SOI DHOLE SOI ARKO DHOLE KHOI ( RAJESH PAYAL RAI )

मुन्धुमको अर्थ र परिभाषा

मुन्धुमको अर्थ र परिभाषा
राधा राई
मुन्धुम किरात धर्म दर्शनको मुल ग्रन्थ हो । मुन + थुम Ö मुन्धुम, मुन + हल्लनु थुम Ö जीवन यसरी दुइवटा अलौकीक सन्धीबाट बनिएको अति जीवनशाली ग्रन्थको नाम हो । कहि यसलाई मुन +दुम Ö मुन्धुम अर्थात मुन Öहल्लीनु दुम Öजोडिनु भनेर पनि व्याख्या गरेको पाईन्छ । मुन्धुम ईश्वरीय शब्द र ईश्वरीय अश्त्र सस्त्र सबै हो त्यसैले मुन्धुम विना यो लोक देवलोक नर्कलोक र स्वर्गलोक केहि छैन । विश्व ब्रम्हाण्ड साराका सारा ज्ञात अज्ञात सम्पुर्ण ज्ञान सुत्र मुन्धुममा वणिर्त छ । त्यसैले मुन्धुम महाशास्त्र, महाज्ञान, तथा महादर्शन पनि हो । मुन्धुमबाट अविछिन्न अविरल रुपमा देव विद्या, राज विद्या, योग साधाना विद्या आदि प्रवाह भईरहन्छ । तसर्थ मुन्धुमको व्याख्या विश्लेषण गर्नु असम्भव मात्र नभई आवर्णनिय छ भन्दा त्याति फरक नहोला। -यासेली योङहाङ)
किरात शब्द बैदिक कालदेखि नै मुल रुपले प्रयत्त हुदै आएको देखिन्छ । नेपालदेखि समुद्र पर्यन्त शासन गर्ने किरातहरु नै हुन् । कृÖ विक्षेपे धातुबाट किररिती किर ः रुप हुन्छ । यसको अर्थ हो -अवस्करादि ः निक्षेपेस्थान पर्यन्तभुमि । किरमतन्ती Öगच्छन्ती येते किराता । 'कृ' विक्षेपे र 'अत' सातब्य गमने धातुबाट किरात शब्द बनेको छ ।-प्रपन्नाचार्य २०५१ । नेपालको इतिहासमा सवभन्दा लामो समय सम्म शासन गर्ने किरातहरु नै थिए -भण्डारी २०५७) किरातका कैयन वंशजहरु भएपनि कति थिए भन्नेकुराको खोज र गवेशण गर्नु जरुरी छ ।तर अहिले भने राई लिम्बु सुनुवार र याक्खाले मात्र आफुलाई किरात भन्दै आएका छन । भौगोलिक तथा एतिहासीक रुपमा किरातहरु वल्लो किरात , माझ किरात र पल्लो किरात क्षेत्रमा बस्दै आएका एक जातिलाई जनाउदछ । प्राचिनतम जातिका रुपमा रहेको किरात राई जातिको जीवन र जगतलाई नजिकबाट बुझने, थिति बाध्ने तथा समाज संचालन गर्ने छुÝै मौलिक दर्शन रहेको छ । त्यो हो मुन्धुम । त्रिपिटक, वाइवल, वेदवेदान्त र कुरान जतिकै महत्व राख्ने यो दर्शन अरुभन्दा फरक र मौलिक हुनुको कारण यो अझैपनि अनुश्रुतिमै बााचिरहेको छ र ताया, तंका,े नक्षो तथा मुन्धुमीहरुको मुखराविन्दबाट धारा प्रवाह बाचनहुदै आजसम्म निरन्तर अगाडि बढिरहेको छ, साथै मुन्धुमी शब्द भन्दा अर्थात विधिवत रुपमा जे जति मन्त्र उच्चारण हुन्छ त्यो सबै संगीतमय छ । मुन्धुमीहरु - नाक्छो नक्षो ताया तंको ) ले धारा प्रवाह बाचन गर्ने हरेक शब्द संगीतमय छ । बिशेष गरी पूर्वका राईको संस्कार संस्कृतिमा विभिन्न नाक्छोहरुले फलाक्ने -बोल्ने) शब्दका अर्थ भने एउटै भए पनि आ आˆनै भाषामा बोलिएको पाईएको छ । तर आजको भुमण्डलीकरण विज्ञान प्रविधिको तिव्रतर विकासले प्राचिनतम महत्वका विषयहरु लोप हुदै गईरहेका छन । जहासम्म किरात मुन्धुमको प्रश्न छ, यो अलिखित भएको कारण र मुलतः धामी, नाक्छोहरुबाट फलाकिने ९उभचायrmबलअभ०भएकोले र धामीहरुको उत्पतिको ह्रास सागै मुन्धुमको वास्तविक प्रयोगमा नै न्युनिकरण हुदै गएको देखिन्छ । -राई२०६७)
प्रकृतीको पुजन गर्ने विधि एवं धार्मीक सामाजिक संस्कार आदिमा परम्परगत तवरले विकसित हुदै आएको मौलीक कर्मकाण्डीय अनुष्ठान नै मुन्धुम हो । मुन्धुममा ब्रम्हाण्डदेखि मानिसको जीवन पद्धती व्यबहारदेखि पशु चराचुरुङगी प्राकृतीक बनस्पती आदिको सृष्टिदेखी अन्त्यसम्म व्याख्या गरीएको छ । किरातीहरुको धार्मीक संास्कृतीक विधि नाक्छुङ को नेतृत्वमा रहन्छ भने धार्मीक सास्कृतीक कार्यमा मुन्धुम मुखले फलाकीन्छ ।
३.२ मुन्धुमको अन्तरनिहित विषयवस्तु र विशेषताहरु
मुन्धुमको समष्टिगत अध्ययनभित्र वायु, आकाश, पानी, असीना, आगो, सुर्य, चन्द्र, तारा, पृथ्वी, समुन्द्र, वनस्पती, जन्तु, मानव, आत्मा, खोला, नदि, समुद्र आदिको सृष्टि र विकास माङ, रुमुहाङ, पारुहाङ, रुवाबु, रिमेम, नायम, सुम्निमा, तोयामा खियामा, र नक्षोको सहयोगीहरु रिस राग पाप लोभ श्राप आशिर्वाद उपदेश मानिसका जन्मपूर्व र जन्मपछिका हरेक कर्महरु विवाह कर्म मृत्यु अन्नवाली लगाउने काटने भूमिलाई चढाउने सन्तान प्रप्तीका लागि गरीने कर्महरु लगाएत समाजसेवाका लागि गरिेने हरेक मानविय कर्मका विधि पर्दछ ।
मुन्धुमभित्र उपदेश र नैतिक संहिताका प्रसंगहरु पनि उठाइएको पाईन्छ । भीख मागेर खान नहुने , चोरी, ठगी गर्न नहुने , परस्त्री परपुरुष गमन गर्न नहुने लोभ डाह इष्र्या गर्न नहुने, घमण्ड र मानव हत्या गर्न नहुने, दैनिक माङ, पारुहाङ, सुम्निमालाई प्राथना गर्ने, पवित्रवस्तुहरुको रक्षा गर्ने, स्वधर्मको पालना गर्ने, जीवनको केहि समय मानव कल्लयाणको कार्यमा लाग्ने, अर्काको कुभलो नचिताउने, अन्नको सधै जगेर्ना गर्ने, आमा बाबुको सधै सेवा गर्ने, अन्यायमा परेकालाई बचाउने जस्ता कुराहरु पाईन्छ ।
मुन्धुमको आˆनो मौलिक विशेषताहरु रहेका छन । मुन्धुमको विशेषताहरु यस प्रकार छन ।
क) प्रकृति महान् छन् भनी आकाश, चन्द्र सुर्य, धरती, सिमे, भुमे, नदिनाला, धारा, पोखरी, नाग, नगेनी, आगो, जंगल, भिरपहरा, डााडा कााडा आदिलाई पुज्ने पृथ्वीलाई पिता मानी सम्मान गर्ने ।
ख) तिनचुल्हालाई घर दाजुभाई र कुटुम्बको प्रतिनिधित्व मानि सबैसंग सम्मान व्यवहार गर्ने ।
ग) आˆना मृत पुर्खाहरुलाई पितृशक्ति मानि उधौली, उभौलीमा न्वागी पुजा गर्ने ।
घ) शिकारीदेवहरुको पूुजा गरी मानवको आरम्भिक इतिहासको संरक्षण गर्ने ।
ङ) भाला, धनुकाड, तिर, खुर्पा, ढाल जस्ता हातहतियारको प्रयोग गर्ने ।
च) धार्मीक सांस्कृतिक तथा परम्परागत कार्य सम्पन्न गर्न धामी, नक्षो, फेदाङमा को प्रयोग गर्ने ।
छ) धार्मीक संास्कृतिक तथा परम्परागत कार्य सम्पन्न गर्न अदुवा, तितेपाति, केराको पात, चोखो जााड, चोखो रक्सी मर्चा कुखुरा, गोरु आदि पवित्र वस्तुको रुपमा प्रयोग गर्ने ।
ज) साइनोले हुने मात्र विवाह गर्ने । वैवाहिक सम्बन्ध सजातिय कुटुम्बसंग मात्र गर्ने ।
झ) मातृसत्ता र पितृसत्ता दुवैलाई समान मान्ने भएकोले दुवैको सामे या गोत्रो बाट बंश परम्परा चलाउने ।
ञ) विविध कारणले शिर ढलेमा शिर उठाउने व्यवस्था गर्ने ।
३.३ मुन्धुमको महत्व
प्राग युग काल कालन्तर युग युगान्तरको बिकासक्रम प्राणी चेतना भुगोलको परिवर्तन एवं खउठान वैठान आदि मुन्धुममा स्पष्ट बयान छ । मनुष्य वंशमा सेमेटिक जाति भनिएका नस्ल भित्र सिन्तो, ताओ, किरात, कन्ˆयुसियस आलि धर्महरु देखा पर्दै गए । यिनै धर्महरु मध्य किरनत किरात धर्मालम्बीहरुको मुल शास्त्र मुन्धुमले समस्त मानव जाति लाई समष्टिमा सम्बोधन गर्छ ।
कालक्रममा बसाई सराईका क्रममा अनेकन नाम जाति धर्म र भाषामा विभाजित विश्वभरका करिव ६ अरव मानव सागरलाई एउटै परिवार बाट विभाजित हुन भन्ने कुराको मुन्धुमले स्पष्ट दिशावोध गर्दछ । -यासेली योङहाङ)
