोत्सवमा सामेल हुने दोस्रो अवसर पनि प्राप्त भएकोथियो । बाल्यकालमा सुनेको कथा र वास्तवमा तुवाचुङडाँडा पुगी सकेपछिको अवस्थालाई जोडेर हर्ेदा मैलेहृदय खोलेर भन्नै पर्दछ कि यदि उक्त स्थल नहेरी परलोकहुन्थेँ भने म आफ्नो जीवनको ठूलो सुखानुभुतिबाटवञ्चित हुने थिएँ । अथवा भनौं मैले ठुलो सम्पत्तिगुमाएको हुने थिएँ । मैले आफुलाई आफ्नो पर्ुखासँगकोमेलबाट वञ्चित भएको पाउने थिएँ ।

तुवाचुङ डाँडाको फेदीदेखि चुच्चोसम्म पुग्दा मनग्गैसमय र श्रम त लाग्यो तर प्रथम पटक उक्त स्थानमापुग्दा मभित्र एक प्रकारको मीठो रोमाञ्चको स्फुरनभयो र हालमा उक्त डाँडामा पुग्न आदिवासी जनजातिउत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा रस्थानिय सहयोगबाट सीँढीको निर्माण भईसकेको छ ।आफ्नो पर्ुखा तयामा-खियामा र खोक्चिलिपाले आवादगरेको स्थानमा पुग्दा आफु गलेको, थाकेको, तर्ीखालेप्याक-प्याक भएको अवस्थालाई चट्टकै बिर्सिएरआनन्दानुभुति गर्दै हाम्रा आदिम पर्ुखाप्रति नतमस्तकहुन करै लाग्यो ।

मैले एक प्रकारको चुम्बकीय शक्तिले आफुलाईआकषिर्त गरेको जस्तो भान गरेकी थिएँ, जुन शक्तिलेहामीलाई मन्त्रमुग्ध पार्न सक्ने क्षमता राख्दछ । उक्तडाँडामा पुगी सकेपछि पर्ुव पश्चिम, उत्तर र दक्षिणजता अवलोकन गर्दा पनि एक प्रकारको आनन्द रस्वअस्तित्वको उच्चतम अनुभुति हुने गर्दछ । उत्तरकोहिमाल आफ्नो छेउमै भएको जस्तो, दक्षिणमा रहेकोपन्थेडाँडा विस्तारै सुसाउँदै कोशीसँग मिलेको जस्तो,पर्ूवमा टेम्केडाँडा र पश्चिममा हलेसी महादेव स्थानकोदर्शन अत्यन्तै नजिकबाट गरिएको जस्तो भान हुनर्ेगर्दछ । उक्त डाँडामाथी पुगीसकेपछिको मेरो आफ्नोअनुभवलाई जति बयान गरे पनि शब्दहरू पुग्दैनन्जस्तो लाग्दछ ।

विगतमा राज्यपक्षको विभेदकारी नीतिले गर्दा रकिरातीहरू मध्ये माझकिरातका किरातहरू माथि नैकिरातीको रूपमा दमनकारी तत्कालिन शासकहरूकोदृष्टिकोणले गर्दा र नेपाललाई "असल हिन्दुस्तान" कोरूपमा स्थापित गर्ने कुटिल नीतिका कारण हाम्रो सभ्यता,साँस्कृतिक धरोहरहरू ओझेलमा पार्दै लगिए ।व्यवस्थापन एवं संरक्षणको अभावमा हाम्रा पुरातात्विकर धार्मिक स्थलहरू नष्ट हुँदै गए । यहि क्रममा तुवाचुङजायजुम डाँडा पनि एक उदाहरणको रूपमा परेको छ ।

तर अब समयले कोल्टे फेरिसकेको छ । अस्तित्वर पहिचानको यस शताब्दीमा किरातीहरूको धार्मिक,साँस्कृतिक एवं पुरातात्विक महत्व बोक्ने उक्त स्थलकोसंरक्षण र सर्म्वर्द्धन गर्ने समय ढीलो भइसके तापनिबितिसकेको छैन । अब हामी सबै मिली हाम्रो आत्मासितगाँसिएको हाम्रा पर्ूखाको निशानीलाई बचाउनु पर्ने जिम्मेवारीकासाथ-साथै विश्वसामु यसलाई उजागर गर्नुपर्ने बेलाआएको छ । यसका लागि पर्याप्त अध्ययन, अनुसन्धानकोआवश्यकता एकातिर उत्तिकै टड्कारो रहेको छ भनेअर्कोतर्फ राज्यलाई पनि यसप्रति जिम्मेवारी बोधगराउन अति आवश्यक रहेको छ ।

माझकिरातको खोटाङ जिल्लामा पर्ने यो धार्मिक,साँस्कृतिक र पुरातात्विक महत्वको स्थानलाई पर्यटनसँगपनि गाँसेर हर्ेर्नुपर्दछ । यस स्थानको महत्वलाई हामीलेबुझयौं र पहल गर्न सक्यौं भने हाम्रो लागि, जिल्लाकालागि र अन्तत देशका लागि यो एक धार्मिक पर्यटन,साँस्कृतिक पर्यटन अध्ययन र पुरातात्विक अध्ययनकालागि प्रख्यातीका साथसाथै आय-आर्जनका लागि एकमहत्वपर्ूण्ा कोशेढुङ्गाको रुपमा सावित हुन सक्दछ ।

तुवाचुङको संरक्षण र पर््रवर्द्धनसँग नितान्त महत्वपर्ूण्ाअर्को पाटो के पनि जोडिन सक्दछ भने विश्वभरी छरिएररहेका हाम्रा सन्तति किरातबन्धुहरू जो आफ्नोपहिचानलाई ठम्याउन नसकी वा भ्रममा परेर अन्यधर्म र संस्कृतिको सिको गरी आफ्नो पहिचानलाईगुमाउँदै जाने अवस्थाबाट केहि हदसम्म जोगाउनसकिन्छ । हाम्रो धार्मिक र साँस्कृतिक आस्थालाई प्रकटगर्ने ठाउँको रुपमा यसलाई विकसित गर्दै लान सकियोभने यसले हामीलाई हाम्रो मौलिकताबाट विचलित हुनेसंभावनालाई कम गर्न सक्दछ । आ-आफ्नो कर्मक्षेत्रजहाँ रहेपनि विश्वभरीका किरातीहरू आफ्नोजीवनकालमा कम्तीमा एकपटक यस महत्वपर्ूण्ा स्थलकोदर्शन गर्नैपर्ने आव्हान पनि यस लेखमार्फत गर्नचाहन्छु ।

भनिन्छ, १२ वर्षछि खोला पनि फर्किन्छ रे,इतिहासले आफुलाई दोहोर्‍याउँछ रे, बिर्सिएको घटनापनि ताजा भएर आउँछ रे आदि । यी कुरामा सत्यताभएरै होला अहिले हामी सम्पर्ूण्ा किरातीहरू विशेषगरीकिरात सभ्यताको धरोहरलाई संरक्षण गर्नतर्फ लागीपरेका छौं, तुवाचुङ जायजुम डाँडालाई राष्ट्रिय,अन्तर्रर्ााट्रय क्षेत्रमा स्थापित गराउनका निम्ति लागीपरेका छौं । त्यसका लागि हामीलाई समय, श्रोत र्रअर्थको पनि त्यत्तिकै आवश्यकता पर्दछ । यसका लागिहामी विश्वभरीका किरात र्राईहरू एक भई लागी पर्नेप्रण गरौं ।

Read more...

