SOI DHOLE SOI ARKO DHOLE KHOI ( RAJESH PAYAL RAI )

किरात स्वयत्त राज्य कायम हुनुपर्छ

हामी आफ्नोबारे जति जान्दछौं त्यो राज्यले चिन्न, जान्न सकेको छैन। जान्न चाहेको पनि छैन। अढाइ सय वर्षदेखि नेपालका आम आदिवासी जनजाति पिल्सिदै आएका छन्। पिछडिनु आफैंमा पछौटेपन हो तर राज्य सत्ताले नै सुनियोजित ढंगले छेउ पारेको घामजत्तिकै छर्ल195ङ्ध छ।

आज मुलुक राजनैतिक परिवर्तनसँगै लोकतान्त्रिक गणतन्त्र उन्मुख छ। यहाँसम्म आइपुग्न आमनेपालीको साझा भूमिका छ। लोकतान्त्रिक जनआन्दोलनमा आदिवासी जनजातिले आफ्ना मुद्दालाई अघि सारेर समावेशी लोकतन्त्रको निम्ति लड्दै आएका छन्। त्यस अर्थमा किरात राई यायोक्खाको भूमिका यहीँनेर रहेको छ। नेपाल आदिवासी जनजाति महासंघको झण्डामुनि किरात राई यायोक्खाले जुझारु कदम चाल्दैआएको छ।

राजनीतिक परिवर्तनको साथय्.147साथ किरात राई यायोक्खाजस्ता जाति, भाषा, संस्कृति र हक अधिकार प्राप्तिका निम्ति लड्दै आएका सामाजिक संस्थाले अग्रगामी भूमिका निर्वाह गर्दै आएका छन्। सामाजिक संस्थाले राजनीतिक नेतृत्व तथा राजनीतिक दलह194रूसित आफ्ना मुद्दा ध्यानाकर्षण गराउँदै आएको छ। यद्यपि यी संस्था आफैंमा राजनीतिक दलका समानान्तर संस्था होइनन्। सबै खाले राजनीतिक दर्शन, विचार, आस्था बोकेका व्यक्ति यस संस्थामा आवद्ध छन्। जसको जे विचार भएपनि अन्तिम सार भनेको स्वअस्तित्व र पहिचान जोगाउनु हो। जातिको पहिचान भनेकै भाषा र संस्कृति हुन्। यदि भाषा र संस्कृति नजोगिने हो भने बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकको पहिचान गुम्ने छ।

यही अस्तित्वको संरक्षणका निम्ति किरात राई यायोक्खा करिब दुई दशकदेखि निरन्तर लागीपरेको छ। किरात राई आफैंमा बहुभाषाका धनी जाति हुन्। २८ भन्दा बढी किरात राई भाषा छन्। भाषा र मौलिक संस्कृति जोगाउन भाषिक संस्था स्थापना भएका छन्। यिनै भाषिक संस्थाको प्रयासलाई सराहना गर्दै किरात राई यायोक्खा अग्रगामी भूमिका निर्वाह गर्दै आएको छ।

किरात राई यायोक्खा नेपाललगायत विश्वभरिका किरात राई जातिको केन्द्रीय सामाजिक संस्था हो। मुलुकबाहिर ह194ङक194ङ, कतार, बेलायत, अमेरिका, जापानसम्म किरात राई यायोक्खा संस्थागत विस्तार भइसकेका छन्। जातीय पहिचान जोगाउन छँदैछ, किरात एकता र संस्थागत आवाजका निम्ति दहि्रलो कार्य हो भन्ने हामीले ठानेका छौं।
यायोक्खाको छैटौं राष्टि194्रय सम्मेलन २०६३ पुस ८, ९ र १० गते झापाको दमकमा सम्पन्न भएको छ। यो सम्मेलनले संस्थागत 194रूपमा राजनीतिक मुद्दाको उठान गरी य्.166दमक घोषणापत्रय्.147२०६३195154 जारी गरेको छ। घोषणापत्रले य्.166किरात राज्य195154 को माग राज्यसित मागेको छ। य्.166जातीय बसोबासको सघनता, भाषाह194रूको प्रयोगको अवस्था, धार्मिक, सांस्कृतिक समानता, ऐतिहासिक र भौगोलिक अवस्थितिलाई दृष्टिगत गरी नेपालको पूर्वी भूय्.147भागलाई किरात राज्य घोषणा गरिनु पर्दछ195154 भन्ने हाम्रो माग रहेको छ।

किरात स्वायत्त प्रदेशमा किरातह194रूको ऐतिहासिक भूमि, थातथलो, प्राकृतिक स्रोत, साधन, सम्पदा माथि अधिकार कायम हुनुपर्छ। सामाजिक, आर्थिक, प्रशासनिक र केन्द्रीय राजनीतिक नेतृत्वसमेत हाम्रै हुनुपर्छ। आफ्नोबारे आफैंले योजना तर्जुमा गर्नुमात्र नरहेर स्वशासित क्षेत्र, स्थानीयदेखि राष्ट194्रको उपल्लो तहसम्म किरात राईह194रूको अनिवार्य नेतृत्व हुनुपर्छ। सिंगो राष्ट194्र निर्माणको खाका तयार गर्ने निकायमा स्वपहिचानसहितको जातीय प्रतिनिधित्व हुनु पर्छ। आत्मनिर्णयको अधिकार सम्पन्न किरात स्वायत्त राज्य हुनुपर्छ।



किरात राई यायोब्खा

0 comments:

Post a Comment

  © www.kiratraikorea.blogspot.com Edit by Tanka Sherchan 2012

Back to TOP