यति मात्र नभई मुन्धुम पूर्वीय दर्शन र पाश्चात्य दर्शन मानव सभ्यताहरु संग पनि मुन्धुमको त्यति नै तादम्यता रहेको पाईन्छ । चाल्र्स डार्वीनको मानव उत्पत्ति र मानव सभ्यताको बिकाश क्रम मुन्धुममा वणिर्त मानव सभ्यता संग झण्डै हु बहु मिल्न जान्छ । मुन्धुममा बर्णन भए अनुसार लाजिरी ला पोङमा तेम्वे, नाम्जीरी नाम्पोङमा तेम्वे, मेन्छाम्गेन नाम्याप्मी पोङमा तेम्वे, सिङयोक्तेत मुनाखाम तेम्बे नै मानव उत्पत्तिको मुख्य थलो हो । भने उता चाल्र्स डार्वीनले एसीयाको मध्य क्षेत्र नै मानव उत्पत्तिको केन्द हो भनेका छन । यसैगरी मानव विकासक्रमलाई मुन्धुमले मुसोदिन हायुम्वा याप्मी, नेवोदिङ हाबेप्पा याप्मी, सिङदाङगेन थुङदाङवा याप्मी आदि भनेर वर्णन गरेको छ भने पृथ्वीलाई घुमीरहन्छ भन्ने कुरा इक्सादिङ आम्वेकभनी पुकार गर्दछन । यी सामान्य उदाहरणहरु मात्र हेर्दा पनि मुन्धुम विज्ञान सम्मत छ भनी भन्न सकिन्छ । -यासेली योङहाङ)
इतिहास विहिन जीवनले हामीलाई पहिचान विहिन बनाउछ । जीवनको पूर्णताको लागी इतिहास जान्न आवश्यक छ । भुत र वर्तमान बुझन इतिहास पल्टाउनु पर्छ भने इतिहासले भविष्यको गर्भको अनुमान लगाउन सकिन्छ । यति महत्वका इतिहास पनि मुन्धुमको एउटा पाटो हो । दया, जीवन, सुकर्म, सत्य एवं अहिंसा आदिको सार तत्व भनेको धर्म हो । अस्तीत्व ज्ञान र जीवन पहिचान आदिको जड हो धर्म । धर्मको पनि मुल मर्म र आधार हुन्छ । मुन्धुम किरात धर्मको आधार हो । मुन्धुम हामी किरात धर्मालम्बीहरुको मुल आधार त हो नै तथापी सम्पुर्ण मानव र प्राणीहरुको लागि आधार हो जीवन हो भन्दा अत्युत्ती नहोला । यस कारण पनि मुन्धुमको महत्व सम्पुर्ण जीवन जगतका लागि अत्यन्त महान र महत्वपुर्ण छ ।
विभिन्न संस्कार,सस्कृतिमा बोलीने मुन्धुमी मन्त्रहरु
किरात राईहरुको मुन्धुम लेख्य रुपमा नभएका कारण लोप हुदै गईरहेका छन भन्नलाई अप्ठयारो मान्नु पर्दैन । त्यसैले आˆनो भाषा संस्कार संस्कृती बचाउन केहि किराती विद्धानहरु द्धारा लिपीबद्ध गर्न थोरै मात्रामा भए पनि शुरुवात गरेको पाईन्छ । यसै क्रममा भोजपुरका जयप्रकाश मुकारुङ को भनाई अनुसार राई बान्तावाले प्रयोग गर्ने केहि मुन्धुमी मन्त्रहरु यस प्रकार छ ।
जीवन कर्म ः न्वारान ः
ल है आजदेखि त तिम्रो नाम फलानो/फलानी हो है । हिजोसम्म इश्वरका छोरा/छोरी, घामकोछोरा/ छोरी, जुनको छोरा/ छोरी थियौ । तिम्रो आमाको गर्भमा पैदा भई दश महिनासम्म बसेर तिम्रो आमाको कोखबाट जन्मेर -राजपुत्र वा राजपुत्री) कहलियौ है Û आजदेखि तिमी बढने बढालो, लंगालो-फैलिने राजाको सुवास चल्ने -मानव राजपुत्र ,कूल घरनिया राजपुत्री) नै कहलियौ है । शक्तिशाली, साहसी, बुद्धिज्ञानी, बोल्नु, गाउनु, लेख्नु, इतिहासकारी, जान्नेबुझने राजपुत्र, राजपुत्री पो भएर बस्नु । शत्रुबैरी रिसराग गर्ने आाखीडाहीहरु परपर, अघिपछि जतै थिचो परपरै हटोस, पन्सियोस । रापिलो शक्ति, तापिलो शक्ति भइदिनु । अपि्रय घटना, अकाल अल्पायु मृत्यु नहुनु है Û पूरा आयु चिरायु भएर बस्नु है
अन्नाप्रसन ः
पहिलो भात खुवाउदा भन्ने मन्त्र ल है, तिमी -फलाना,फलानी) त बढने बढालु वीरपुत्र, चेलीपुत्री भयौ । त्यसैले त आज यो खाने पदार्थ भात, तिहुन,फलफुलहरुले तिम्रो बल शक्ति आउने बाच्नु बढनु भनेर यो पहिलो खाने पिउने जिजुजिमा -बाजेबोजु) को हात मार्फत सगुनको रुपमा चादिको चम्चाले खानु पिउनु दिदैछौ है ।खाई पिई तिम्रो बल शत्ति आओस । जीउ बढोस । वीरछोरा, साहसी छोरा, बुद्धिज्ञानी हुनु है
छोराको छेवर ः
छोराको पहिलो पटक कपाल खौरदा भन्ने मन्त्र ल है आजदेखि तिमी -फलाना) नवजवान छोरा बढालो छोरा, वीर छोरा भएका छौ । त्यसैले त परापूर्वका विद्धानहरुको मुन्धुममा मामा हरुले पहिलो केश खौरिने चलन जिजुबाजेहरुले गरिल्याएका हुन । त्यसैले गर्दा आज तिम्रो पनि तिम्रो मामाको हात लच्छिनबाट पहिलो पटक केश खौरीदियौ र यो नया दौरा सुरुवाल टोपी जुत्ता लगाई दिएर आशिर्वाद दिदैछौ है । सिद्धिशक्ति, अन्न रुपैयाले भरीपुर्ण होस । ज्ञानबुद्धि, कलाकारिता लेख्नु, पढनु, बोलीबचन भरीपूर्ण होस । छोरीलाई गुन्युचोलीमानयाा लुगा दिएर आशिष दिने मन्त्र ल है तब Û आजदेखि तिमी -फलानी) जवान छोरी, बढेको छोरी, वीर छोरी, इज्जती छोरी, फक्रेकी फुल, छोरीचेली हुर्कियो विवाह गर्न योग्य भएको सन्दर्भमा तिम्रो आमा बाबाले पहिलो नया लुगा, गहना ओढाईदिदै, पहिराईदिदै आशिष दिन्छौ है ।साहसी छोरी, इज्जती छोरी, बुद्धिमानि हुनु । पूरा आयुको चिरायु भएर बस्नु है
विवाह
बेहुली दिदा बोलीने मन्त्र लौ त विर कुटुम्ब हजुर Û मेरो ह्रदयको फुल, फक्रेको फुल, दुखकी छोरी, बढेकी छोरी त कोक्रोमा बस्ने, भात खुवाउनु पर्ने, बाबु आमाले चलन नगराएको, सीप नभएको भन्दा भन्दै बचनले टार्न सकिन, रोक्न सकिन । लौ तब तपाईहरुको मिठो बचनले पक्रनुभयो, मिठो बचनले जित्नुभयो । आजदेखि मेरी छोरीलाई तपाईहरुको साथमा सुम्पदैछु ।
मृत्यु
मृत शरीरलाई माटो दिने मन्त्र लौ तिमी -फलाना, फलानी) को यो तिम्रो सुनौलो घर, रुपौलो घर चिहान घरमा तिम्रो मृतक शरीरलाई श्रदाञ्जली राख्दै छौ । त्यसैले ता यो तीन मुटठी माटो देब्रे हातले दिदैछौ । यो माटोले बल तागत दिएर र यो पृथ्वी जहिलेम्म भत्कदैन बग्दैन तबसम्म तिमी मृतक बसिखानुबाचिखानु है । आजदेखि तिम्रो घर यहाा नै भयो ।
मुन्धुम बाचनमा साङ्गिितक महत्व
किरातीहरुको सामाजिक धार्मीक संस्कार आदि परम्परागत मौलिक कर्मकाण्डीयको अनुष्ठान नै मुन्धुम हो । मुन्धुमको आˆनोछुÝै मौलिक विशेषताहरु रहेको छ । मुन्धुम अहिले सम्म अनुश्रुतिमा नै बाचेको कुरा अगाडि नै अवगत गराइसकेको छु , जुन अहिले सम्म लिखित रुपमा आउन सकेको छैन । यसैगरी मुन्धुम फलाकदा हरेक मुन्धुमी शब्दहरु लयात्मक रहेको छ । यसको साथै लयात्मक मात्र होइन कि अन्य बाजा हरु पनि प्रयोग गर्ने गरीन्छ । किरातीहरु अन्य धर्मालम्बिहरु जस्तै संस्कृतीमा पनि निकै धनी नै देखिन्छ । मानिसको जन्मदेखि मृत्युपर्यन्तसम्म विभिन्न प्रकारको कर्मकाण्डहरु गर्नु जरुरी हुन्छ भने अर्कोतिर विभिन्न चाडपर्वहरु पनि छुÝै प्रकारले मनाउदै आएको पाईन्छ । मुन्धुममा भने बमोजिम आफु भन्दा ठुलालाई आदर सम्मान गर्नु भनीएको हुदा केहि शुभकार्य वा नया काम शुरु गर्नु अघि ठुलाबाट आशिर्वाद लिने गरेको पाइन्छ र हरेक कर्म गर्दा पुर्खा वा नाक्छो द्धारा नै मुन्धुम फलाकिने गरिन्छ । मुन्धुम फलाक्दा के संगीतमय हुन जरुरी छ त ? मुन्धुमी शब्दलाई मात्र बोल्दा हुन्छ कि हुदैन ? भन्ने बिषयमाथि खोज अनुसन्धान गर्दा विभिन्न नाक्छो या पुर्खाहरुको भनाइमा मुन्धुम बाचनमा संगीतमय हुनु नै यसको मुख्य विशेषता रहेको कुरा जानकारी दिईएको पाईन्छ । किरातीहरुको विभिन्न संस्कार संस्कृतीले गर्दा नाक्छोको आˆनो शक्तीको गुरुसंग बल माग्ने कार्य गरेको हुन्छ । विभिन्न ठाउामा &