मुन्धुमको अर्थ र परिभाषा

मुन्धुमको अर्थ र परिभाषा
राधा राई
मुन्धुम किरात धर्म दर्शनको मुल ग्रन्थ हो । मुन + थुम Ö मुन्धुम, मुन + हल्लनु थुम Ö जीवन यसरी दुइवटा अलौकीक सन्धीबाट बनिएको अति जीवनशाली ग्रन्थको नाम हो । कहि यसलाई मुन +दुम Ö मुन्धुम अर्थात मुन Öहल्लीनु दुम Öजोडिनु भनेर पनि व्याख्या गरेको पाईन्छ । मुन्धुम ईश्वरीय शब्द र ईश्वरीय अश्त्र सस्त्र सबै हो त्यसैले मुन्धुम विना यो लोक देवलोक नर्कलोक र स्वर्गलोक केहि छैन । विश्व ब्रम्हाण्ड साराका सारा ज्ञात अज्ञात सम्पुर्ण ज्ञान सुत्र मुन्धुममा वणिर्त छ । त्यसैले मुन्धुम महाशास्त्र, महाज्ञान, तथा महादर्शन पनि हो । मुन्धुमबाट अविछिन्न अविरल रुपमा देव विद्या, राज विद्या, योग साधाना विद्या आदि प्रवाह भईरहन्छ । तसर्थ मुन्धुमको व्याख्या विश्लेषण गर्नु असम्भव मात्र नभई आवर्णनिय छ भन्दा त्याति फरक नहोला। -यासेली योङहाङ)
किरात शब्द बैदिक कालदेखि नै मुल रुपले प्रयत्त हुदै आएको देखिन्छ । नेपालदेखि समुद्र पर्यन्त शासन गर्ने किरातहरु नै हुन् । कृÖ विक्षेपे धातुबाट किररिती किर ः रुप हुन्छ । यसको अर्थ हो -अवस्करादि ः निक्षेपेस्थान पर्यन्तभुमि । किरमतन्ती Öगच्छन्ती येते किराता । 'कृ' विक्षेपे र 'अत' सातब्य गमने धातुबाट किरात शब्द बनेको छ ।-प्रपन्नाचार्य २०५१ । नेपालको इतिहासमा सवभन्दा लामो समय सम्म शासन गर्ने किरातहरु नै थिए -भण्डारी २०५७) किरातका कैयन वंशजहरु भएपनि कति थिए भन्नेकुराको खोज र गवेशण गर्नु जरुरी छ ।तर अहिले भने राई लिम्बु सुनुवार र याक्खाले मात्र आफुलाई किरात भन्दै आएका छन । भौगोलिक तथा एतिहासीक रुपमा किरातहरु वल्लो किरात , माझ किरात र पल्लो किरात क्षेत्रमा बस्दै आएका एक जातिलाई जनाउदछ । प्राचिनतम जातिका रुपमा रहेको किरात राई जातिको जीवन र जगतलाई नजिकबाट बुझने, थिति बाध्ने तथा समाज संचालन गर्ने छुÝै मौलिक दर्शन रहेको छ । त्यो हो मुन्धुम । त्रिपिटक, वाइवल, वेदवेदान्त र कुरान जतिकै महत्व राख्ने यो दर्शन अरुभन्दा फरक र मौलिक हुनुको कारण यो अझैपनि अनुश्रुतिमै बााचिरहेको छ र ताया, तंका,े नक्षो तथा मुन्धुमीहरुको मुखराविन्दबाट धारा प्रवाह बाचनहुदै आजसम्म निरन्तर अगाडि बढिरहेको छ, साथै मुन्धुमी शब्द भन्दा अर्थात विधिवत रुपमा जे जति मन्त्र उच्चारण हुन्छ त्यो सबै संगीतमय छ । मुन्धुमीहरु - नाक्छो नक्षो ताया तंको ) ले धारा प्रवाह बाचन गर्ने हरेक शब्द संगीतमय छ । बिशेष गरी पूर्वका राईको संस्कार संस्कृतिमा विभिन्न नाक्छोहरुले फलाक्ने -बोल्ने) शब्दका अर्थ भने एउटै भए पनि आ आˆनै भाषामा बोलिएको पाईएको छ । तर आजको भुमण्डलीकरण विज्ञान प्रविधिको तिव्रतर विकासले प्राचिनतम महत्वका विषयहरु लोप हुदै गईरहेका छन । जहासम्म किरात मुन्धुमको प्रश्न छ, यो अलिखित भएको कारण र मुलतः धामी, नाक्छोहरुबाट फलाकिने ९उभचायrmबलअभ०भएकोले र धामीहरुको उत्पतिको ह्रास सागै मुन्धुमको वास्तविक प्रयोगमा नै न्युनिकरण हुदै गएको देखिन्छ । -राई२०६७)
प्रकृतीको पुजन गर्ने विधि एवं धार्मीक सामाजिक संस्कार आदिमा परम्परगत तवरले विकसित हुदै आएको मौलीक कर्मकाण्डीय अनुष्ठान नै मुन्धुम हो । मुन्धुममा ब्रम्हाण्डदेखि मानिसको जीवन पद्धती व्यबहारदेखि पशु चराचुरुङगी प्राकृतीक बनस्पती आदिको सृष्टिदेखी अन्त्यसम्म व्याख्या गरीएको छ । किरातीहरुको धार्मीक संास्कृतीक विधि नाक्छुङ को नेतृत्वमा रहन्छ भने धार्मीक सास्कृतीक कार्यमा मुन्धुम मुखले फलाकीन्छ ।
३.२ मुन्धुमको अन्तरनिहित विषयवस्तु र विशेषताहरु
मुन्धुमको समष्टिगत अध्ययनभित्र वायु, आकाश, पानी, असीना, आगो, सुर्य, चन्द्र, तारा, पृथ्वी, समुन्द्र, वनस्पती, जन्तु, मानव, आत्मा, खोला, नदि, समुद्र आदिको सृष्टि र विकास माङ, रुमुहाङ, पारुहाङ, रुवाबु, रिमेम, नायम, सुम्निमा, तोयामा खियामा, र नक्षोको सहयोगीहरु रिस राग पाप लोभ श्राप आशिर्वाद उपदेश मानिसका जन्मपूर्व र जन्मपछिका हरेक कर्महरु विवाह कर्म मृत्यु अन्नवाली लगाउने काटने भूमिलाई चढाउने सन्तान प्रप्तीका लागि गरीने कर्महरु लगाएत समाजसेवाका लागि गरिेने हरेक मानविय कर्मका विधि पर्दछ ।
मुन्धुमभित्र उपदेश र नैतिक संहिताका प्रसंगहरु पनि उठाइएको पाईन्छ । भीख मागेर खान नहुने , चोरी, ठगी गर्न नहुने , परस्त्री परपुरुष गमन गर्न नहुने लोभ डाह इष्र्या गर्न नहुने, घमण्ड र मानव हत्या गर्न नहुने, दैनिक माङ, पारुहाङ, सुम्निमालाई प्राथना गर्ने, पवित्रवस्तुहरुको रक्षा गर्ने, स्वधर्मको पालना गर्ने, जीवनको केहि समय मानव कल्लयाणको कार्यमा लाग्ने, अर्काको कुभलो नचिताउने, अन्नको सधै जगेर्ना गर्ने, आमा बाबुको सधै सेवा गर्ने, अन्यायमा परेकालाई बचाउने जस्ता कुराहरु पाईन्छ ।
मुन्धुमको आˆनो मौलिक विशेषताहरु रहेका छन । मुन्धुमको विशेषताहरु यस प्रकार छन ।
क) प्रकृति महान् छन् भनी आकाश, चन्द्र सुर्य, धरती, सिमे, भुमे, नदिनाला, धारा, पोखरी, नाग, नगेनी, आगो, जंगल, भिरपहरा, डााडा कााडा आदिलाई पुज्ने पृथ्वीलाई पिता मानी सम्मान गर्ने ।
ख) तिनचुल्हालाई घर दाजुभाई र कुटुम्बको प्रतिनिधित्व मानि सबैसंग सम्मान व्यवहार गर्ने ।
ग) आˆना मृत पुर्खाहरुलाई पितृशक्ति मानि उधौली, उभौलीमा न्वागी पुजा गर्ने ।
घ) शिकारीदेवहरुको पूुजा गरी मानवको आरम्भिक इतिहासको संरक्षण गर्ने ।
ङ) भाला, धनुकाड, तिर, खुर्पा, ढाल जस्ता हातहतियारको प्रयोग गर्ने ।
च) धार्मीक सांस्कृतिक तथा परम्परागत कार्य सम्पन्न गर्न धामी, नक्षो, फेदाङमा को प्रयोग गर्ने ।
छ) धार्मीक संास्कृतिक तथा परम्परागत कार्य सम्पन्न गर्न अदुवा, तितेपाति, केराको पात, चोखो जााड, चोखो रक्सी मर्चा कुखुरा, गोरु आदि पवित्र वस्तुको रुपमा प्रयोग गर्ने ।
ज) साइनोले हुने मात्र विवाह गर्ने । वैवाहिक सम्बन्ध सजातिय कुटुम्बसंग मात्र गर्ने ।
झ) मातृसत्ता र पितृसत्ता दुवैलाई समान मान्ने भएकोले दुवैको सामे या गोत्रो बाट बंश परम्परा चलाउने ।
ञ) विविध कारणले शिर ढलेमा शिर उठाउने व्यवस्था गर्ने ।
३.३ मुन्धुमको महत्व
प्राग युग काल कालन्तर युग युगान्तरको बिकासक्रम प्राणी चेतना भुगोलको परिवर्तन एवं खउठान वैठान आदि मुन्धुममा स्पष्ट बयान छ । मनुष्य वंशमा सेमेटिक जाति भनिएका नस्ल भित्र सिन्तो, ताओ, किरात, कन्ˆयुसियस आलि धर्महरु देखा पर्दै गए । यिनै धर्महरु मध्य किरनत किरात धर्मालम्बीहरुको मुल शास्त्र मुन्धुमले समस्त मानव जाति लाई समष्टिमा सम्बोधन गर्छ ।
कालक्रममा बसाई सराईका क्रममा अनेकन नाम जाति धर्म र भाषामा विभाजित विश्वभरका करिव ६ अरव मानव सागरलाई एउटै परिवार बाट विभाजित हुन भन्ने कुराको मुन्धुमले स्पष्ट दिशावोध गर्दछ । -यासेली योङहाङ)