Read more...

शेर्पालाई हिरासतमा राखेकोमा नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाद्वारा खेद प्रकट

२०६८ असार १२ गते तदानुसार २०११ जुन २६ तारिख गाई काटेको झुठो आरोप लगाई ४ जना आदिवासी जनजाति दाजुभाईहरुलाई बौद्ध प्रहरीले पक्राउ गरी थुनामा राखेको अवस्थामा घटनाको सत्य तथ्य जानकारी लिन गएका आदिवासी जनजाति महासंघ नेपालका केन्द्रिय महासचिव  आङकाजी शेर्पा किसानलाई विना कसुर पक्राउ गरि हिरासतमा राखेकोमा नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको गम्भीर ध्यानाकर्षण भएको छ र गहिरो खेद प्रकट गर्दछ ।
 नेपाल एक बहुजाति , बहुभाषिक , अनि बहुसंस्कृति र परम्पराले भरिपूर्ण देश हो त्यति मात्र नभएर आदिवासीहरुको मात्र डेढ करोड जनसंख्या रहेको देश हो । तर कहि नभएको जात्रा हाँडि गाउँमा भनेझै हाम्रो देशमा एकात्मक केन्द्रिकृत शासन प्रणाली र अहंकारवादी हिन्दु संस्कृति जवरजस्ती लादियो र आदिवासी जनजातिहरुको धर्म, भाषा , संस्कृति  अनि रितिरिवाजमाथि नाङ्गो धावा बोलियो ।
 २०६२।६३ को ऐतिहासिक जनआन्दोलन पश्चात बनेको अन्तरिम संविधानले समेत धर्म निरपेक्ष राज्यको घोषणा गरिसकेको अवस्थामा  धर्म निरपेक्षको  सिद्धान्तसंग बाजिएको मौजुदा कानुनको सहायताले गाई मारेको झुठो आरोप लगाई आदिवासी जनजातिहरुलाई गम्भीर षडयन्त्र गरी दुं:ख दिने, मुद्धा हाल्ने र जेल चलान गर्ने षड्यन्त्र हिन्दुधर्मावलम्वीहरुले  गरेका छन । यस प्रकारको कार्यले  पुन: आदिवासी जनजातिमाथि हिन्दुसंस्कृति लादेर धर्म निरपेक्ष राज्यलाई पुन हिन्दुराज्य घोषणा गर्नै षडयन्त्र भइरहेको  छ ।
तसर्थ आगामी दिनहरुमा यस्ता कायर अनि लज्जास्पद कार्य आदिवासीहरुमाथि  नदोहो-याउन नेफिन द.कोरिया यसै प्रेस विज्ञप्ती मार्फत नेपाल सरकारलाई अपिल गर्दछ । साथै महासचिव आङकाजी शेर्पा किसानलाई विना कसुर पक्राउ गरी गम्भीर भुल गरेकोमा गृहमन्त्रीले नेपाल सरकारको तर्फवाट सम्पुर्ण आदिवासीहरुको  सम्मान गर्दै सार्वजनिक माफी माग्नु पर्दछ ।
अन्तमा सवै जात जातिहरुको धर्म संस्कृति अनि परम्परा र रितिरिवाजहरुको भेदभाव रहित रुपमा सम्मान गरिनु पर्छ ।    
यम श्रीस मगर
महासचिव
नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरिया

Read more...

किरात र्राईहरूको आस्थाको धरोहरः तुवाचुङ जायजुम

कुनै पनि देशको पहिचान त्यस देशको भौगोलिकधरातल, जाति, भाषा, धर्म संस्कृतिले प्रतिनिधित्व गरिरहेकोहुन्छ । किनकी आज पनि कतिपय त्यस्ता देशहरू छन्,जसले नेपाल भनेर नचिने पनि विश्वको सर्वोच्चशिखर सगरमाथाको देश वा एभरेष्ट माउन्टेनको देशभनेर चिन्दछन् । अनि कतिले वीर गोर्खालीहरूको देशभनेर चिन्दछन् । त्यस्तै कतिले गौतम बुद्धको देशभनेर पनि चिन्दछन् । अनि कतिले मन्दिर नै मन्दिरकोदेश भनेर त कसैले विविध जाती, भाषी, धर्म रसंस्कृतिले भरीपर्ूण्ा देशको रूपमा पनि । हो यहाँ जातीतथा क्षेत्रीयताको आधारमा आ-आफ्नै भेषभुषा, भाषार्,धर्म र संस्कृति रहेका जनजातिहरू छन् । तर भौगोलिकविसमता, राजनीतिक विभेद, आर्थिक असमानता रशैक्षिक अवसरको अभावका कारण कतिपय जातिहरूलोपोन्मुख अवस्थामा छन् । आज पनि तिनीहरू अर्धजंगली अवस्थामा छन् । यिनै जातजातिहरू मध्येकाएक आदिवासी जाती हुन् किरात र्राईहरू । किरात र्राईजातिको आफ्नै इतिहास छ, आफ्नै पर्ुखाको विरासत छ ।काठमाडौं उपत्यकामा २९ औं पुस्तासम्म शासनचलाएको किरातहरूको युगिन इतिहास छ । मानवसभ्यताको प्रारम्भिक चरणमा भूमि आवादी गर्दै कृषीक्रान्तीको थालनी गरेको पुर्खौली विरासत छ । कपासखेती गरी धागो बनाई कपडा उत्पादनको थालनी गरेकोतयामा खीयामाको कथा छ । अनि किरातर्राईहरूको दैनिक कृयाकलापका साथै पशुपंक्षीका समेतस्वभाव चित्रण गर्ने मौलिक शैलीको सिली छ । यर्सथ किरातर्राईहरू इतिहास कालखण्डका शासकहरू हुन् ।प्रारम्भिक कृषीकालका आदि पुरूष हुन् । कपडानिर्माणका आविष्कारक हुन् । आफ्नो मौलिक भाषार्,धर्म, संस्कृति अनि रितिरिजाव र संस्कारका र्सजकपनि हुन् ।
इतिहासको कालखण्ड गुज्रने क्रममा थुप्रै शासकहरूएकले अर्कोलाई विस्थापित गर्दै अगाडी बढ्दै रहे । निरंकुशजहानिया राणा शासन, निर्दलिय पञ्चायती व्यवस्थाकोअन्त्यसँगै शाहवंशीय शासन व्यवस्थाको समेत अन्त्यभएको छ । देश आज संघीय गणतन्त्रतर्फ उन्मुख छ ।संविधान निर्माण तथा राज्य पुनःसंरचनाको निमित्तअत्यन्त महत्वपर्ूण्ा विषयमा आइरहेका छन् । जातीयतथा क्षेत्रीयताको आधारमा संघीय राज्य निर्माण हुनेस्थिति देखिँदैन । त्यसैले प्रत्येक जनजातीहरू एकजुटहुँदै संगठित एकताका आवाजहरू बुलन्द गर्दैआन्दोलनका कार्यक्रमहरूलाई त्रि्र बनाउँदै निरन्तरतादिनर्ुपर्दछ । किरात र्राईहरूको प्रसङ्गमा किरातर्राईहरूको एक मात्र आस्था र धरोहरको रूपमा स्थापितकिरात र्राई यायोक्खाले समग्र किरात र्राईहरूको हकअधिकार सुनिश्चितताको लागि प्रचारात्मक तथादवावमूलक कार्यक्रमहरू गर्दै आइरहेको छ । यसआन्दोलनलाई सफल पार्न ९ लाख किरात र्राईहरूआ-आफ्नो क्षेत्रमा शसक्त भएर उठ्नु पर्दछ । तव मात्रकिरात र्राई जातिले खोजिरहेको आत्मनिर्ण्र्ाासहितकोछुट्टै किरात स्वायत्त राज्य प्राप्तीको सम्भावना देखिन्छ ।अफसोचः तर आज वंशाणुगत जातीय पहिचान गर्ननसकेर हो वा व्यक्तिगत स्वार्थले अभ्रि्रेरित भएर भनुँवा व्यक्तिगत महत्वाकाँक्षाले भनुँ आफ्नो रगतको साइनोमेट्न खोज्ने दुस्प्रयास आफ्नै दाजुभाइले गर्न खोज्दासिङ्गो किरात र्राईहरूको ह्रदय मर्माहत बनेको छ ।
आत्मामा ठेस पुगेको छ । विदेशीले छरेको कनिकाकोस्वार्थमा हामी आफैले आफुलाई म अथवा हामी होइनौंभन्ने प्रमाण दिन नसके तापनि होइनौं भनी जिकिर्रगर्न खोजीरहेका पाउँछौं । यसले सिमित व्यक्तिलाईक्षणिक लाभ पुर्‍याए तापनि अन्तत समग्रमा हानी नैपुर्‍याउन सक्छ । साँचो अर्थमा आफ्नो वंशाणुगत जातीयताके हो - धर्म संस्कृति के हो - यदि द्विविधामा छौं भनेखोज तथा अध्ययन-अनुसन्धान गरी पहिचान गर्नु नैविवेकपर्ूण्ा कार्य हुन सक्छ, न कि यथार्थतालाई बुझबचाउँदै सिमित स्वार्थको निम्ती पर्ुखाको इतिहास रविरासतलाई विर्सर्ेेअल्पसंख्यक सिमान्तकृतजनजातिको रूपमा उभ्याउन खोज्ने धृष्टता गर्नु ।समयको अन्तरालसँगै वास्तविकता उजागर भएरआउँछ, त्यतिबेला ज-जसले इतिहासलाई ढाकछोपगर्न खोजे, वास्तविकतालाई बङ्ग्याउन खोजे, वंशाणुगतइतिहासमा कलंकित पात्रको रूपमा चिनिने छन् । तिरस्कृत, घृणित र भाई फुटाउवा व्यक्तिको रूपमा वापङ्तीमा उभिन पुग्ने छन् । त्यसैले सम्पर्ूण्ा किरातर्राईहरू "किरात र्राई यायोक्खा" को झण्डामुनि गोलवद्धहुनुको विकल्प अर्को हुन सक्दैन । किरात र्राई यायोक्खालेआफ्नो स्थापनाकालदेखि नै भाषा, धर्म, संस्कृतिकोप्रचार-प्रसार, जगर्ेना तथा कार्यान्वयनको क्षेत्रमामहत्वपर्ूण्ा भूमिका निभाउँदै आएको छ । यसै सर्न्दर्भमाकिरात र्राई यायोक्खाको दमकमा सम्पन्न छैठौंराष्ट्रिय सम्मेलनबाट सम्पर्ूण्ा किरात र्राईहरूको सभ्यतार साँस्कृतिक धरोहर खोटाङ जिल्ला अर्न्तर्गत हलेसीमहादेवस्थान, अर्खौले, सल्ले र धितुङ गा.वि.स. कोबीचमा अवस्थित तयामा खीयामाले कपडा बुनेकोतानढुङ्गा खोक्चिलिपाको थानको संरक्षण, सर्ंवर्द्धन तथाआवश्यक पर्ूवाधार निर्माणको लागि एक संरक्षण समितिगठन गर्ने निर्ण्र्ााभएको थियो । सोही निर्ण्र्ााुसार किरातर्राई यायोक्खाका केन्द्रीय पदाधिकारीहरू सँग विस्तृतछलफल गरी "किरात उद्गम आदिमभूमि तुवाचुङजायजुम संरक्षण समिति" को नाममा श्री चतुरभक्तर्राई र्-वर्तमान कि.रा.या.के. समिति अध्यक्ष) कोअध्यक्षतामा एक तदर्थ समिति गठन गरी जिल्लाप्रशासन कार्यालय, काठमाडौंमा मिति २०६५/८/१७मा दर्ता भएको छ । उक्त समितिको पहलमा विविधजिल्लामा रहनुभएका किरात र्राई दाजुभाइहरूकोसहयोग तथा उपस्थितिमा २०६५ सालबाट उभौलर्ीपर्व पुजा अर्चना तथा साकेला सिलीका साथ मनाउनसुरू गरियो । त्यसैगरी २०६६ सालको उभौली पर्व खोटाङमहोत्सवको रूपमा सम्पन्न भयो । यस पर्वलाई हरेकवर्षनिरन्तरता दिँदै लगिने छ यतिमा मात्र सिमित रहँदा यसको संरक्षण हुन सक्दैन । यर्सथ तत्काल गर्नुपर्नेकार्यहरू समितिको ब्रुसरमा पनि उल्लेख गरिएको छ ।जसअनुसार जग्गा खरिद गर्नको लागि पहल भइरहेकोछ । संरक्षण समितिको कार्यालय तथा किरात र्राईसंग्रहालयको स्थापना पनि तत्कालै गर्न आवश्यकदेखिन्छ । सो कार्य सम्पन्न गर्न लाखौं परिश्रमी हातहरू,सहयोगी मनहरू र असल विचारहरू भएका किरात र्राईदाजुभाई जुट्नु पर्दछ । पर्ुखाको विरासत, धार्मिक तथासांस्कृतिक संगम तिर्थस्थल एवं सम्पर्ूण्ा किरात र्राईहरूकोआस्थाको धरोहरको रूपमा स्थापित यस आदिमभूमीकोसंरक्षण, सर्ंवर्द्धन र विकासको लागि युवा पुस्ताहरूजागरूक हुनु पर्दछ, सजग अनि सचेत हुनु पर्दछ । यदियसो भएन भने बुढा मरे भाषा सरे भने भै+m हुन सक्छ ।किनकी वावुको बिंडो थाम्ने छोरा भने झैं पर्ुखाको विरासतथाम्ने भावी सन्ततीहरू नै हुन् । अन्त्यमा जसरीमक्का मदिना भन्नासाथ मुस्लिम, जेरूस्लेम भन्नासाथक्रिस्चियन अनि लुम्विनी भन्नासाथ बुद्धिस्टहरूकोधार्मिक स्थल भन्ने बुझिन्छ अर्थात ति स्थानहरूलेमुस्लिम, क्रिस्चियन र बुद्धिस्ट धर्मावलम्वीहरूकोपहिचान दिएको छ, त्यसैगरी सिङ्गो किरात र्राईहरूकोलागि धार्मिक तिर्थस्थल बन्न सकोस् यो भूमी, अनिविश्वमै किरात र्राईहरूको पहिचानको निसाना बन्नसकोस् किरात उद्गम आदिमभूमी तुवाचुङ जायजुम ।
अर्खौले-४, खोटाङ

Read more...