यति मात्र नभई मुन्धुम पूर्वीय दर्शन र पाश्चात्य दर्शन मानव सभ्यताहरु संग पनि मुन्धुमको त्यति नै तादम्यता रहेको पाईन्छ । चाल्र्स डार्वीनको मानव उत्पत्ति र मानव सभ्यताको बिकाश क्रम मुन्धुममा वणिर्त मानव सभ्यता संग झण्डै हु बहु मिल्न जान्छ । मुन्धुममा बर्णन भए अनुसार लाजिरी ला पोङमा तेम्वे, नाम्जीरी नाम्पोङमा तेम्वे, मेन्छाम्गेन नाम्याप्मी पोङमा तेम्वे, सिङयोक्तेत मुनाखाम तेम्बे नै मानव उत्पत्तिको मुख्य थलो हो । भने उता चाल्र्स डार्वीनले एसीयाको मध्य क्षेत्र नै मानव उत्पत्तिको केन्द हो भनेका छन । यसैगरी मानव विकासक्रमलाई मुन्धुमले मुसोदिन हायुम्वा याप्मी, नेवोदिङ हाबेप्पा याप्मी, सिङदाङगेन थुङदाङवा याप्मी आदि भनेर वर्णन गरेको छ भने पृथ्वीलाई घुमीरहन्छ भन्ने कुरा इक्सादिङ आम्वेकभनी पुकार गर्दछन । यी सामान्य उदाहरणहरु मात्र हेर्दा पनि मुन्धुम विज्ञान सम्मत छ भनी भन्न सकिन्छ । -यासेली योङहाङ)
इतिहास विहिन जीवनले हामीलाई पहिचान विहिन बनाउछ । जीवनको पूर्णताको लागी इतिहास जान्न आवश्यक छ । भुत र वर्तमान बुझन इतिहास पल्टाउनु पर्छ भने इतिहासले भविष्यको गर्भको अनुमान लगाउन सकिन्छ । यति महत्वका इतिहास पनि मुन्धुमको एउटा पाटो हो । दया, जीवन, सुकर्म, सत्य एवं अहिंसा आदिको सार तत्व भनेको धर्म हो । अस्तीत्व ज्ञान र जीवन पहिचान आदिको जड हो धर्म । धर्मको पनि मुल मर्म र आधार हुन्छ । मुन्धुम किरात धर्मको आधार हो । मुन्धुम हामी किरात धर्मालम्बीहरुको मुल आधार त हो नै तथापी सम्पुर्ण मानव र प्राणीहरुको लागि आधार हो जीवन हो भन्दा अत्युत्ती नहोला । यस कारण पनि मुन्धुमको महत्व सम्पुर्ण जीवन जगतका लागि अत्यन्त महान र महत्वपुर्ण छ ।
विभिन्न संस्कार,सस्कृतिमा बोलीने मुन्धुमी मन्त्रहरु
किरात राईहरुको मुन्धुम लेख्य रुपमा नभएका कारण लोप हुदै गईरहेका छन भन्नलाई अप्ठयारो मान्नु पर्दैन । त्यसैले आˆनो भाषा संस्कार संस्कृती बचाउन केहि किराती विद्धानहरु द्धारा लिपीबद्ध गर्न थोरै मात्रामा भए पनि शुरुवात गरेको पाईन्छ । यसै क्रममा भोजपुरका जयप्रकाश मुकारुङ को भनाई अनुसार राई बान्तावाले प्रयोग गर्ने केहि मुन्धुमी मन्त्रहरु यस प्रकार छ ।
जीवन कर्म ः न्वारान ः
ल है आजदेखि त तिम्रो नाम फलानो/फलानी हो है । हिजोसम्म इश्वरका छोरा/छोरी, घामकोछोरा/ छोरी, जुनको छोरा/ छोरी थियौ । तिम्रो आमाको गर्भमा पैदा भई दश महिनासम्म बसेर तिम्रो आमाको कोखबाट जन्मेर -राजपुत्र वा राजपुत्री) कहलियौ है Û आजदेखि तिमी बढने बढालो, लंगालो-फैलिने राजाको सुवास चल्ने -मानव राजपुत्र ,कूल घरनिया राजपुत्री) नै कहलियौ है । शक्तिशाली, साहसी, बुद्धिज्ञानी, बोल्नु, गाउनु, लेख्नु, इतिहासकारी, जान्नेबुझने राजपुत्र, राजपुत्री पो भएर बस्नु । शत्रुबैरी रिसराग गर्ने आाखीडाहीहरु परपर, अघिपछि जतै थिचो परपरै हटोस, पन्सियोस । रापिलो शक्ति, तापिलो शक्ति भइदिनु । अपि्रय घटना, अकाल अल्पायु मृत्यु नहुनु है Û पूरा आयु चिरायु भएर बस्नु है
अन्नाप्रसन ः
पहिलो भात खुवाउदा भन्ने मन्त्र ल है, तिमी -फलाना,फलानी) त बढने बढालु वीरपुत्र, चेलीपुत्री भयौ । त्यसैले त आज यो खाने पदार्थ भात, तिहुन,फलफुलहरुले तिम्रो बल शक्ति आउने बाच्नु बढनु भनेर यो पहिलो खाने पिउने जिजुजिमा -बाजेबोजु) को हात मार्फत सगुनको रुपमा चादिको चम्चाले खानु पिउनु दिदैछौ है ।खाई पिई तिम्रो बल शत्ति आओस । जीउ बढोस । वीरछोरा, साहसी छोरा, बुद्धिज्ञानी हुनु है
छोराको छेवर ः
छोराको पहिलो पटक कपाल खौरदा भन्ने मन्त्र ल है आजदेखि तिमी -फलाना) नवजवान छोरा बढालो छोरा, वीर छोरा भएका छौ । त्यसैले त परापूर्वका विद्धानहरुको मुन्धुममा मामा हरुले पहिलो केश खौरिने चलन जिजुबाजेहरुले गरिल्याएका हुन । त्यसैले गर्दा आज तिम्रो पनि तिम्रो मामाको हात लच्छिनबाट पहिलो पटक केश खौरीदियौ र यो नया दौरा सुरुवाल टोपी जुत्ता लगाई दिएर आशिर्वाद दिदैछौ है । सिद्धिशक्ति, अन्न रुपैयाले भरीपुर्ण होस । ज्ञानबुद्धि, कलाकारिता लेख्नु, पढनु, बोलीबचन भरीपूर्ण होस । छोरीलाई गुन्युचोलीमानयाा लुगा दिएर आशिष दिने मन्त्र ल है तब Û आजदेखि तिमी -फलानी) जवान छोरी, बढेको छोरी, वीर छोरी, इज्जती छोरी, फक्रेकी फुल, छोरीचेली हुर्कियो विवाह गर्न योग्य भएको सन्दर्भमा तिम्रो आमा बाबाले पहिलो नया लुगा, गहना ओढाईदिदै, पहिराईदिदै आशिष दिन्छौ है ।साहसी छोरी, इज्जती छोरी, बुद्धिमानि हुनु । पूरा आयुको चिरायु भएर बस्नु है
विवाह
बेहुली दिदा बोलीने मन्त्र लौ त विर कुटुम्ब हजुर Û मेरो ह्रदयको फुल, फक्रेको फुल, दुखकी छोरी, बढेकी छोरी त कोक्रोमा बस्ने, भात खुवाउनु पर्ने, बाबु आमाले चलन नगराएको, सीप नभएको भन्दा भन्दै बचनले टार्न सकिन, रोक्न सकिन । लौ तब तपाईहरुको मिठो बचनले पक्रनुभयो, मिठो बचनले जित्नुभयो । आजदेखि मेरी छोरीलाई तपाईहरुको साथमा सुम्पदैछु ।
मृत्यु
मृत शरीरलाई माटो दिने मन्त्र लौ तिमी -फलाना, फलानी) को यो तिम्रो सुनौलो घर, रुपौलो घर चिहान घरमा तिम्रो मृतक शरीरलाई श्रदाञ्जली राख्दै छौ । त्यसैले ता यो तीन मुटठी माटो देब्रे हातले दिदैछौ । यो माटोले बल तागत दिएर र यो पृथ्वी जहिलेम्म भत्कदैन बग्दैन तबसम्म तिमी मृतक बसिखानुबाचिखानु है । आजदेखि तिम्रो घर यहाा नै भयो ।
मुन्धुम बाचनमा साङ्गिितक महत्व
किरातीहरुको सामाजिक धार्मीक संस्कार आदि परम्परागत मौलिक कर्मकाण्डीयको अनुष्ठान नै मुन्धुम हो । मुन्धुमको आˆनोछुÝै मौलिक विशेषताहरु रहेको छ । मुन्धुम अहिले सम्म अनुश्रुतिमा नै बाचेको कुरा अगाडि नै अवगत गराइसकेको छु , जुन अहिले सम्म लिखित रुपमा आउन सकेको छैन । यसैगरी मुन्धुम फलाकदा हरेक मुन्धुमी शब्दहरु लयात्मक रहेको छ । यसको साथै लयात्मक मात्र होइन कि अन्य बाजा हरु पनि प्रयोग गर्ने गरीन्छ । किरातीहरु अन्य धर्मालम्बिहरु जस्तै संस्कृतीमा पनि निकै धनी नै देखिन्छ । मानिसको जन्मदेखि मृत्युपर्यन्तसम्म विभिन्न प्रकारको कर्मकाण्डहरु गर्नु जरुरी हुन्छ भने अर्कोतिर विभिन्न चाडपर्वहरु पनि छुÝै प्रकारले मनाउदै आएको पाईन्छ । मुन्धुममा भने बमोजिम आफु भन्दा ठुलालाई आदर सम्मान गर्नु भनीएको हुदा केहि शुभकार्य वा नया काम शुरु गर्नु अघि ठुलाबाट आशिर्वाद लिने गरेको पाइन्छ र हरेक कर्म गर्दा पुर्खा वा नाक्छो द्धारा नै मुन्धुम फलाकिने गरिन्छ । मुन्धुम फलाक्दा के संगीतमय हुन जरुरी छ त ? मुन्धुमी शब्दलाई मात्र बोल्दा हुन्छ कि हुदैन ? भन्ने बिषयमाथि खोज अनुसन्धान गर्दा विभिन्न नाक्छो या पुर्खाहरुको भनाइमा मुन्धुम बाचनमा संगीतमय हुनु नै यसको मुख्य विशेषता रहेको कुरा जानकारी दिईएको पाईन्छ । किरातीहरुको विभिन्न संस्कार संस्कृतीले गर्दा नाक्छोको आˆनो शक्तीको गुरुसंग बल माग्ने कार्य गरेको हुन्छ । विभिन्न ठाउामा &