किरात स्वयत्त राज्य कायम हुनुपर्छ

हामी आफ्नोबारे जति जान्दछौं त्यो राज्यले चिन्न, जान्न सकेको छैन। जान्न चाहेको पनि छैन। अढाइ सय वर्षदेखि नेपालका आम आदिवासी जनजाति पिल्सिदै आएका छन्। पिछडिनु आफैंमा पछौटेपन हो तर राज्य सत्ताले नै सुनियोजित ढंगले छेउ पारेको घामजत्तिकै छर्ल195ङ्ध छ।

आज मुलुक राजनैतिक परिवर्तनसँगै लोकतान्त्रिक गणतन्त्र उन्मुख छ। यहाँसम्म आइपुग्न आमनेपालीको साझा भूमिका छ। लोकतान्त्रिक जनआन्दोलनमा आदिवासी जनजातिले आफ्ना मुद्दालाई अघि सारेर समावेशी लोकतन्त्रको निम्ति लड्दै आएका छन्। त्यस अर्थमा किरात राई यायोक्खाको भूमिका यहीँनेर रहेको छ। नेपाल आदिवासी जनजाति महासंघको झण्डामुनि किरात राई यायोक्खाले जुझारु कदम चाल्दैआएको छ।

राजनीतिक परिवर्तनको साथय्.147साथ किरात राई यायोक्खाजस्ता जाति, भाषा, संस्कृति र हक अधिकार प्राप्तिका निम्ति लड्दै आएका सामाजिक संस्थाले अग्रगामी भूमिका निर्वाह गर्दै आएका छन्। सामाजिक संस्थाले राजनीतिक नेतृत्व तथा राजनीतिक दलह194रूसित आफ्ना मुद्दा ध्यानाकर्षण गराउँदै आएको छ। यद्यपि यी संस्था आफैंमा राजनीतिक दलका समानान्तर संस्था होइनन्। सबै खाले राजनीतिक दर्शन, विचार, आस्था बोकेका व्यक्ति यस संस्थामा आवद्ध छन्। जसको जे विचार भएपनि अन्तिम सार भनेको स्वअस्तित्व र पहिचान जोगाउनु हो। जातिको पहिचान भनेकै भाषा र संस्कृति हुन्। यदि भाषा र संस्कृति नजोगिने हो भने बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकको पहिचान गुम्ने छ।

यही अस्तित्वको संरक्षणका निम्ति किरात राई यायोक्खा करिब दुई दशकदेखि निरन्तर लागीपरेको छ। किरात राई आफैंमा बहुभाषाका धनी जाति हुन्। २८ भन्दा बढी किरात राई भाषा छन्। भाषा र मौलिक संस्कृति जोगाउन भाषिक संस्था स्थापना भएका छन्। यिनै भाषिक संस्थाको प्रयासलाई सराहना गर्दै किरात राई यायोक्खा अग्रगामी भूमिका निर्वाह गर्दै आएको छ।

किरात राई यायोक्खा नेपाललगायत विश्वभरिका किरात राई जातिको केन्द्रीय सामाजिक संस्था हो। मुलुकबाहिर ह194ङक194ङ, कतार, बेलायत, अमेरिका, जापानसम्म किरात राई यायोक्खा संस्थागत विस्तार भइसकेका छन्। जातीय पहिचान जोगाउन छँदैछ, किरात एकता र संस्थागत आवाजका निम्ति दहि्रलो कार्य हो भन्ने हामीले ठानेका छौं।
यायोक्खाको छैटौं राष्टि194्रय सम्मेलन २०६३ पुस ८, ९ र १० गते झापाको दमकमा सम्पन्न भएको छ। यो सम्मेलनले संस्थागत 194रूपमा राजनीतिक मुद्दाको उठान गरी य्.166दमक घोषणापत्रय्.147२०६३195154 जारी गरेको छ। घोषणापत्रले य्.166किरात राज्य195154 को माग राज्यसित मागेको छ। य्.166जातीय बसोबासको सघनता, भाषाह194रूको प्रयोगको अवस्था, धार्मिक, सांस्कृतिक समानता, ऐतिहासिक र भौगोलिक अवस्थितिलाई दृष्टिगत गरी नेपालको पूर्वी भूय्.147भागलाई किरात राज्य घोषणा गरिनु पर्दछ195154 भन्ने हाम्रो माग रहेको छ।

किरात स्वायत्त प्रदेशमा किरातह194रूको ऐतिहासिक भूमि, थातथलो, प्राकृतिक स्रोत, साधन, सम्पदा माथि अधिकार कायम हुनुपर्छ। सामाजिक, आर्थिक, प्रशासनिक र केन्द्रीय राजनीतिक नेतृत्वसमेत हाम्रै हुनुपर्छ। आफ्नोबारे आफैंले योजना तर्जुमा गर्नुमात्र नरहेर स्वशासित क्षेत्र, स्थानीयदेखि राष्ट194्रको उपल्लो तहसम्म किरात राईह194रूको अनिवार्य नेतृत्व हुनुपर्छ। सिंगो राष्ट194्र निर्माणको खाका तयार गर्ने निकायमा स्वपहिचानसहितको जातीय प्रतिनिधित्व हुनु पर्छ। आत्मनिर्णयको अधिकार सम्पन्न किरात स्वायत्त राज्य हुनुपर्छ।



किरात राई यायोब्खा

Read more...

कोरियामा साकेला उभौली मनाउने

कोरियामा किरात राई जातीहरुको महान पर्व साकेला उभौली २०११ यहि मे २९ तारिख आईतबारको दिन ओसान स्थित हेप्पी माईग्रेन्ट सेन्टरको पारिसरमा भव्य रुपमा मनाउने तयारी भई रहेको किरात राई यायोक्खा द। कोरियाका अध्यक्ष बागधन राईले जानकारी गराउनु भएको छ ।

यायोक्खाका अध्यक्ष राईले कार्यक्रमलाई अझ रोचक र मनोरन्जनात्म बनाउनको लागी स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतीका साथै स्वादिष्ट परिकारहरुको व्यवस्था गरिएको बताउदै कोरिया स्थित विभिन्न संघ संस्थाका पदाधिकारी तथा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई दिनु हुन हार्दिक अनुरोध गर्नु भएको छ ।

Read more...

kirat

Read more...

अब हुनेछ पर्दाफाश, मात्र चाहिन्छ तपाईँको साथ

अब लुकाउन सक्ने छैनन् कसैले कुनै कुरा किनकि हामी गर्नेछौँ निगरानी
नेपालीलिक्समार्फत् गर्नछौँ हामी पर्दाफास विकृति र विसंगतिविरुद्ध- सप्रमाण।
विकिलिक्सबाट प्रेरित नेपालीलिक्सको सहयोगमा माइसंसारले थाल्नेछ त्यस्ता कुराहरुको पर्दाफास, जसलाई तपाईँहरुबाट लुकाउन खोजिएको छ। किनकि पारदर्शिताले नै समाजलाई जिम्मेवार बनाउन सघाउँछ। सूचना तपाईँको अधिकार हो। त्यही अधिकारका लागि हामी डट्नेछौँ सारा जोखिम मोलेर। त्यसका लागि चाहिनेछ तपाईँको साथ।स्रोतको रक्षा गर्नेछौँ हामी
• सूचना स्रोतको रक्षा गर्नु पत्रकारिताको आधारभूत सिद्धान्त हो। हामी यसलाई अविचलित रुपमा पालना गर्नेछौँ। तपाईँले दिनुहुने कुनै पनि सूचना, कागजात र अन्य प्रमाणलाई हामी गोप्य राख्‍नेछौँ। तपाईँले सामाग्री अपलोड गर्दा हाम्रो सर्भरमा तपाईँको कुनै पनि रेकर्ड रहने छैन। कुनै पनि अवस्थामा हामी सूचनाको स्रोतलाई उजागर गर्नेछैनौँ। तपाईँबाट प्राप्त सूचना, कागजात र प्रमाणलाई हामी पत्रकारिता अध्ययन गरेका पत्रकारहरुको समूहले अध्ययन र विश्लेषण गर्नेछौँ र पत्रकारिताको मूल्य र मान्यताभित्र रहेर समाजलाई आवश्यक ठहर्ने जानकारीलाई समाचार बनाएर माइसंसारमार्फत् पस्कनेछौँ। समाचारसँगै हामी नेपालीलिक्समा ओरिजिनल स्रोत सामाग्री पनि प्रकाशन गर्नछौँ जसबाट पाठकले समाचार र सामाग्री दुवैको विश्लेषण गरी निष्पक्ष धारणा बनाउन सकून्।

पत्रकारिताको नयाँ मोडल
विकिलिक्सले पत्रकारिताको नयाँ मोडल सुरुवात गरेको छ, जसलाई हामी पनि पछ्याउनेछौँ। हामी नाफामुखी मिडिया हैनौँ, हामी विज्ञापनका लागि औद्योगिक घरानामा भर पर्दैनौँ, त्यसैले हामीलाई विज्ञापन रोक्ने धम्की दिएर कसैले सेन्सरसिप लागू गर्न सक्ने छैनन्। सरकार, सार्वजनिक संस्था, निजी कर्पोरेट हाउस जुनसुकै ठाउँका होस्, गैरकानुनी काम- भ्रष्टाचार, दुराचार हामी पर्दाफास गर्नेछौँ।

म कसरी सहयोग गर्न सक्छु त ?
• पारदर्शितामार्फत् समाजलाई जिम्मेवार बनाउने यो लडाइँ तपाईँको सहयोग बिना संभव छैन। तपाईँले आफूलाई प्राप्त सूचना, जसलाई अरुहरु लुकाउन चाहन्छन्, तर तपाईँलाई लाग्छ- यसको पर्दाफास हुनुपर्छ, हामीलाई पठाउन सक्नुहुन्छ। त्यस्ता सूचना ‘यस्तो रे, उस्तो रे’ भनी सुनेको आधारमा नभई तपाईँ आफैलाई थाहा भएको हुनुपर्छ। प्रमाण यसका लागि महत्त्वपूर्ण आधार हो। नेपालीलिक्सले समाचारसहित प्रमाण पनि सार्वजनिक गर्ने लक्ष्य राखेको हुँदा प्रमाण पनि अपलोड गर्ने सुविधा तपाईँलाई दिएको छ। प्रमाण कुनै कागजात (documents), त्यसको scan copy, फोटो, अडियो, भिडियो जुनसुकै स्वरुपमा हुनसक्छ।
• यो अभियानको प्रचार गरी यसलाई व्यापक बनाउन तपाईँ सक्नुहुन्छ। आफूले चिनेजानेकालाई मौखिक वा लिखित रुपमा यसबारे बताएर, सामाजिक सञ्जालका साइटहरु फेसबुक र ट्विटरमा यसबारे अरुलाई बताएर इन्टरनेटको पहुँच भएका सबै समक्ष यो अभियानलाई पुर्‍याउन सक्नुहुन्छ।
• नेपालका सरकारी, निजी, सार्वजनिक संस्थाका कर्मचारीहरुलाई यसको प्रचार गरी विश्वास दिलाउनु पर्‍यो कि केही गलत भइरहेका छन् भने त्यसको प्रमाण यहाँ गोप्य रुपमा पठाउन सकिन्छ। विदेशका कुटनीतिक नियोग र नेपालीहरुको संस्थामा भइरहेका गलत कामको प्रमाण पनि यसरी पठाउन सकिन्छ। यसका लागि तपाईँहरुले प्रचारको भूमिका खेल्नुपर्‍यो।

Read more...

देश लुट्ने ठूला औद्योगिक घराना चिनौँ

अर्थसचिवबाट राजिनामा दिएपछि बिहीवार रामेश्वर खनालले फेसबुकमा एउटा छोटो नोट लेख्नुभयो, बितेका आठ वर्षमा हरेक दिन सत्ता र पैसाका लोभीसँग भेट भयो। त्यसो भए को थिए त ती लोभी? जो पैसा र सत्ताका पछि मात्र दौडिरहेका छन्।

पैसाको लोभका कारण नक्कली भ्याट विल प्रकरणमा संलग्न भएको र त्यसलाई राजनीतिक च्यानलबाट मिलाउन सत्ताका पछि लाग्ने ठूला कर्पोरेटको अति गोप्य सूची फेला परेको छ।
नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तिय अपराध ‘ह्वाइट क्राइम’को सूचीमा नेपालको मल्टिनेशनल कम्पनी भएको स्वघोषणा गर्ने ठूला कर्पोरेट घराना समेत छन्। यो ह्वाइट क्राइममा दुई जना सभासदका कम्पनी समेत मुछिएका छन्, जो उद्योग-व्यवसायीको कोटाबाट समावेशी संविधान बनाउनका लागि संविधानसभामा प्रतिनिधित्व गर्छन्। को को रहेछन् त उनीहरु। विस्तृत जानकारीका लागि भित्र आउनुस्-
आन्तरिक राजस्व विभागले छानविन गरिरहेका ५२ कम्पनीमध्ये ३१ कम्पनीले नक्कली भ्याटबाट राजस्व छलेका छन्। यी ३१ कम्पनीमध्ये २४ वटा कम्पनीले नक्कली भ्याटविलको कारोवार गरेर दुई अर्ब ७० करोड रुपैयाँको भ्याट र आयकर छलेका थिए भने सातवटा कम्पनीले नक्कली निकासीको प्रमाणपत्र पेश गरेर ८९ करोड रुपैयाँको भ्याट फिर्ता लिएका थिए।
नक्कली भ्याट विल प्रकरणमा औद्योगिक घराना चौधरी, गोल्छा, विशाल, शंकर, वरुण डेभलपर्स, भाटभटेनी र चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनीसम्म छन्। नक्कली भ्याट विल प्रकरणमा संविधानसभा सदस्य चौधरी समूहका अध्यक्ष विनोद चौधरी र गोल्छा समूहका दिवाकर गोल्छाका फर्महरु समेत छन्। चौधरीलाई नेपाल कम्युनिष्ट पार्टी एमालेले संविधानसभा सदस्य बनाएको हो भने गोल्छालाई नेपाली काँग्रेसको कोटाबाट मनोनित गरिएको हो।
शंकर समूह
छानविन गरिएका ३१ वटा फर्ममध्ये शंकर समूहको जगदम्बा स्टिलको सबैभन्दा बढी नक्कली भ्याट विल फेला परेको छ। आन्तरिक राजस्व विभाग स्रोतका अनुसार, जगदम्बाको ८० करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ।