Read more...

शेर्पालाई हिरासतमा राखेकोमा नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाद्वारा खेद प्रकट

२०६८ असार १२ गते तदानुसार २०११ जुन २६ तारिख गाई काटेको झुठो आरोप लगाई ४ जना आदिवासी जनजाति दाजुभाईहरुलाई बौद्ध प्रहरीले पक्राउ गरी थुनामा राखेको अवस्थामा घटनाको सत्य तथ्य जानकारी लिन गएका आदिवासी जनजाति महासंघ नेपालका केन्द्रिय महासचिव  आङकाजी शेर्पा किसानलाई विना कसुर पक्राउ गरि हिरासतमा राखेकोमा नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको गम्भीर ध्यानाकर्षण भएको छ र गहिरो खेद प्रकट गर्दछ ।
 नेपाल एक बहुजाति , बहुभाषिक , अनि बहुसंस्कृति र परम्पराले भरिपूर्ण देश हो त्यति मात्र नभएर आदिवासीहरुको मात्र डेढ करोड जनसंख्या रहेको देश हो । तर कहि नभएको जात्रा हाँडि गाउँमा भनेझै हाम्रो देशमा एकात्मक केन्द्रिकृत शासन प्रणाली र अहंकारवादी हिन्दु संस्कृति जवरजस्ती लादियो र आदिवासी जनजातिहरुको धर्म, भाषा , संस्कृति  अनि रितिरिवाजमाथि नाङ्गो धावा बोलियो ।
 २०६२।६३ को ऐतिहासिक जनआन्दोलन पश्चात बनेको अन्तरिम संविधानले समेत धर्म निरपेक्ष राज्यको घोषणा गरिसकेको अवस्थामा  धर्म निरपेक्षको  सिद्धान्तसंग बाजिएको मौजुदा कानुनको सहायताले गाई मारेको झुठो आरोप लगाई आदिवासी जनजातिहरुलाई गम्भीर षडयन्त्र गरी दुं:ख दिने, मुद्धा हाल्ने र जेल चलान गर्ने षड्यन्त्र हिन्दुधर्मावलम्वीहरुले  गरेका छन । यस प्रकारको कार्यले  पुन: आदिवासी जनजातिमाथि हिन्दुसंस्कृति लादेर धर्म निरपेक्ष राज्यलाई पुन हिन्दुराज्य घोषणा गर्नै षडयन्त्र भइरहेको  छ ।
तसर्थ आगामी दिनहरुमा यस्ता कायर अनि लज्जास्पद कार्य आदिवासीहरुमाथि  नदोहो-याउन नेफिन द.कोरिया यसै प्रेस विज्ञप्ती मार्फत नेपाल सरकारलाई अपिल गर्दछ । साथै महासचिव आङकाजी शेर्पा किसानलाई विना कसुर पक्राउ गरी गम्भीर भुल गरेकोमा गृहमन्त्रीले नेपाल सरकारको तर्फवाट सम्पुर्ण आदिवासीहरुको  सम्मान गर्दै सार्वजनिक माफी माग्नु पर्दछ ।
अन्तमा सवै जात जातिहरुको धर्म संस्कृति अनि परम्परा र रितिरिवाजहरुको भेदभाव रहित रुपमा सम्मान गरिनु पर्छ ।    
यम श्रीस मगर
महासचिव
नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरिया

Read more...

किरात र्राईहरूको आस्थाको धरोहरः तुवाचुङ जायजुम

कुनै पनि देशको पहिचान त्यस देशको भौगोलिकधरातल, जाति, भाषा, धर्म संस्कृतिले प्रतिनिधित्व गरिरहेकोहुन्छ । किनकी आज पनि कतिपय त्यस्ता देशहरू छन्,जसले नेपाल भनेर नचिने पनि विश्वको सर्वोच्चशिखर सगरमाथाको देश वा एभरेष्ट माउन्टेनको देशभनेर चिन्दछन् । अनि कतिले वीर गोर्खालीहरूको देशभनेर चिन्दछन् । त्यस्तै कतिले गौतम बुद्धको देशभनेर पनि चिन्दछन् । अनि कतिले मन्दिर नै मन्दिरकोदेश भनेर त कसैले विविध जाती, भाषी, धर्म रसंस्कृतिले भरीपर्ूण्ा देशको रूपमा पनि । हो यहाँ जातीतथा क्षेत्रीयताको आधारमा आ-आफ्नै भेषभुषा, भाषार्,धर्म र संस्कृति रहेका जनजातिहरू छन् । तर भौगोलिकविसमता, राजनीतिक विभेद, आर्थिक असमानता रशैक्षिक अवसरको अभावका कारण कतिपय जातिहरूलोपोन्मुख अवस्थामा छन् । आज पनि तिनीहरू अर्धजंगली अवस्थामा छन् । यिनै जातजातिहरू मध्येकाएक आदिवासी जाती हुन् किरात र्राईहरू । किरात र्राईजातिको आफ्नै इतिहास छ, आफ्नै पर्ुखाको विरासत छ ।काठमाडौं उपत्यकामा २९ औं पुस्तासम्म शासनचलाएको किरातहरूको युगिन इतिहास छ । मानवसभ्यताको प्रारम्भिक चरणमा भूमि आवादी गर्दै कृषीक्रान्तीको थालनी गरेको पुर्खौली विरासत छ । कपासखेती गरी धागो बनाई कपडा उत्पादनको थालनी गरेकोतयामा खीयामाको कथा छ । अनि किरातर्राईहरूको दैनिक कृयाकलापका साथै पशुपंक्षीका समेतस्वभाव चित्रण गर्ने मौलिक शैलीको सिली छ । यर्सथ किरातर्राईहरू इतिहास कालखण्डका शासकहरू हुन् ।प्रारम्भिक कृषीकालका आदि पुरूष हुन् । कपडानिर्माणका आविष्कारक हुन् । आफ्नो मौलिक भाषार्,धर्म, संस्कृति अनि रितिरिजाव र संस्कारका र्सजकपनि हुन् ।
इतिहासको कालखण्ड गुज्रने क्रममा थुप्रै शासकहरूएकले अर्कोलाई विस्थापित गर्दै अगाडी बढ्दै रहे । निरंकुशजहानिया राणा शासन, निर्दलिय पञ्चायती व्यवस्थाकोअन्त्यसँगै शाहवंशीय शासन व्यवस्थाको समेत अन्त्यभएको छ । देश आज संघीय गणतन्त्रतर्फ उन्मुख छ ।संविधान निर्माण तथा राज्य पुनःसंरचनाको निमित्तअत्यन्त महत्वपर्ूण्ा विषयमा आइरहेका छन् । जातीयतथा क्षेत्रीयताको आधारमा संघीय राज्य निर्माण हुनेस्थिति देखिँदैन । त्यसैले प्रत्येक जनजातीहरू एकजुटहुँदै संगठित एकताका आवाजहरू बुलन्द गर्दैआन्दोलनका कार्यक्रमहरूलाई त्रि्र बनाउँदै निरन्तरतादिनर्ुपर्दछ । किरात र्राईहरूको प्रसङ्गमा किरातर्राईहरूको एक मात्र आस्था र धरोहरको रूपमा स्थापितकिरात र्राई यायोक्खाले समग्र किरात र्राईहरूको हकअधिकार सुनिश्चितताको लागि प्रचारात्मक तथादवावमूलक कार्यक्रमहरू गर्दै आइरहेको छ । यसआन्दोलनलाई सफल पार्न ९ लाख किरात र्राईहरूआ-आफ्नो क्षेत्रमा शसक्त भएर उठ्नु पर्दछ । तव मात्रकिरात र्राई जातिले खोजिरहेको आत्मनिर्ण्र्ाासहितकोछुट्टै किरात स्वायत्त राज्य प्राप्तीको सम्भावना देखिन्छ ।अफसोचः तर आज वंशाणुगत जातीय पहिचान गर्ननसकेर हो वा व्यक्तिगत स्वार्थले अभ्रि्रेरित भएर भनुँवा व्यक्तिगत महत्वाकाँक्षाले भनुँ आफ्नो रगतको साइनोमेट्न खोज्ने दुस्प्रयास आफ्नै दाजुभाइले गर्न खोज्दासिङ्गो किरात र्राईहरूको ह्रदय मर्माहत बनेको छ ।
आत्मामा ठेस पुगेको छ । विदेशीले छरेको कनिकाकोस्वार्थमा हामी आफैले आफुलाई म अथवा हामी होइनौंभन्ने प्रमाण दिन नसके तापनि होइनौं भनी जिकिर्रगर्न खोजीरहेका पाउँछौं । यसले सिमित व्यक्तिलाईक्षणिक लाभ पुर्‍याए तापनि अन्तत समग्रमा हानी नैपुर्‍याउन सक्छ । साँचो अर्थमा आफ्नो वंशाणुगत जातीयताके हो - धर्म संस्कृति के हो - यदि द्विविधामा छौं भनेखोज तथा अध्ययन-अनुसन्धान गरी पहिचान गर्नु नैविवेकपर्ूण्ा कार्य हुन सक्छ, न कि यथार्थतालाई बुझबचाउँदै सिमित स्वार्थको निम्ती पर्ुखाको इतिहास रविरासतलाई विर्सर्ेेअल्पसंख्यक सिमान्तकृतजनजातिको रूपमा उभ्याउन खोज्ने धृष्टता गर्नु ।समयको अन्तरालसँगै वास्तविकता उजागर भएरआउँछ, त्यतिबेला ज-जसले इतिहासलाई ढाकछोपगर्न खोजे, वास्तविकतालाई बङ्ग्याउन खोजे, वंशाणुगतइतिहासमा कलंकित पात्रको रूपमा चिनिने छन् । तिरस्कृत, घृणित र भाई फुटाउवा व्यक्तिको रूपमा वापङ्तीमा उभिन पुग्ने छन् । त्यसैले सम्पर्ूण्ा किरातर्राईहरू "किरात र्राई यायोक्खा" को झण्डामुनि गोलवद्धहुनुको विकल्प अर्को हुन सक्दैन । किरात र्राई यायोक्खालेआफ्नो स्थापनाकालदेखि नै भाषा, धर्म, संस्कृतिकोप्रचार-प्रसार, जगर्ेना तथा कार्यान्वयनको क्षेत्रमामहत्वपर्ूण्ा भूमिका निभाउँदै आएको छ । यसै सर्न्दर्भमाकिरात र्राई यायोक्खाको दमकमा सम्पन्न छैठौंराष्ट्रिय सम्मेलनबाट सम्पर्ूण्ा किरात र्राईहरूको सभ्यतार साँस्कृतिक धरोहर खोटाङ जिल्ला अर्न्तर्गत हलेसीमहादेवस्थान, अर्खौले, सल्ले र धितुङ गा.वि.स. कोबीचमा अवस्थित तयामा खीयामाले कपडा बुनेकोतानढुङ्गा खोक्चिलिपाको थानको संरक्षण, सर्ंवर्द्धन तथाआवश्यक पर्ूवाधार निर्माणको लागि एक संरक्षण समितिगठन गर्ने निर्ण्र्ााभएको थियो । सोही निर्ण्र्ााुसार किरातर्राई यायोक्खाका केन्द्रीय पदाधिकारीहरू सँग विस्तृतछलफल गरी "किरात उद्गम आदिमभूमि तुवाचुङजायजुम संरक्षण समिति" को नाममा श्री चतुरभक्तर्राई र्-वर्तमान कि.रा.या.के. समिति अध्यक्ष) कोअध्यक्षतामा एक तदर्थ समिति गठन गरी जिल्लाप्रशासन कार्यालय, काठमाडौंमा मिति २०६५/८/१७मा दर्ता भएको छ । उक्त समितिको पहलमा विविधजिल्लामा रहनुभएका किरात र्राई दाजुभाइहरूकोसहयोग तथा उपस्थितिमा २०६५ सालबाट उभौलर्ीपर्व पुजा अर्चना तथा साकेला सिलीका साथ मनाउनसुरू गरियो । त्यसैगरी २०६६ सालको उभौली पर्व खोटाङमहोत्सवको रूपमा सम्पन्न भयो । यस पर्वलाई हरेकवर्षनिरन्तरता दिँदै लगिने छ यतिमा मात्र सिमित रहँदा यसको संरक्षण हुन सक्दैन । यर्सथ तत्काल गर्नुपर्नेकार्यहरू समितिको ब्रुसरमा पनि उल्लेख गरिएको छ ।जसअनुसार जग्गा खरिद गर्नको लागि पहल भइरहेकोछ । संरक्षण समितिको कार्यालय तथा किरात र्राईसंग्रहालयको स्थापना पनि तत्कालै गर्न आवश्यकदेखिन्छ । सो कार्य सम्पन्न गर्न लाखौं परिश्रमी हातहरू,सहयोगी मनहरू र असल विचारहरू भएका किरात र्राईदाजुभाई जुट्नु पर्दछ । पर्ुखाको विरासत, धार्मिक तथासांस्कृतिक संगम तिर्थस्थल एवं सम्पर्ूण्ा किरात र्राईहरूकोआस्थाको धरोहरको रूपमा स्थापित यस आदिमभूमीकोसंरक्षण, सर्ंवर्द्धन र विकासको लागि युवा पुस्ताहरूजागरूक हुनु पर्दछ, सजग अनि सचेत हुनु पर्दछ । यदियसो भएन भने बुढा मरे भाषा सरे भने भै+m हुन सक्छ ।किनकी वावुको बिंडो थाम्ने छोरा भने झैं पर्ुखाको विरासतथाम्ने भावी सन्ततीहरू नै हुन् । अन्त्यमा जसरीमक्का मदिना भन्नासाथ मुस्लिम, जेरूस्लेम भन्नासाथक्रिस्चियन अनि लुम्विनी भन्नासाथ बुद्धिस्टहरूकोधार्मिक स्थल भन्ने बुझिन्छ अर्थात ति स्थानहरूलेमुस्लिम, क्रिस्चियन र बुद्धिस्ट धर्मावलम्वीहरूकोपहिचान दिएको छ, त्यसैगरी सिङ्गो किरात र्राईहरूकोलागि धार्मिक तिर्थस्थल बन्न सकोस् यो भूमी, अनिविश्वमै किरात र्राईहरूको पहिचानको निसाना बन्नसकोस् किरात उद्गम आदिमभूमी तुवाचुङ जायजुम ।
अर्खौले-४, खोटाङ