पहिले ८० करोडको ३८ प्रतिशत तिरे पुग्थ्यो छानविनपछि ८० करोडको नक्कली विलबाट झण्डै ६० करोड रुपैयाँ कर निर्धारण भएको छ। ८० करोडको १३ प्रतिशत भ्याट, २५ प्रतिशत आयकर र त्यति नै जरिवाना तथा वर्षको १५ प्रतिशतका दरले व्याजसमेत हिसाव गर्दा ८० करोडको ७५ प्रतिशत सरकारलाई तिर्नुपर्दछ, स्रोतले भन्यो। त्यो भनेको ६० करोड रुपैयाँ हो।
भारतबाट ४० वर्ष अघि शुन्य रुपैयाँ लिएर नेपाल आएका शंकरलाल गोल्यानका अहिले डेढ दर्जन उद्योग छन्। डेढ दर्जन उद्योगमध्ये जगदम्बा स्टिल सबैभन्दा ठूलो कम्पनी हो। वर्षमा शंकर समूहले २६ अर्ब रुपैयाँको कारोवार गर्ने दावी गोल्यानले आफ्नो वेबसाइटमा गरेका छन्। ५२ वटा कम्पनीको छानविन सकिएपछि दोस्रो लटमा छानविनका लागि सूची बनाइएका ४८० फर्ममा गोल्यानका अन्य फर्महरु पनि छन्। यसै समूहका पवनकुमार गोल्यान एनएमबी बैंकका अध्यक्ष छन्।
चौधरी ग्रुप
चौधरी समूह अर्न्तगत विनोद चौधरीले नेतृत्व गरिरहेका तीनवटा कम्पनी र अरुण चौधरीले नेतृत्व गरिरहेको एउटा कम्पनीको पनि नक्कली भ्याट विल प्रकरणमा छ। चौधरी समूहको सिजि इम्पेक्स र सिजी इलेक्ट्रोनिक्सबाट छ करोड रुपैयाँ बराबरको नक्कली विल फेला परेको छ। चौधरी समूहकै सिजि फुड पनि नक्कली भ्याट विल प्रकरणमा छ। छानविनको क्रममा अन्तिम चरणमा पुगेका पाँच कम्पनीमध्ये सिजी फुड पनि छ। सिजी फुडबाट पनि करोडौं रुपैयाँका नक्कली भ्याट विल फेला परेका छन्, आन्तरिक राजस्व विभाग स्रोतले जानकारि दियो।
नेपालबाहिर दर्जनौं होटल खोल्ने भनेर चर्चामा आएको चौधरी समूहको सिजि इलेक्ट्रोनिक्स र सिजी इम्पेक्सले नेपालमा एलजी, सिजी कम्पनीका विद्युतीय उपकरणको विक्री गर्दै आएका छन्। उता सिजी फुड भने वाईवाइ चाउचाउको उत्पादन कम्पनी हो।
सभासद् चौधरीका भाई अरुण चौधरीको अरुण इन्टरकन्टिनेन्टलको पनि १६ करोड रुपैयाँको नक्कली भ्याट विल फेला परेको छ। विभागले आड वटा सवारीसाधनको अधिकृत विक्रेताको छानविन गरेको थियो। आठ कम्पनीबाट २० करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ। सबैभन्दा ठूलो अरुण इन्टरकन्टिनेन्टलको हो, विभाग स्रोतले बतायो।
गोल्छा अर्गनाइजेशन
दिवाकर गोल्छाको नेतृत्वमा रहेको गोल्छा समूह अर्न्तगतको हिम इलेक्ट्रोनिक्सको पनि छ करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ। हिम इलेक्ट्रोनिक्सको जिम्मा गोल्छा समूहका उदियमान निर्देशक शेखर गोल्छाको नेतृत्वमा छ।
गतवर्ष गोल्छा समूहकै अर्को फर्म नियोटेरिक पनि राजस्वको अनुसन्धानमा दोषी पाइएको थियो। यही कम्पनीले अग्रिम मिती राखेर भ्याट विल जारी गरेपछि राजस्वले गोल्छा समूहलाई शंकको घेरामा राखेको थियो। यहींबाट आन्तरिक राजस्व विभागले नक्कली भ्याट विलको कारोवार भैरहेको हुनसक्ने अनुमान गरेको थियो। तर पछि पुतलिसडकको एउटा फर्ममा छापा मार्दा दुई सयभन्दा बढी कम्पनीको नक्कली भ्याट विल फेला पारेपछि मंसिरबाट भ्याट छलिसम्वन्धी अहिलेसम्मकै ठूलो अपरेशन सुरु गरिएको थियो।
विशाल समूह
चर्चामा नआउने तर ठूलो व्यवसायिक सञ्जाल भएको विशाल समूहको युनाइटेड डिष्ट्रिव्युटर पनि नक्कली भ्याट विल प्रकरणमा फसेको छ। आन्तरिक राजस्व विभागले छानविनका क्रममा मल्टिनेशनल कम्पनीको सूचीमा राखेको युनाइटेड डिष्ट्रिव्युटरबाट १० करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ।
युनाइटेड डिष्ट्रिव्युटरले भारत लगायत तेस्रो मुलुकबाट सौन्दर्य तथा दैनिक उपभोग्य सामान आयात गरेर थोक विक्री गर्दै आएको छ। राजनीतिक रुपमा अर्थमन्त्रीसँग पहुँच भएको यो समूहले बैंक तथा वित्तिय संस्था, इन्सुरेन्स कम्पनी, ट्रेडिङ हाउस लगायतमा लगानी छ।
विशाल समूहका अध्यक्ष जेपि अग्रवाल एनआईसी बैंकका अध्यक्ष समेत हुन्, समूहका उपाध्यक्ष टिआर अग्रवाल र निर्मल अग्रवाल एनआईसीमा बोर्ड सदस्य छन्। उता यही समूहका उपाध्यक्ष त्रिलोकचन्द्र अग्रवाल भने बैंक अफ एशियाका अध्यक्ष छन् भने अनुज अग्रवाल बोर्ड सदस्य छन्। स्रोतका अनुसार नक्कली भ्याट विल प्रकरणमा छानविनका लागि दोस्रो सूचीका ४८० फर्ममा विशाल समूहका अन्य फर्म पनि छन्।
भाटभटेनी सुपरमार्केट
यही वर्ष छोरीलाई दाइजोमा दिन ‘एअर कार्गो’मा करोडौं रुपैयाँ खर्च गरेर मर्सिडिज वेञ्च कार झिकाएका मिनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी सुपरमार्केट पनि नक्कली भ्याट विल प्रकरणमा फसेको छ। महाराजगञ्ज र भाटभटेनीमा गरी दुईवटा सुपरस्टोर सञ्चालन गरिरहेको भाटभटेनी सुपर मार्केटको आठ करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको छ।
भाटभटेनीको मुद्धा अहिले छानविनमा बाँकी रहेका पाँचवटा कम्पनीमध्येको एक हो, छिट्टै कर निर्धारण हुन्छ, आन्तरिक राजस्व विभाग स्रोतले जानकारि दियो। भाटभटेनीले पनि नक्कली विलको झण्डै ७५ प्रतिशत रकम तिर्नुपर्दछ, स्रोतले भन्यो। धेरैजसो नक्कली विल मारवाडी समुदायसँग सम्वन्धित उद्योगमा फेला परेको थियो, भाटभटेनीमा कसरी पुगेछ कुन्नी, अनुसन्धानमा संलग्न एक अधिकृतको टिप्पणी थियो।
वरुण डेभलपर्स
गतवर्ष नेपालमा पहिलोपटक फुड चेन केएफसी र पिज्जा हट भित्र्याएर चर्चामा आएको भारतीय लगानीकर्ता रविजैन ताजपुरीयाको कम्पनी आरजे कर्पको फर्म वरुण डेभलपर्स पनि नक्कली भ्याट विल प्रकरणमा छ। यसैको प्यारेन्ट कम्पनी आरजे कर्पले नेपालमा पेप्सीको उत्पादक वरुण वेभरेज र केएफसी पिज्जाहटमा लगानी गरेको छ।
वरुण डेभलपर्सले धापासी काठमाडौंमा पार्कभ्यु होराइजन नामका सुविधासम्पन्न बंगला बनाएर विक्री गरेको छ। एउटै बंगलालाई एक करोड १९ लाखदेखि दुई करोड ५३ लाखसम्म विक्री गर्ने वरुण डेभलपर्सको १५ करोड रुपैयाँको नक्कली भ्याट विल फेला परेको छ। यो कम्पनीका नाममा झण्डै ११ करोड रुपैयाँभन्दा बढी कर निर्धारण गरिएको छ।
चमेलिया जलविद्युत
नक्कली भ्याट विल प्रकरणमा चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी पनि फसेको छ। चमेलिया जलविद्युत आयोजनाको सिभिल निर्माणमा ठेक्का पाएको चाइना गेजुवा वाटर एण्ड पावर गु्रप कम्पनीले भेरिएशन बढाउनका लागि नक्कली विल खरिद गरेको स्रोतले बतायो। झण्डै ६० करोड रुपैयाँको नक्कली भ्याट विल किनेर परियोजनाले भेरिएशन बढाएको थियो। तर खर्चमा देखाउन भ्याट विल किने पनि चमेलियाले भ्याट भने तिरेको छैन।
थापाको यो लेख आजको जनआस्था साप्ताहिकमा प्रकाशित छ।
योजना आयोग दिएर फकाउन खोजिएको थियो
अर्थसचिव रामेश्वर खनालले बजेटमा असहमती भएर मात्र राजिनामा दिएका थिएनन्, उनलाई अर्थसचिवबाट विदा दिने तयारी समेत भएको थियो। अर्थसचिवलाई सरुवा गरेर अरु मन्त्रालयमा लैजाँदा ठूलो दवाव आउने देखिएपछि खनाललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष दिएर फकाउने प्रयास गरिएको थियो।