Read more...

किरात स्वयत्त राज्य कायम हुनुपर्छ

हामी आफ्नोबारे जति जान्दछौं त्यो राज्यले चिन्न, जान्न सकेको छैन। जान्न चाहेको पनि छैन। अढाइ सय वर्षदेखि नेपालका आम आदिवासी जनजाति पिल्सिदै आएका छन्। पिछडिनु आफैंमा पछौटेपन हो तर राज्य सत्ताले नै सुनियोजित ढंगले छेउ पारेको घामजत्तिकै छर्ल195ङ्ध छ।

आज मुलुक राजनैतिक परिवर्तनसँगै लोकतान्त्रिक गणतन्त्र उन्मुख छ। यहाँसम्म आइपुग्न आमनेपालीको साझा भूमिका छ। लोकतान्त्रिक जनआन्दोलनमा आदिवासी जनजातिले आफ्ना मुद्दालाई अघि सारेर समावेशी लोकतन्त्रको निम्ति लड्दै आएका छन्। त्यस अर्थमा किरात राई यायोक्खाको भूमिका यहीँनेर रहेको छ। नेपाल आदिवासी जनजाति महासंघको झण्डामुनि किरात राई यायोक्खाले जुझारु कदम चाल्दैआएको छ।

राजनीतिक परिवर्तनको साथय्.147साथ किरात राई यायोक्खाजस्ता जाति, भाषा, संस्कृति र हक अधिकार प्राप्तिका निम्ति लड्दै आएका सामाजिक संस्थाले अग्रगामी भूमिका निर्वाह गर्दै आएका छन्। सामाजिक संस्थाले राजनीतिक नेतृत्व तथा राजनीतिक दलह194रूसित आफ्ना मुद्दा ध्यानाकर्षण गराउँदै आएको छ। यद्यपि यी संस्था आफैंमा राजनीतिक दलका समानान्तर संस्था होइनन्। सबै खाले राजनीतिक दर्शन, विचार, आस्था बोकेका व्यक्ति यस संस्थामा आवद्ध छन्। जसको जे विचार भएपनि अन्तिम सार भनेको स्वअस्तित्व र पहिचान जोगाउनु हो। जातिको पहिचान भनेकै भाषा र संस्कृति हुन्। यदि भाषा र संस्कृति नजोगिने हो भने बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकको पहिचान गुम्ने छ।

यही अस्तित्वको संरक्षणका निम्ति किरात राई यायोक्खा करिब दुई दशकदेखि निरन्तर लागीपरेको छ। किरात राई आफैंमा बहुभाषाका धनी जाति हुन्। २८ भन्दा बढी किरात राई भाषा छन्। भाषा र मौलिक संस्कृति जोगाउन भाषिक संस्था स्थापना भएका छन्। यिनै भाषिक संस्थाको प्रयासलाई सराहना गर्दै किरात राई यायोक्खा अग्रगामी भूमिका निर्वाह गर्दै आएको छ।

किरात राई यायोक्खा नेपाललगायत विश्वभरिका किरात राई जातिको केन्द्रीय सामाजिक संस्था हो। मुलुकबाहिर ह194ङक194ङ, कतार, बेलायत, अमेरिका, जापानसम्म किरात राई यायोक्खा संस्थागत विस्तार भइसकेका छन्। जातीय पहिचान जोगाउन छँदैछ, किरात एकता र संस्थागत आवाजका निम्ति दहि्रलो कार्य हो भन्ने हामीले ठानेका छौं।
यायोक्खाको छैटौं राष्टि194्रय सम्मेलन २०६३ पुस ८, ९ र १० गते झापाको दमकमा सम्पन्न भएको छ। यो सम्मेलनले संस्थागत 194रूपमा राजनीतिक मुद्दाको उठान गरी य्.166दमक घोषणापत्रय्.147२०६३195154 जारी गरेको छ। घोषणापत्रले य्.166किरात राज्य195154 को माग राज्यसित मागेको छ। य्.166जातीय बसोबासको सघनता, भाषाह194रूको प्रयोगको अवस्था, धार्मिक, सांस्कृतिक समानता, ऐतिहासिक र भौगोलिक अवस्थितिलाई दृष्टिगत गरी नेपालको पूर्वी भूय्.147भागलाई किरात राज्य घोषणा गरिनु पर्दछ195154 भन्ने हाम्रो माग रहेको छ।

किरात स्वायत्त प्रदेशमा किरातह194रूको ऐतिहासिक भूमि, थातथलो, प्राकृतिक स्रोत, साधन, सम्पदा माथि अधिकार कायम हुनुपर्छ। सामाजिक, आर्थिक, प्रशासनिक र केन्द्रीय राजनीतिक नेतृत्वसमेत हाम्रै हुनुपर्छ। आफ्नोबारे आफैंले योजना तर्जुमा गर्नुमात्र नरहेर स्वशासित क्षेत्र, स्थानीयदेखि राष्ट194्रको उपल्लो तहसम्म किरात राईह194रूको अनिवार्य नेतृत्व हुनुपर्छ। सिंगो राष्ट194्र निर्माणको खाका तयार गर्ने निकायमा स्वपहिचानसहितको जातीय प्रतिनिधित्व हुनु पर्छ। आत्मनिर्णयको अधिकार सम्पन्न किरात स्वायत्त राज्य हुनुपर्छ।



किरात राई यायोब्खा

Read more...

कोरियामा साकेला उभौली मनाउने

कोरियामा किरात राई जातीहरुको महान पर्व साकेला उभौली २०११ यहि मे २९ तारिख आईतबारको दिन ओसान स्थित हेप्पी माईग्रेन्ट सेन्टरको पारिसरमा भव्य रुपमा मनाउने तयारी भई रहेको किरात राई यायोक्खा द। कोरियाका अध्यक्ष बागधन राईले जानकारी गराउनु भएको छ ।

यायोक्खाका अध्यक्ष राईले कार्यक्रमलाई अझ रोचक र मनोरन्जनात्म बनाउनको लागी स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतीका साथै स्वादिष्ट परिकारहरुको व्यवस्था गरिएको बताउदै कोरिया स्थित विभिन्न संघ संस्थाका पदाधिकारी तथा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई दिनु हुन हार्दिक अनुरोध गर्नु भएको छ ।

Read more...

kirat

Read more...