जुनसुकै मूल्यमा पनि खनाललाई अर्थबाट हटाउनुपर्दछ भन्ने प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष प्रचण्ड र उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको प्रयास थाहा पाएपछि खनालले राजिनामा दिएका थिए। अर्थसचिवबाट राजिनामा दिनु अघिल्लो दिन खनाललाई योजना आयोगको उपाध्यक्ष बनाउने प्रस्ताव अर्थमन्त्री अधिकारीले गरेका थिए। नयाँ सरकार गठनपछि डा. जगदिशचन्द्र पोखरेलले योजना आयोगको उपाध्यक्ष पदबाट राजिनामा दिएका छन्, त्यो पद अहिले खाली छ।
योजना आयोगको उपाध्यक्ष बनाउँदा खनाललाई ‘प्रमोशन’ गरेजस्तो पनि हुने अर्थबाट कालोव्यापारीका लागि काँडा पनि हट्ने बुझाइ सरकारको थियो। यसो हुँदा नक्कली भ्याटको कारोवारबाट देशको दश अर्ब लुट्ने व्यापारीलाई पनि राहात दिन सकिने विश्वास अर्थमन्त्री अधिकारीलाई थियो। त्यसो त खनाल र अर्थमन्त्री अधिकारीवीच सरकारको पुरक बजेटका विषयमा पनि ठूलै मतभिन्नता थियो।
रामेश्वरले मंगलवार राजिनामा दिनु अघिल्लो दिन सोमवार यो विषयमा अधिकारीसँग राम्रै विवाद पनि भएको थियो। सोमवार बिहान ९ बजे अधिकारीले खनाललाई २३ पानाको पुरक बजेट पढ्न दिएका थिए। पुरक बजेटमा अधिकारीले प्रत्येक दलितलाई २५ हजार रुपैयाँ अनुदान दिने प्रस्ताव ल्याएका थिए। अर्थमन्त्रालयमा तथ्याङ्कसँग खेल्ने खनालले तत्काल दलितको जनसंख्या हिसाव गरे। उनले यसरी हिसाव गर्दा ६० अर्ब रुपैयाँ दिनुपर्ने अवस्था देखियो।
अधिकारीले बाख्रा पालनका लागि पनि अनुदान दिने प्रस्ताव पुरक बजेटमा गरेका थिए। त्यसैगरी नेपाल आयल निगमलाई अनुदान दिने प्रस्ताव पनि पुरक बजेटमा थियो। आफ्नो अनुपस्थितीमा बजेट बनेपछि क्षुब्ध भएका खनालल दिउँसो १२ बजेतिर फेरी अर्थमन्त्रीको कार्यकक्षमा गएर भनेका थिए, ‘मन्त्रीज्यु, यसरी वितरणमुखी बजेट बनाउँदा एक सय अर्ब चाहिन्छ, पैसा कहाँबाट जुटाउने। तपाईले यो पुरक बजेट संसदमा पढ्न लाग्नुभयो भने सबै हाँस्छन्।’
त्यसपछि भरतमोहन अधिकारीले खनाललाई तानेर आफ्नो गोप्य कोठामा लगेका थिए। गोप्य कोठामा पुर्‍याएपछि अधिकारीले खनाललाई भनेका थिए, तपाई त मेरो नाता पनि पर्ने मान्छे, यो पुरक बजेट बनाउनुपर्‍यो, मलाई पनि बाध्यता छ, अझ मैले त तपाईलाई कति राम्रो ठाउँमा लैजान खोजेको छु। खनालले त्यतिवेला नै बुझेका थिए, ‘अब त मेरो अर्थबाट विदा हुने भयो भयो।’
खनाल त्यसपछि तीन बजेसम्मै अर्थमन्त्रालयमा काम गरे र ३ बजे मुख्य सचिव माधव घिमिरेकहाँ पुगे। मुख्यसचिव घिमिरेसँग खनालले उर्जा संकटकाल र त्यसका लागि तयार गर्न लागिएको विधेयकका विषयमा कुराकानी गरे। साँझ छ बजेसम्म घिमिरेसँग उर्जाको विकराल समस्या समाधान गर्ने विषयमा छलफल भएको थियो। छलफलका क्रममा घिमिरेले खनाललाई योजनाका आयोगको उपाध्यक्ष बनाउन लागेको संकेत गरेका थिए। त्यतिवेलासम्म एमालेबाट माओवादीमा प्रवेश गरेका अर्थशास्त्री डिल्लीराज खनालले रामेश्वर खनाललाई तीनपटक मिस कल गरिसकेका थिए।
माओवादीका तर्फबाट पुरक बजेट बनाउने जिम्मेवारी पाएका खनालले किन फोन गरेछन् भनेर रामेश्वरले जवाफ फकाउनु अघि नै डिल्लीराजको एसएमएस रामेश्वरलाई आएको थियो। डिल्लीराजले रामेश्वरलाई एसएमएसमा जरुरी र गोप्य काम छ भनेका थिए। रामेश्वरले फोन गरेपछि डिल्लीराजले भनेका थिए, उपप्रधानमन्त्रीले सिएम(प्रचण्ड)सँग तपाईको गुनासो गर्नुभएको छ। तपाईले त भाँडभैलो गर्दै हुनुहुन्छ रे। रामेश्वरले डिल्लीराजलाई पुरक बजेटमा मेरो आपत्ति कहाँ छ र? भनेर प्रश्न गरेका थिए। तत्कालै डिल्लीराजले अर्थमन्त्रीले तपाईलाई बजेटको एउटा ड्राफ्ट दिएका होलान्, त्यो ड्राफ्ट चाहिं असली होइन्, झुक्याउलान है बुढाले। भरतमोहन दुई जिव्रे हुन भन्ने कुरा बुझेका खनालले पाइला पाइलामा अविश्वास भयो, अब त राजिनामा दिनुपर्दछ भन्ने मनस्थिति बनाएका थिए। त्यो दिन खनाल राती घर गए सुते, भोलिपल्ट बिहान सात बजे अर्थमन्त्री अधिकारीले खनाललाई फोन गरेर चाँढै अफिस आउन भने। अधिकारीले सबै मन्त्रीहरुलाई फोन गर्न र सबैलाई अर्थमन्त्रालयमै खाना खुवाउने व्यवस्था मिलाउन पनि भनेका थिए। तर खनालले अधिकारीलाई जवाफ दिए, ‘आजबाट म अफिस आउँदिन।’ राजिनामा दिने खबर सुनेपछि अर्थमन्त्री अधिकारीले खनाललाई फकाएका थिए, अहिले राजिनामा नदिनुस्, बबाल हुने छाँटकाँट देखेको छु, तपाई योजना आयोगको उपाध्यक्षमा जानुस्। तर खनाल दिउँसो अर्थमन्त्रालय आए, उपस्थित सहसचिवसँग विदा मागे भने बाँकी केहीलाई एसएमएस पठाए आजदेखि म आउँदिन।
खनाल अर्थबाट बाहिरिएपछि पाल्पा जानका लागि बस चढेका थिए, उनी वीच बाटोमा पुगेपछि पर्यटकीय स्थल घोडेपानी पुगे। त्यहाँ दुई दिनसम्म आनन्दको जीवन बिताएपछि उनी पवर्त फलेवास पुगेका थिए। पर्वतको कुश्मा पुग्दा खनाललाई विशाल समूहका अशोक अग्रवालले फोन गरेर भनेका थिए, सचिवज्यु मिडियामा मिलाएर बोलिदिनुपर्‍यो, यहाँ बुढा मर्न लागे। यी त्यही अग्रवाल हु्न्, जसको कम्पनी युनाइटेड डिष्ट्रिव्युटर्स अहिले नक्कली भ्याट विल प्रकरणको छानविनमा दोषी पाइएको छ। १० करोड रुपैयाँको नक्कली भ्याट विल फेला परेपछि आन्तरिक राजस्व विभागले अग्रवालको कम्पनीलाई आठ करोड रुपैयाँ राजस्व दाखिला गर्न निर्देशन दिएको छ।
त्यसो त अर्थमन्त्री अधिकारी र खनालवीच शंकर समूहका अध्यक्ष शंकर गोल्यानका विषयमा पनि एक पटक राम्रै घोचपेच भएको थियो। अर्थमन्त्री भएर आएको केही समयपछि अधिकारीले ‘आरती स्ट्रिप’को प्रसङ्ग झिकेर भनेका थिए, त्यो ‘आरती स्ट्रिप’को भ्याट मुद्धामा ‘सफ्ट’ हुनुपर्‍यो। खनाल ‘आरती स्ट्रिप’को प्रसङ्ग आए पछि अचम्ममा परेका थिए, ‘आरती स्ट्रिप’ त भ्याट छलीमा छैन, अरु कुनै कम्पनी होला? भरतमोहन अनकनाए पछि खनालले कतै जगदम्बा त होइन? अधिकारीले सम्झनामा आएजस्तो गरी भने हो, हो, जगदम्बा हो। तत्कालै खनालले भने हामी त जगदम्बाप्रति सफ्ट भएकै हो, त्यो कर कार्यालय नगएर किन हजुरकोमा आएछ? त्यसलाई थुनाईदिउँ हजुर? अर्थसचिव खनालले तत्कालै आन्तरिक राजस्व विभागका सहसचिव राजन खनाललाई फोन गरेजस्तै गरी भने, राजनजी त्यो शंकर गोल्यानलाई ल्याएर तुरुन्तै थुन्नुपर्‍यो, त्यो बयान दिन नआउँदो रहेछ, राजनीतिक लवी गर्दोरहेछ। तत्कालै हडबडाएका अर्थमन्त्री अधिकारीले भने रामेश्वरजी होइन, हाइन, होइन। फोन नै नगरिकन राजन खनाललाई फोन गरेको अभिनय गरेका रामेश्वरले राजनलाई यो कुरा पछि बढो रमाइलो साथ सुनाएका थिए। अधिकारीको अघि यस्तो घटना भएपछि शंकर बयान दिन आन्तरिक राजस्व विभाग पुगेका थिए। जहाँ उन्ले नक्कली भ्याट विल प्रकरणमा संलग्नता स्वीकार गरेका थिए।
त्यसो त त्यसभन्दा केही दिन अघि भरतमोहन अधिकारीसहित एमालेका तीन मन्त्रीले सपथ ग्रहण गरेको तर पदभार ग्रहण नगरेको बेलामा बैंक अफ एशिया तथा समुद्रपार व्यापार संघका पूर्वअध्यक्ष सतिषकुमार मोरकी छोरी श्रुती मोरको जन्मदिनको पार्टीमा मदिरा खाएर झुम्म भएका शंकर गोल्यानले भनेका थिए, १० करोड दिइसकें न त भरतमोहनलाई अर्थमन्त्री बनाउँछन्, न त रामेश्वरलाई नै परिवर्तन गर्छन्। शंकरको कम्पनी जगदम्बा स्टिलल ८० करोडको नक्कली भ्याट विलमा फसेको छ, जहाँबाट ६० करोड रुपैयाँ राजस्व असुल गर्ने निर्णय गरिसकेको छ।

Read more...

  © www.kiratraikorea.blogspot.com Edit by Tanka Sherchan 2012

Back to TOP