अब हुनेछ पर्दाफाश, मात्र चाहिन्छ तपाईँको साथ

अब लुकाउन सक्ने छैनन् कसैले कुनै कुरा किनकि हामी गर्नेछौँ निगरानी
नेपालीलिक्समार्फत् गर्नछौँ हामी पर्दाफास विकृति र विसंगतिविरुद्ध- सप्रमाण।
विकिलिक्सबाट प्रेरित नेपालीलिक्सको सहयोगमा माइसंसारले थाल्नेछ त्यस्ता कुराहरुको पर्दाफास, जसलाई तपाईँहरुबाट लुकाउन खोजिएको छ। किनकि पारदर्शिताले नै समाजलाई जिम्मेवार बनाउन सघाउँछ। सूचना तपाईँको अधिकार हो। त्यही अधिकारका लागि हामी डट्नेछौँ सारा जोखिम मोलेर। त्यसका लागि चाहिनेछ तपाईँको साथ।स्रोतको रक्षा गर्नेछौँ हामी
• सूचना स्रोतको रक्षा गर्नु पत्रकारिताको आधारभूत सिद्धान्त हो। हामी यसलाई अविचलित रुपमा पालना गर्नेछौँ। तपाईँले दिनुहुने कुनै पनि सूचना, कागजात र अन्य प्रमाणलाई हामी गोप्य राख्‍नेछौँ। तपाईँले सामाग्री अपलोड गर्दा हाम्रो सर्भरमा तपाईँको कुनै पनि रेकर्ड रहने छैन। कुनै पनि अवस्थामा हामी सूचनाको स्रोतलाई उजागर गर्नेछैनौँ। तपाईँबाट प्राप्त सूचना, कागजात र प्रमाणलाई हामी पत्रकारिता अध्ययन गरेका पत्रकारहरुको समूहले अध्ययन र विश्लेषण गर्नेछौँ र पत्रकारिताको मूल्य र मान्यताभित्र रहेर समाजलाई आवश्यक ठहर्ने जानकारीलाई समाचार बनाएर माइसंसारमार्फत् पस्कनेछौँ। समाचारसँगै हामी नेपालीलिक्समा ओरिजिनल स्रोत सामाग्री पनि प्रकाशन गर्नछौँ जसबाट पाठकले समाचार र सामाग्री दुवैको विश्लेषण गरी निष्पक्ष धारणा बनाउन सकून्।

पत्रकारिताको नयाँ मोडल
विकिलिक्सले पत्रकारिताको नयाँ मोडल सुरुवात गरेको छ, जसलाई हामी पनि पछ्याउनेछौँ। हामी नाफामुखी मिडिया हैनौँ, हामी विज्ञापनका लागि औद्योगिक घरानामा भर पर्दैनौँ, त्यसैले हामीलाई विज्ञापन रोक्ने धम्की दिएर कसैले सेन्सरसिप लागू गर्न सक्ने छैनन्। सरकार, सार्वजनिक संस्था, निजी कर्पोरेट हाउस जुनसुकै ठाउँका होस्, गैरकानुनी काम- भ्रष्टाचार, दुराचार हामी पर्दाफास गर्नेछौँ।

म कसरी सहयोग गर्न सक्छु त ?
• पारदर्शितामार्फत् समाजलाई जिम्मेवार बनाउने यो लडाइँ तपाईँको सहयोग बिना संभव छैन। तपाईँले आफूलाई प्राप्त सूचना, जसलाई अरुहरु लुकाउन चाहन्छन्, तर तपाईँलाई लाग्छ- यसको पर्दाफास हुनुपर्छ, हामीलाई पठाउन सक्नुहुन्छ। त्यस्ता सूचना ‘यस्तो रे, उस्तो रे’ भनी सुनेको आधारमा नभई तपाईँ आफैलाई थाहा भएको हुनुपर्छ। प्रमाण यसका लागि महत्त्वपूर्ण आधार हो। नेपालीलिक्सले समाचारसहित प्रमाण पनि सार्वजनिक गर्ने लक्ष्य राखेको हुँदा प्रमाण पनि अपलोड गर्ने सुविधा तपाईँलाई दिएको छ। प्रमाण कुनै कागजात (documents), त्यसको scan copy, फोटो, अडियो, भिडियो जुनसुकै स्वरुपमा हुनसक्छ।
• यो अभियानको प्रचार गरी यसलाई व्यापक बनाउन तपाईँ सक्नुहुन्छ। आफूले चिनेजानेकालाई मौखिक वा लिखित रुपमा यसबारे बताएर, सामाजिक सञ्जालका साइटहरु फेसबुक र ट्विटरमा यसबारे अरुलाई बताएर इन्टरनेटको पहुँच भएका सबै समक्ष यो अभियानलाई पुर्‍याउन सक्नुहुन्छ।
• नेपालका सरकारी, निजी, सार्वजनिक संस्थाका कर्मचारीहरुलाई यसको प्रचार गरी विश्वास दिलाउनु पर्‍यो कि केही गलत भइरहेका छन् भने त्यसको प्रमाण यहाँ गोप्य रुपमा पठाउन सकिन्छ। विदेशका कुटनीतिक नियोग र नेपालीहरुको संस्थामा भइरहेका गलत कामको प्रमाण पनि यसरी पठाउन सकिन्छ। यसका लागि तपाईँहरुले प्रचारको भूमिका खेल्नुपर्‍यो।

Read more...

देश लुट्ने ठूला औद्योगिक घराना चिनौँ

अर्थसचिवबाट राजिनामा दिएपछि बिहीवार रामेश्वर खनालले फेसबुकमा एउटा छोटो नोट लेख्नुभयो, बितेका आठ वर्षमा हरेक दिन सत्ता र पैसाका लोभीसँग भेट भयो। त्यसो भए को थिए त ती लोभी? जो पैसा र सत्ताका पछि मात्र दौडिरहेका छन्।

पैसाको लोभका कारण नक्कली भ्याट विल प्रकरणमा संलग्न भएको र त्यसलाई राजनीतिक च्यानलबाट मिलाउन सत्ताका पछि लाग्ने ठूला कर्पोरेटको अति गोप्य सूची फेला परेको छ।
नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तिय अपराध ‘ह्वाइट क्राइम’को सूचीमा नेपालको मल्टिनेशनल कम्पनी भएको स्वघोषणा गर्ने ठूला कर्पोरेट घराना समेत छन्। यो ह्वाइट क्राइममा दुई जना सभासदका कम्पनी समेत मुछिएका छन्, जो उद्योग-व्यवसायीको कोटाबाट समावेशी संविधान बनाउनका लागि संविधानसभामा प्रतिनिधित्व गर्छन्। को को रहेछन् त उनीहरु। विस्तृत जानकारीका लागि भित्र आउनुस्-
आन्तरिक राजस्व विभागले छानविन गरिरहेका ५२ कम्पनीमध्ये ३१ कम्पनीले नक्कली भ्याटबाट राजस्व छलेका छन्। यी ३१ कम्पनीमध्ये २४ वटा कम्पनीले नक्कली भ्याटविलको कारोवार गरेर दुई अर्ब ७० करोड रुपैयाँको भ्याट र आयकर छलेका थिए भने सातवटा कम्पनीले नक्कली निकासीको प्रमाणपत्र पेश गरेर ८९ करोड रुपैयाँको भ्याट फिर्ता लिएका थिए।
नक्कली भ्याट विल प्रकरणमा औद्योगिक घराना चौधरी, गोल्छा, विशाल, शंकर, वरुण डेभलपर्स, भाटभटेनी र चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनीसम्म छन्। नक्कली भ्याट विल प्रकरणमा संविधानसभा सदस्य चौधरी समूहका अध्यक्ष विनोद चौधरी र गोल्छा समूहका दिवाकर गोल्छाका फर्महरु समेत छन्। चौधरीलाई नेपाल कम्युनिष्ट पार्टी एमालेले संविधानसभा सदस्य बनाएको हो भने गोल्छालाई नेपाली काँग्रेसको कोटाबाट मनोनित गरिएको हो।
शंकर समूह
छानविन गरिएका ३१ वटा फर्ममध्ये शंकर समूहको जगदम्बा स्टिलको सबैभन्दा बढी नक्कली भ्याट विल फेला परेको छ। आन्तरिक राजस्व विभाग स्रोतका अनुसार, जगदम्बाको ८० करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ।


पहिले ८० करोडको ३८ प्रतिशत तिरे पुग्थ्यो छानविनपछि ८० करोडको नक्कली विलबाट झण्डै ६० करोड रुपैयाँ कर निर्धारण भएको छ। ८० करोडको १३ प्रतिशत भ्याट, २५ प्रतिशत आयकर र त्यति नै जरिवाना तथा वर्षको १५ प्रतिशतका दरले व्याजसमेत हिसाव गर्दा ८० करोडको ७५ प्रतिशत सरकारलाई तिर्नुपर्दछ, स्रोतले भन्यो। त्यो भनेको ६० करोड रुपैयाँ हो।
भारतबाट ४० वर्ष अघि शुन्य रुपैयाँ लिएर नेपाल आएका शंकरलाल गोल्यानका अहिले डेढ दर्जन उद्योग छन्। डेढ दर्जन उद्योगमध्ये जगदम्बा स्टिल सबैभन्दा ठूलो कम्पनी हो। वर्षमा शंकर समूहले २६ अर्ब रुपैयाँको कारोवार गर्ने दावी गोल्यानले आफ्नो वेबसाइटमा गरेका छन्। ५२ वटा कम्पनीको छानविन सकिएपछि दोस्रो लटमा छानविनका लागि सूची बनाइएका ४८० फर्ममा गोल्यानका अन्य फर्महरु पनि छन्। यसै समूहका पवनकुमार गोल्यान एनएमबी बैंकका अध्यक्ष छन्।
चौधरी ग्रुप
चौधरी समूह अर्न्तगत विनोद चौधरीले नेतृत्व गरिरहेका तीनवटा कम्पनी र अरुण चौधरीले नेतृत्व गरिरहेको एउटा कम्पनीको पनि नक्कली भ्याट विल प्रकरणमा छ। चौधरी समूहको सिजि इम्पेक्स र सिजी इलेक्ट्रोनिक्सबाट छ करोड रुपैयाँ बराबरको नक्कली विल फेला परेको छ। चौधरी समूहकै सिजि फुड पनि नक्कली भ्याट विल प्रकरणमा छ। छानविनको क्रममा अन्तिम चरणमा पुगेका पाँच कम्पनीमध्ये सिजी फुड पनि छ। सिजी फुडबाट पनि करोडौं रुपैयाँका नक्कली भ्याट विल फेला परेका छन्, आन्तरिक राजस्व विभाग स्रोतले जानकारि दियो।
नेपालबाहिर दर्जनौं होटल खोल्ने भनेर चर्चामा आएको चौधरी समूहको सिजि इलेक्ट्रोनिक्स र सिजी इम्पेक्सले नेपालमा एलजी, सिजी कम्पनीका विद्युतीय उपकरणको विक्री गर्दै आएका छन्। उता सिजी फुड भने वाईवाइ चाउचाउको उत्पादन कम्पनी हो।
सभासद् चौधरीका भाई अरुण चौधरीको अरुण इन्टरकन्टिनेन्टलको पनि १६ करोड रुपैयाँको नक्कली भ्याट विल फेला परेको छ। विभागले आड वटा सवारीसाधनको अधिकृत विक्रेताको छानविन गरेको थियो। आठ कम्पनीबाट २० करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ। सबैभन्दा ठूलो अरुण इन्टरकन्टिनेन्टलको हो, विभाग स्रोतले बतायो।
गोल्छा अर्गनाइजेशन
दिवाकर गोल्छाको नेतृत्वमा रहेको गोल्छा समूह अर्न्तगतको हिम इलेक्ट्रोनिक्सको पनि छ करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ। हिम इलेक्ट्रोनिक्सको जिम्मा गोल्छा समूहका उदियमान निर्देशक शेखर गोल्छाको नेतृत्वमा छ।
गतवर्ष गोल्छा समूहकै अर्को फर्म नियोटेरिक पनि राजस्वको अनुसन्धानमा दोषी पाइएको थियो। यही कम्पनीले अग्रिम मिती राखेर भ्याट विल जारी गरेपछि राजस्वले गोल्छा समूहलाई शंकको घेरामा राखेको थियो। यहींबाट आन्तरिक राजस्व विभागले नक्कली भ्याट विलको कारोवार भैरहेको हुनसक्ने अनुमान गरेको थियो। तर पछि पुतलिसडकको एउटा फर्ममा छापा मार्दा दुई सयभन्दा बढी कम्पनीको नक्कली भ्याट विल फेला पारेपछि मंसिरबाट भ्याट छलिसम्वन्धी अहिलेसम्मकै ठूलो अपरेशन सुरु गरिएको थियो।
विशाल समूह
चर्चामा नआउने तर ठूलो व्यवसायिक सञ्जाल भएको विशाल समूहको युनाइटेड डिष्ट्रिव्युटर पनि नक्कली भ्याट विल प्रकरणमा फसेको छ। आन्तरिक राजस्व विभागले छानविनका क्रममा मल्टिनेशनल कम्पनीको सूचीमा राखेको युनाइटेड डिष्ट्रिव्युटरबाट १० करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ।
युनाइटेड डिष्ट्रिव्युटरले भारत लगायत तेस्रो मुलुकबाट सौन्दर्य तथा दैनिक उपभोग्य सामान आयात गरेर थोक विक्री गर्दै आएको छ। राजनीतिक रुपमा अर्थमन्त्रीसँग पहुँच भएको यो समूहले बैंक तथा वित्तिय संस्था, इन्सुरेन्स कम्पनी, ट्रेडिङ हाउस लगायतमा लगानी छ।
विशाल समूहका अध्यक्ष जेपि अग्रवाल एनआईसी बैंकका अध्यक्ष समेत हुन्, समूहका उपाध्यक्ष टिआर अग्रवाल र निर्मल अग्रवाल एनआईसीमा बोर्ड सदस्य छन्। उता यही समूहका उपाध्यक्ष त्रिलोकचन्द्र अग्रवाल भने बैंक अफ एशियाका अध्यक्ष छन् भने अनुज अग्रवाल बोर्ड सदस्य छन्। स्रोतका अनुसार नक्कली भ्याट विल प्रकरणमा छानविनका लागि दोस्रो सूचीका ४८० फर्ममा विशाल समूहका अन्य फर्म पनि छन्।
भाटभटेनी सुपरमार्केट
यही वर्ष छोरीलाई दाइजोमा दिन ‘एअर कार्गो’मा करोडौं रुपैयाँ खर्च गरेर मर्सिडिज वेञ्च कार झिकाएका मिनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी सुपरमार्केट पनि नक्कली भ्याट विल प्रकरणमा फसेको छ। महाराजगञ्ज र भाटभटेनीमा गरी दुईवटा सुपरस्टोर सञ्चालन गरिरहेको भाटभटेनी सुपर मार्केटको आठ करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ।
भाटभटेनीको मुद्धा अहिले छानविनमा बाँकी रहेका पाँचवटा कम्पनीमध्येको एक हो, छिट्टै कर निर्धारण हुन्छ, आन्तरिक राजस्व विभाग स्रोतले जानकारि दियो। भाटभटेनीले पनि नक्कली विलको झण्डै ७५ प्रतिशत रकम तिर्नुपर्दछ, स्रोतले भन्यो। धेरैजसो नक्कली विल मारवाडी समुदायसँग सम्वन्धित उद्योगमा फेला परेको थियो, भाटभटेनीमा कसरी पुगेछ कुन्नी, अनुसन्धानमा संलग्न एक अधिकृतको टिप्पणी थियो।
वरुण डेभलपर्स
गतवर्ष नेपालमा पहिलोपटक फुड चेन केएफसी र पिज्जा हट भित्र्याएर चर्चामा आएको भारतीय लगानीकर्ता रविजैन ताजपुरीयाको कम्पनी आरजे कर्पको फर्म वरुण डेभलपर्स पनि नक्कली भ्याट विल प्रकरणमा छ। यसैको प्यारेन्ट कम्पनी आरजे कर्पले नेपालमा पेप्सीको उत्पादक वरुण वेभरेज र केएफसी पिज्जाहटमा लगानी गरेको छ।
वरुण डेभलपर्सले धापासी काठमाडौंमा पार्कभ्यु होराइजन नामका सुविधासम्पन्न बंगला बनाएर विक्री गरेको छ। एउटै बंगलालाई एक करोड १९ लाखदेखि दुई करोड ५३ लाखसम्म विक्री गर्ने वरुण डेभलपर्सको १५ करोड रुपैयाँको नक्कली भ्याट विल फेला परेको छ। यो कम्पनीका नाममा झण्डै ११ करोड रुपैयाँभन्दा बढी कर निर्धारण गरिएको छ।
चमेलिया जलविद्युत
नक्कली भ्याट विल प्रकरणमा चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी पनि फसेको छ। चमेलिया जलविद्युत आयोजनाको सिभिल निर्माणमा ठेक्का पाएको चाइना गेजुवा वाटर एण्ड पावर गु्रप कम्पनीले भेरिएशन बढाउनका लागि नक्कली विल खरिद गरेको स्रोतले बतायो। झण्डै ६० करोड रुपैयाँको नक्कली भ्याट विल किनेर परियोजनाले भेरिएशन बढाएको थियो। तर खर्चमा देखाउन भ्याट विल किने पनि चमेलियाले भ्याट भने तिरेको छैन।
थापाको यो लेख आजको जनआस्था साप्ताहिकमा प्रकाशित छ।
योजना आयोग दिएर फकाउन खोजिएको थियो
अर्थसचिव रामेश्वर खनालले बजेटमा असहमती भएर मात्र राजिनामा दिएका थिएनन्, उनलाई अर्थसचिवबाट विदा दिने तयारी समेत भएको थियो। अर्थसचिवलाई सरुवा गरेर अरु मन्त्रालयमा लैजाँदा ठूलो दवाव आउने देखिएपछि खनाललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष दिएर फकाउने प्रयास गरिएको थियो।
जुनसुकै मूल्यमा पनि खनाललाई अर्थबाट हटाउनुपर्दछ भन्ने प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष प्रचण्ड र उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको प्रयास थाहा पाएपछि खनालले राजिनामा दिएका थिए। अर्थसचिवबाट राजिनामा दिनु अघिल्लो दिन खनाललाई योजना आयोगको उपाध्यक्ष बनाउने प्रस्ताव अर्थमन्त्री अधिकारीले गरेका थिए। नयाँ सरकार गठनपछि डा. जगदिशचन्द्र पोखरेलले योजना आयोगको उपाध्यक्ष पदबाट राजिनामा दिएका छन्, त्यो पद अहिले खाली छ।
योजना आयोगको उपाध्यक्ष बनाउँदा खनाललाई ‘प्रमोशन’ गरेजस्तो पनि हुने अर्थबाट कालोव्यापारीका लागि काँडा पनि हट्ने बुझाइ सरकारको थियो। यसो हुँदा नक्कली भ्याटको कारोवारबाट देशको दश अर्ब लुट्ने व्यापारीलाई पनि राहात दिन सकिने विश्वास अर्थमन्त्री अधिकारीलाई थियो। त्यसो त खनाल र अर्थमन्त्री अधिकारीवीच सरकारको पुरक बजेटका विषयमा पनि ठूलै मतभिन्नता थियो।
रामेश्वरले मंगलवार राजिनामा दिनु अघिल्लो दिन सोमवार यो विषयमा अधिकारीसँग राम्रै विवाद पनि भएको थियो। सोमवार बिहान ९ बजे अधिकारीले खनाललाई २३ पानाको पुरक बजेट पढ्न दिएका थिए। पुरक बजेटमा अधिकारीले प्रत्येक दलितलाई २५ हजार रुपैयाँ अनुदान दिने प्रस्ताव ल्याएका थिए। अर्थमन्त्रालयमा तथ्याङ्कसँग खेल्ने खनालले तत्काल दलितको जनसंख्या हिसाव गरे। उनले यसरी हिसाव गर्दा ६० अर्ब रुपैयाँ दिनुपर्ने अवस्था देखियो।
अधिकारीले बाख्रा पालनका लागि पनि अनुदान दिने प्रस्ताव पुरक बजेटमा गरेका थिए। त्यसैगरी नेपाल आयल निगमलाई अनुदान दिने प्रस्ताव पनि पुरक बजेटमा थियो। आफ्नो अनुपस्थितीमा बजेट बनेपछि क्षुब्ध भएका खनालल दिउँसो १२ बजेतिर फेरी अर्थमन्त्रीको कार्यकक्षमा गएर भनेका थिए, ‘मन्त्रीज्यु, यसरी वितरणमुखी बजेट बनाउँदा एक सय अर्ब चाहिन्छ, पैसा कहाँबाट जुटाउने। तपाईले यो पुरक बजेट संसदमा पढ्न लाग्नुभयो भने सबै हाँस्छन्।’
त्यसपछि भरतमोहन अधिकारीले खनाललाई तानेर आफ्नो गोप्य कोठामा लगेका थिए। गोप्य कोठामा पुर्‍याएपछि अधिकारीले खनाललाई भनेका थिए, तपाई त मेरो नाता पनि पर्ने मान्छे, यो पुरक बजेट बनाउनुपर्‍यो, मलाई पनि बाध्यता छ, अझ मैले त तपाईलाई कति राम्रो ठाउँमा लैजान खोजेको छु। खनालले त्यतिवेला नै बुझेका थिए, ‘अब त मेरो अर्थबाट विदा हुने भयो भयो।’
खनाल त्यसपछि तीन बजेसम्मै अर्थमन्त्रालयमा काम गरे र ३ बजे मुख्य सचिव माधव घिमिरेकहाँ पुगे। मुख्यसचिव घिमिरेसँग खनालले उर्जा संकटकाल र त्यसका लागि तयार गर्न लागिएको विधेयकका विषयमा कुराकानी गरे। साँझ छ बजेसम्म घिमिरेसँग उर्जाको विकराल समस्या समाधान गर्ने विषयमा छलफल भएको थियो। छलफलका क्रममा घिमिरेले खनाललाई योजनाका आयोगको उपाध्यक्ष बनाउन लागेको संकेत गरेका थिए। त्यतिवेलासम्म एमालेबाट माओवादीमा प्रवेश गरेका अर्थशास्त्री डिल्लीराज खनालले रामेश्वर खनाललाई तीनपटक मिस कल गरिसकेका थिए।
माओवादीका तर्फबाट पुरक बजेट बनाउने जिम्मेवारी पाएका खनालले किन फोन गरेछन् भनेर रामेश्वरले जवाफ फकाउनु अघि नै डिल्लीराजको एसएमएस रामेश्वरलाई आएको थियो। डिल्लीराजले रामेश्वरलाई एसएमएसमा जरुरी र गोप्य काम छ भनेका थिए। रामेश्वरले फोन गरेपछि डिल्लीराजले भनेका थिए, उपप्रधानमन्त्रीले सिएम(प्रचण्ड)सँग तपाईको गुनासो गर्नुभएको छ। तपाईले त भाँडभैलो गर्दै हुनुहुन्छ रे। रामेश्वरले डिल्लीराजलाई पुरक बजेटमा मेरो आपत्ति कहाँ छ र? भनेर प्रश्न गरेका थिए। तत्कालै डिल्लीराजले अर्थमन्त्रीले तपाईलाई बजेटको एउटा ड्राफ्ट दिएका होलान्, त्यो ड्राफ्ट चाहिं असली होइन्, झुक्याउलान है बुढाले। भरतमोहन दुई जिव्रे हुन भन्ने कुरा बुझेका खनालले पाइला पाइलामा अविश्वास भयो, अब त राजिनामा दिनुपर्दछ भन्ने मनस्थिति बनाएका थिए। त्यो दिन खनाल राती घर गए सुते, भोलिपल्ट बिहान सात बजे अर्थमन्त्री अधिकारीले खनाललाई फोन गरेर चाँढै अफिस आउन भने। अधिकारीले सबै मन्त्रीहरुलाई फोन गर्न र सबैलाई अर्थमन्त्रालयमै खाना खुवाउने व्यवस्था मिलाउन पनि भनेका थिए। तर खनालले अधिकारीलाई जवाफ दिए, ‘आजबाट म अफिस आउँदिन।’ राजिनामा दिने खबर सुनेपछि अर्थमन्त्री अधिकारीले खनाललाई फकाएका थिए, अहिले राजिनामा नदिनुस्, बबाल हुने छाँटकाँट देखेको छु, तपाई योजना आयोगको उपाध्यक्षमा जानुस्। तर खनाल दिउँसो अर्थमन्त्रालय आए, उपस्थित सहसचिवसँग विदा मागे भने बाँकी केहीलाई एसएमएस पठाए आजदेखि म आउँदिन।
खनाल अर्थबाट बाहिरिएपछि पाल्पा जानका लागि बस चढेका थिए, उनी वीच बाटोमा पुगेपछि पर्यटकीय स्थल घोडेपानी पुगे। त्यहाँ दुई दिनसम्म आनन्दको जीवन बिताएपछि उनी पवर्त फलेवास पुगेका थिए। पर्वतको कुश्मा पुग्दा खनाललाई विशाल समूहका अशोक अग्रवालले फोन गरेर भनेका थिए, सचिवज्यु मिडियामा मिलाएर बोलिदिनुपर्‍यो, यहाँ बुढा मर्न लागे। यी त्यही अग्रवाल हु्न्, जसको कम्पनी युनाइटेड डिष्ट्रिव्युटर्स अहिले नक्कली भ्याट विल प्रकरणको छानविनमा दोषी पाइएको छ। १० करोड रुपैयाँको नक्कली भ्याट विल फेला परेपछि आन्तरिक राजस्व विभागले अग्रवालको कम्पनीलाई आठ करोड रुपैयाँ राजस्व दाखिला गर्न निर्देशन दिएको छ।
त्यसो त अर्थमन्त्री अधिकारी र खनालवीच शंकर समूहका अध्यक्ष शंकर गोल्यानका विषयमा पनि एक पटक राम्रै घोचपेच भएको थियो। अर्थमन्त्री भएर आएको केही समयपछि अधिकारीले ‘आरती स्ट्रिप’को प्रसङ्ग झिकेर भनेका थिए, त्यो ‘आरती स्ट्रिप’को भ्याट मुद्धामा ‘सफ्ट’ हुनुपर्‍यो। खनाल ‘आरती स्ट्रिप’को प्रसङ्ग आए पछि अचम्ममा परेका थिए, ‘आरती स्ट्रिप’ त भ्याट छलीमा छैन, अरु कुनै कम्पनी होला? भरतमोहन अनकनाए पछि खनालले कतै जगदम्बा त होइन? अधिकारीले सम्झनामा आएजस्तो गरी भने हो, हो, जगदम्बा हो। तत्कालै खनालले भने हामी त जगदम्बाप्रति सफ्ट भएकै हो, त्यो कर कार्यालय नगएर किन हजुरकोमा आएछ? त्यसलाई थुनाईदिउँ हजुर? अर्थसचिव खनालले तत्कालै आन्तरिक राजस्व विभागका सहसचिव राजन खनाललाई फोन गरेजस्तै गरी भने, राजनजी त्यो शंकर गोल्यानलाई ल्याएर तुरुन्तै थुन्नुपर्‍यो, त्यो बयान दिन नआउँदो रहेछ, राजनीतिक लवी गर्दोरहेछ। तत्कालै हडबडाएका अर्थमन्त्री अधिकारीले भने रामेश्वरजी होइन, हाइन, होइन। फोन नै नगरिकन राजन खनाललाई फोन गरेको अभिनय गरेका रामेश्वरले राजनलाई यो कुरा पछि बढो रमाइलो साथ सुनाएका थिए। अधिकारीको अघि यस्तो घटना भएपछि शंकर बयान दिन आन्तरिक राजस्व विभाग पुगेका थिए। जहाँ उन्ले नक्कली भ्याट विल प्रकरणमा संलग्नता स्वीकार गरेका थिए।
त्यसो त त्यसभन्दा केही दिन अघि भरतमोहन अधिकारीसहित एमालेका तीन मन्त्रीले सपथ ग्रहण गरेको तर पदभार ग्रहण नगरेको बेलामा बैंक अफ एशिया तथा समुद्रपार व्यापार संघका पूर्वअध्यक्ष सतिषकुमार मोरकी छोरी श्रुती मोरको जन्मदिनको पार्टीमा मदिरा खाएर झुम्म भएका शंकर गोल्यानले भनेका थिए, १० करोड दिइसकें न त भरतमोहनलाई अर्थमन्त्री बनाउँछन्, न त रामेश्वरलाई नै परिवर्तन गर्छन्। शंकरको कम्पनी जगदम्बा स्टिलल ८० करोडको नक्कली भ्याट विलमा फसेको छ, जहाँबाट ६० करोड रुपैयाँ राजस्व असुल गर्ने निर्णय गरिसकेको छ।

Read more...

  © www.kiratraikorea.blogspot.com Edit by Tanka Sherchan 2012

Back to TOP